Headline

युभेन्टस रेलिगेसनको संघारमा रहेको युडिनेजीसँग पराजित

Published

on

इटालियन सिरी आ अन्तर्गत बिहिबार रातीको खेलमा शिर्ष स्थानमा रहेको युभेन्टस रेलिगेसनको संघारमा रहेको युडिनेजीसँग पराजित भएपछि तीन खेल अगाडी नै उपाधि जित्नबाट चुकेको छ ।

उपाधि जित्नका लागि चार खेलबाट मात्र तीन अंक चाहिएको युभेन्टस बिहिबार नै लगातार नवौ पटक च्याम्पियन बन्न सक्ने थियो । युभेन्टस ३ हजार दिनदेखि इटालीको च्याम्पियन रहदै आएको छ ।

युडिनेजीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको १–० को अग्रताका बाबजुद युभेन्टस २–१ ले पराजित हुन पुग्यो । युभेन्टसका लागि माथाइस डि लिटले ४१ औं मिनेटमा गोल गरेका थिए । दोश्रो हाफ शुरु भएको ७ मिनेटमै इलिजा नेस्तोराभ्स्कीले खेल बराबरीमा ल्याएका थिए ।

थपिएको इन्जुरी समयको दोश्रो मिनेटमा सेको फोफानाले गोल गरेपछि युभेन्टसले हारको सामना गर्र्यो । युभेन्टसले अब आइतबार साम्प्डोरियाको सामना गर्नेछ तर निकटतम प्रतिद्वन्दीहरु एट्लान्टा, इन्टर मिलान र लाजियो पराजित भएको खण्डमा उपाधि भने जित्नेछ ।

युभेन्टसको ३५ खेलमा २५ जितका साथ ८० अंक रहेको छ । दोश्रो स्थानको एट्लान्टाको ७४, इन्टरको ७३ र लाजिायोको ७२ अंक छ । युडिनेजी ३९ अंकका साथ रेलिगेसन जोनभन्दा तीन स्थान माथि रहेको छ तर अझै पनि सुरक्षित भने छैन ।

बिहिबारकै खेलमा लाजियोले काग्लियारीलाई २–१ ले पराजित गर्यो । घरेलु मैदानमै लाजियो दोश्रो हाफको शुरुवातमै जियोभानी सिमियोनेको गोलले पछि परेको थियो । तर दुई मिनेटपछि नै सर्गेज मिलिंकोभिच साभिचले बराबरी गोल गरे भने सिरो इमोबिलले ६० औं मिनेटमा बिजयी गोल गरेका थिए ।

Click to comment

Trending