Connect with us

Headline

युभेन्टस रेलिगेसनको संघारमा रहेको युडिनेजीसँग पराजित

wesportz

Published

on

इटालियन सिरी आ अन्तर्गत बिहिबार रातीको खेलमा शिर्ष स्थानमा रहेको युभेन्टस रेलिगेसनको संघारमा रहेको युडिनेजीसँग पराजित भएपछि तीन खेल अगाडी नै उपाधि जित्नबाट चुकेको छ ।

उपाधि जित्नका लागि चार खेलबाट मात्र तीन अंक चाहिएको युभेन्टस बिहिबार नै लगातार नवौ पटक च्याम्पियन बन्न सक्ने थियो । युभेन्टस ३ हजार दिनदेखि इटालीको च्याम्पियन रहदै आएको छ ।

युडिनेजीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको १–० को अग्रताका बाबजुद युभेन्टस २–१ ले पराजित हुन पुग्यो । युभेन्टसका लागि माथाइस डि लिटले ४१ औं मिनेटमा गोल गरेका थिए । दोश्रो हाफ शुरु भएको ७ मिनेटमै इलिजा नेस्तोराभ्स्कीले खेल बराबरीमा ल्याएका थिए ।

थपिएको इन्जुरी समयको दोश्रो मिनेटमा सेको फोफानाले गोल गरेपछि युभेन्टसले हारको सामना गर्र्यो । युभेन्टसले अब आइतबार साम्प्डोरियाको सामना गर्नेछ तर निकटतम प्रतिद्वन्दीहरु एट्लान्टा, इन्टर मिलान र लाजियो पराजित भएको खण्डमा उपाधि भने जित्नेछ ।

युभेन्टसको ३५ खेलमा २५ जितका साथ ८० अंक रहेको छ । दोश्रो स्थानको एट्लान्टाको ७४, इन्टरको ७३ र लाजिायोको ७२ अंक छ । युडिनेजी ३९ अंकका साथ रेलिगेसन जोनभन्दा तीन स्थान माथि रहेको छ तर अझै पनि सुरक्षित भने छैन ।

बिहिबारकै खेलमा लाजियोले काग्लियारीलाई २–१ ले पराजित गर्यो । घरेलु मैदानमै लाजियो दोश्रो हाफको शुरुवातमै जियोभानी सिमियोनेको गोलले पछि परेको थियो । तर दुई मिनेटपछि नै सर्गेज मिलिंकोभिच साभिचले बराबरी गोल गरे भने सिरो इमोबिलले ६० औं मिनेटमा बिजयी गोल गरेका थिए ।

Headline

च्याम्पियन्स लिग: रियल म्याड्रिडको संघर्षपूर्ण बराबरी,बायर्नको बिजयी यात्रा कायमै

wesportz

Published

on

च्याम्पियन्स लिग २०२०/२०२१ अन्तर्गत समुह चरणको दोस्रो खेलमा रियल म्याड्रिड बोरुसिया मोइन्चेनग्लाड्ब्याचसँग २-२ को संघर्षपूर्ण बराबरी खेलेको छ । लगतार दोस्रो खेलमा पनि जित निकाल्न नसकेको १३ पटकको च्यामपियन्स लिग बिजेता रियलको खराब सुरुवात हो ।

मोइन्चेनग्लाड्ब्याचका लागि दुवै गोल स्ट्राइकर मर्कस थुरामले गरेका थिए । रियलको कमब्याकमा भने कारीम बेन्जेमा र कसिमेरोले एक-एक गोल गरेका थिए ।

मोइन्चेनग्लाड्ब्याचले पहिलो हाफको ३३ औँ मिनेटमा खेलमा पहिलो गोल गर्दै अग्रता बनाएको थियो । थुरामले अलासाने प्लेको पसालाई सदुपयोग गर्दै पहिलो गोल गरेका थिए । दोस्रो गोल भने रियलले खेलको ५८ औँ मिनेटमा खान पुग्यो । मोइन्चेनग्लाड्ब्याचका लागि दोस्रो गोल पनि थुरामले गरेका थिए ।

दुई गोलले पछि परेको स्थितीलाई उल्टाउने क्रममा रियलका लागि एक गोल ८७ औँ मिनेटमा करिम बेन्जेमाले गरेका थिए भने ९० मिनेट पछि थपिएको इन्जुरी टाइममा अर्को गोल कसिमेरोले गरेका थिए । कसिमेरोले सर्जियो रामोसको हेडिङ पासलाई गोलमा परीणत गर्दै रियललाई एक अंक दिलाएका थिए ।

अघिल्लो खेलमा शख्तार दोनेक्ससँग ३-२ ले पराजित रियल म्याड्रिड समुहमा एक अंक जोड्दै अन्तिम स्थानमा रहेको छ

यस अघी इन्टर मिलानसँग २-२ को बराबरी खेलेको मोइन्चेनग्लाड्ब्याचको यो दोस्रो बराबरी हो ।

यस्तै अर्को खेलमा साविक बिजेता बायर्न म्युनिखले लोकोभोटिभ मोस्कोलाई २-१ ले पराजित गरेको छ ।

बायर्नको जितमा लियोन गोरेट्ज्का र योसुवा किमिचले गोल गरेका थिए । मोस्कोका लागि भने एन्टोन मिरन्चुकले एक गोल गरेका थिए ।

लोकोमोटिभ रङ्गशालामा भएको खेलमा पहिलो हाफको १३ औँ मिनेटमै साविक बिजेता बायर्नले अग्रता लिएको थियो । बायर्नका लागि पहिलो गोल लियोन गोरेट्ज्काले गरेका थिए ।

पहिलो हाफमा १-० ले अगाडि बायर्नले दोस्रो हाफमा भने मोस्कोको बराबरी गोल खान पुगेको थियो । दोस्रो हाफको ७० औँ मिनेटमा लोकोमोटिभ मोस्कोका लागि एन्टोन मिरन्चुकले बराबरी गोल फर्काएका थिए तर त्यस्को नौँ मिनेट पनि नबित्दै योसुवा किमिचले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

किमिचले ७९ औँ मिनेटमा भने जाभी हर्नान्डेजको पासमा गरेको उत्कृष्ट भलीलाई मोस्कोको गोलरक्षकले रोक्न नसके पछि बायर्नले समुह ए मा अर्को तीन अंक हात पारेको हो ।

अरु खेलहरुमा भने शख्तार दोनेक्स र इन्टर मिलनले गोलरहित बराबरी खेले भने सिटीले मार्सेलाई ३-०, लिभरपुलले मिजील्यान्डलाई २-०, एट्लेटिको म्याड्रिडले साल्जबर्गलाई ३-२ र पोर्टोले ओलम्पियाकोसलाई २-० ले हरायो ।

Continue Reading

Headline

एसी मिलान बराबरीमा रोकिदा इब्राहिमोभिचको दुई गोल

wesportz

Published

on

सेरी आ अन्तर्गत मङ्गलबार भएको खेलमा एएस रोमा र एसी मिलानले ३-३ गोलको बराबरी खेलेका छन् ।

रोमाका लागि ८४ औँ मिनेटमा मरास कुमबुलाले बराबरी गोल गर्दै हारबाट जोगाएका थिए । रोमाका लागि अरु दुई गोल भने एडेन डेको र जोर्डन भेरेन्टओटले गरेका थिए । एसी मिलानका लागि भने ३९ बर्षिय ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेका थिए भने एक गोल अलेक्सेस सएलेमएकएर्सले गरेका थिए ।

खेल सुरु भएको दुई मिनेटमै एसी मिलानले ज्लाटन इब्राहिमोभिचको गोल मार्फत अग्रता लिएको थियो । १४ औँ मिनेटमा भने रोमाका लागि स्ट्राइकर एडेन डेकोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा १-१ को बराबरी खेलेका दुई टोलीले दोस्रो हाफमा भने चार गोल गरेका थिए । दोस्रो हाफको ४७ औँ मिनेटमा फेरी एसी मिलानले अग्रता लिएको थियो तर ७१ औँ मिनेटमा भने रोमाले पेनाल्टी मार्फत बराबरी गोल गरेको थियो । रोमाका लागि जोर्डन भेरेन्टओटले पेनाल्टी मार्फत बराबरी गोल गरेका थिए ।

७९ औँ मिनेटमा भने फेरी एसी मिलानले अग्रता लिना पुग्यो । मिलानका लागि पेनाल्टी मार्फत ज्लाटन इब्राहिमोभिचले गोल गर्दै खेल ३-२ को स्थितीमा पुर्याएका थिए । तर रोमाका लागि भने मरास कुमबुला ८४ औँ मिनेटमा गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याएका थिए ।

रोमान्चक खेलमा रोमालाई हारबाट जोगाएका मरास कुमबुलाले मिलानलाई अंक बाढ्न वाध्य बनाएका थिए ।

बराबरी खेले पनि एसी मिलन १३ अंक सहित सेरी आ को शिर्ष स्थानमा रहेको छ ।

Continue Reading

Headline

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

wesportz

Published

on

स्टार फरवार्ड बिमल घर्ती मगर बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा पनि नेपाली टोली बाहिर रहने भएका छन् ।

नेपालले बंगलादेशसँग ढाकामा यहि नोभेम्बर १३ र १७ तारिखमा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । तर आज मात्र उक्त दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्ति पाएका बालगोपाल महर्जनले बिमललाई समावेश नगर्ने जनाएका छन् ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिन अहिलेको अवस्थामा नेपाल आउन सम्भब नभए पछि एन्फाले बालगोपाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

विस्पोर्ट्जसँगको टेलिफोन कुराकानीमा बालगोपालले बिहिबारबाट सुरु हुने प्रशिक्षणमा यस अघि विश्वकप र एसिया कप छनोटका लागि बोलाइएको खेलाडीलाई नै निरन्तरता दिने जनाए । उनले आफुले पछिल्लो समय खेलाडीहरुको खेल राम्रोसँग नियाल्न नपाएका कारण पनि नयाँ खेलाडीलाई टोलीमा स्थान दिन आफुलाई गार्हो पर्ने जनाए ।

बिमलको खेल बारेमा आफुलाई राम्रो ज्ञान भएपनि उनले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि टोलीमा स्थान नदिने स्पस्ट पारे । “बिमल एन्फा एकेडेमीमा हुँदा मैले नै प्रशिक्षण दिएको हो । बिमल के कस्ता खेलाडी हुन् मलाई राम्रोसँग थाहा छ । तर यस पटकको मैत्रीपूर्ण खेलमा उनले स्थान पाउने छैनन्,” उनले भने ।

बिमल विश्वकप छनोट अन्तर्गत कुवेतबिरुद्ध भुटानमा आयोजना भएको खेलका लागि जाने अघिल्लो दिन काठमाडौँको नाइट क्लबमा अबेरसम्म बसेका कारण उनी सहित अन्य दुई खेलाडीलाई एन्फाको अनुशासन समितीले भारी प्रतिबन्ध लगाएका थिए ।

बिमल सहित अन्य दुई खेलाडी अन्जन बिष्ट र दिनेश राजबशीं पनि त्यो समय राष्ट्रिय टोलीबाट निकालिएका थिए तर अन्जनले भने ए डिभिजन लिग र आहा रारा गोल्डकपमा उत्कृष्ट प्रदर्शन गरे पछि राष्ट्रिय टोलीको क्याम्पमा पुन: स्थान बनाएका थिए ।

नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा पनि मुख्य खेलाडी मनिएका यी तीन खेलाडीहरुलाई निलम्बित गरे पछी त्यस बेलाका प्रशिक्षक नै रहेका बाल गोपाल महर्जनले तीन नयाँ अनुहार राष्ट्रिय टिममा भित्र्याएका थिए । बिमलको स्थानमा प्रशिक्षक महर्जनले फ्रेन्ड्स क्लबका प्रिजेन तमाङलाई मौका दिएका थिए ।

बिमलले निलम्बन फुकुवा पछि ए डिभिजनमा मच्छिन्द्र क्लबबाट एक खेलमात्र खेलेका थिए भने त्यसपछि फ्याटफुट्ट मोफसलका प्रतियोगितामा देखिएका थिए । कुनै समय नेपाली फुटबलमा ‘हट पिक’ मा रहने बिमल अहिले अचानक यसरी हराउन पुग्दा उनले राष्ट्रिय टोलीमा कमब्याक गर्न नसक्नु निकै दुखद कुरा हो ।

बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक तोकिएका बालगोपालको प्रशिक्षणमा नेपालले हालै नेपालमा नै सम्पन्न दक्षिण एसियाली खेलकुद अन्तर्गत साग फुटबलमा स्वर्ण पदक तथा बंगलादेशमा २०१६ मा बंगबन्धुको उपाधि हात पारेको थियो ।

Continue Reading
Headline2 hours ago

च्याम्पियन्स लिग: रियल म्याड्रिडको संघर्षपूर्ण बराबरी,बायर्नको बिजयी यात्रा कायमै

Headline5 hours ago

एसी मिलान बराबरीमा रोकिदा इब्राहिमोभिचको दुई गोल

IPL 20207 hours ago

दिल्लीको लज्जास्पद हार

IPL 20209 hours ago

रिद्दीमन शाह र डेभिड वार्नरको तुफानी पारीमा दिल्लीलाई २२० रनको विशाल लक्ष्य  

IPL 202011 hours ago

हैदराबाद पहिले ब्याटिङमा, सन्दिप लगातार १२ औं खेलमा पनि बेञ्चमा नै

Headline11 hours ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

IPL 202013 hours ago

प्लेअफको लक्ष्य सहित दिल्ली हैदराबादसँग भिड्दै 

Headline14 hours ago

च्याम्पियन्स लिगमा आजः रियलको दोस्रो खेल, सिटी र मार्से भिड्दै

राष्ट्रिय15 hours ago

बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि बालगोपाल प्रशिक्षक नियुक्त 

Headline18 hours ago

‘यो सिजन हामी केही खास गर्न सक्छौँ’

Headline1 month ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline6 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline1 month ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline2 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline5 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline2 weeks ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline4 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline2 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Headline3 months ago

आर्सनलको दुर्गतिः न च्याम्पियन्स लिग, न युरोपा लिग

Headline5 months ago

बिपरित ध्रुवका बार्सिलोना र रियल म्याड्रिड अहिले एकै सिक्काका दुई पाटा

Trending