Headline

एमबाप्पे मेस्सी र रोनाल्डो पछि महान् बन्न सक्ने तीन कारण

Published

on

पछिल्लो एक दशक भन्दा बढी हेर्ने हो भने युरोपियन फुटबलमा अर्जेन्टिनाका लियोनल मेस्सी र क्रिष्चियानो रोनाल्डोको दबदबा रहेको छ ।

उनीहरुको दबदबाब के कति सम्म छ भन्ने ज्वलन्त उदाहरण बिश्वकै प्रतिष्ठित खेलकुद पुरस्कार बालोन डी’ओर हो । पछिल्लो १२ वटा बालोन डी’ओरमध्ये मेस्सीले ६ वटा र रोनाल्डोले पाँच पटक जितेका छन् । त्यस्तै यी दुईबीच को राम्रो अथवा उत्कृष्ट खेलाडी भन्ने बिषयमा पनि समर्थकबीच चर्काचर्की चल्ने गरेको छ । शायद दुवै खेलाडीले सन्यास लिइसकेपछि पनि यो साम्य हुने देखिदैन ।

हाल मेस्सी ३३ बर्षका भए भने रोनाल्डो ३५ बर्षको । उनीहरुको बढ्दो उमेरले गर्दा पनि फुटबलमा अब कसको अधिपत्य रहने भन्ने प्रश्न तेर्सिन थालेको छ । त्यस्तै अबको दशकमा कुन खेलाडीको प्रभुत्व रहने छ त भन्ने बिषयले पनि समर्थकहरुबीच स्थान पाउने गरेको छ ।

पेले, डिएगो म्यारोडोना, रोनाल्डो, रोनाल्डिन्हो जस्ता खेलाडीले विश्वमा राज गरे भने अहिले मेस्सी र रोनाल्डो रहेका छन् । अब भबिष्यमा रोनाल्डो र मेस्सीको स्थान लिन सक्ने एक जना खेलाडीको नाम अग्रपंक्तिमा आउने गरेको छ र त्यो हो किलियन एम्बाप्पे । आर्सनलका म्यानेजर अर्सेन वेंगर पनि हालका लागि एम्बाप्पे बाहेक अन्य नाम देख्दैनन् ।

उनले सन् २०१८ मा रसियामा भएको विश्वकपमा होस् या लिग वान टोली पेरिस सेन्ट जमाईन (पिएसजी) बाट खेल्दा, एमबाप्पेले आफ्नो खेलको जादु सबैतिर देखाइसकेका छन् । मेस्सी र रोनाल्डोको स्थान एमबाप्पेले लिन सक्ने कारणहरु के–के छन् त ?

३. उनी फ्रेन्च फुटबलका अनुहार हुन्

२१ बर्षको कलिलो उमेरमै एमबाप्पे फ्रेन्च फुटबलका अनुहार भइसकेका छन् । हुन त फ्रान्सको राष्ट्रिय टोलीमा पउल पोग्बा, एन्टोइन ग्रिजÞमन, राफेल भाराने र ह्युगो लोरिस स्थापित नाम हुन् तर पनि सबै एमबाप्पे जस्तो अलराउण्ड प्रदर्शन गर्न असमर्थ छन् । लोेरिस गोलकिपर भएकाले नै उनको दायरा सिमित छ ।

अहिलेको अवस्थामा डिडियर डेस्च्याम्पको सबैभन्दा ठूलो हतियार भनेकै एमबाप्पे हुन् । हाल फ्रान्स फुटबलमा एम्बाप्पेको महत्व यती धेरै छ की अर्को बर्ष आयोजना हुने युरो कपमा फ्रान्सले देखाउने प्रदर्शन पनि उनकै वरिपरि घुम्ने निश्चित छ । उपाधि जित्ने लक्ष्यमा जर्सी नम्बर १० एम्बाप्पेको प्रदर्शन उच्च हुनु जरुरी छ ।

२. बलमाथिको नियन्त्रण र अभुतपुर्व रचनात्मकता

गोल र असिस्ट कुनै पनि फरवार्डको महत्वपूूर्ण तथ्यांक हो । यसमा एम्बाप्पे निकै अघि रहेका छन् । सन् २०१७–१८ को सिजनमा उनले २१ गोल गरेका थिए भने १५ असिस्ट गरेका थिए । कोरोनाका कारण खेल रोकिनु अघि यस बर्ष उनको गोल संख्या बढेर २६ पुगेको थियो भने १४ असिस्ट गरेका थिए । यही तथ्यांकले एमबाप्पेको उत्कृष्टता स्पष्ट हुन्छ ।

उनी निकै नै प्रतिभाशाली खेलाडी हुन् र यसको मापन गर्ने अर्को आधार भनेको उनको गति । तिब्र गतिमा बल खेलाउन सक्नु उनको अर्को उत्कृष्ट क्षमता हो । पिएसजीमा आबद्ध भएको पहिलो सिजनमा नै उनको पास गर्ने दर ८३ दशमलब १ प्रतिशत रहेको थियो । त्यस्तै उनले २४ खेलमा आठ असिस्ट पनि गरेका थिए । रोनाल्डोले उक्त सिजन ८१ दशमलब ६ प्रतिशतको दरमा बल पास गरेका थिए । उनको २७ खेलमा पाँच असिस्ट गरेका थिए ।

१. खारिनका लागि पर्याप्त उमेर

एम्बाप्पे मात्र २१ बर्षको भए । यस उमेरमा पनि उनले फ्रान्सको लागि सन् २०१८ को विश्वकप उपाधि दिलाएका छन् । त्यस्तै उनले तीन पटक लिग वानको उपाधि चुमेका छन् भने आफ्नो नाममा १०० व्यवसायिक गोल गरेका छन् । त्यतिमा मात्र उनी सिमित छैनन्, उनले च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या १९ पुर्याइसकेका छन् ।

कुन खेलाडीले १८ देखि २१ बर्षको उमेरमा एम्बाप्पेले हासिल गरेको उपलब्धि हासिल गरेका छन् त ? कुनै पनि खेलाडीले यस बिषयमा बादबिबाद गर्न सक्ला ? मेस्सीले आफ्नो खेल जीवनको शुरुवातमा र पछि सम्म पनि एमबाप्पेले जस्तै विभिन्न उपलब्धिहरु हासिल गर्न सफल भएका थिए तर उनले आफ्नो टोलीलाई अहिले सम्म पनि विश्वकपको उपाधि दिलाउन सकेका छैनन् ।

त्यस्तै रोनाल्डोले सन् २००६–०७ को सिजनमा उनी २२ बर्षको हुँदा पहिलो पटक २० गोलको आँकडा पार गरेका थिए । तर एमबाप्पेले २१ बर्षको उमेरमा नै लगातार चौथों पटक यो उपलब्धि हासिल गरेका छन् ।

यही कथा भिडियोमा हेर्नुहोसः

 

 

Click to comment

Trending