Headline

सेफिल्ड युनाइटेडः लिग वान देखि प्रिमियर लिग सम्म

Published

on

सन् २००६ मा सेफिल्ड युनाइटेड इङ्गलिस फुटबलको दोस्रो डिभिजन च्याम्पियनशिपबाट उक्लदै प्रिमियर लिग आइपुग्यो । २००६ मा टप फ्लाइटमामा एक बर्ष पनि बित्न नपाउदै सेफिल्ड फेरी ओरालो लाग्दै च्याम्पियनशिपमा झर्यो । २००७ देखी च्याम्पियनशिपमा मिड टेबल क्लब भएर बिताएको सेफिल्ड २०११ मा इङ्गलिस फुटबलको तेस्रो श्रेणी लिग वानमा झर्न पुग्यो ।

लिग वानमा झरेकै सिजन सेफिल्डका समर्थकहरुले क्लबको अस्तित्व समाप्त भएको सोच्न थाले । युरोप भरीका संचार माध्यमहरुले इङ्गलिस फुटबलकै सबैभन्दा पुरानो क्लब सकिएको समाचार बनाउन थालिसकेका थिए । नबनाउन् पनि किन ? क्लब यती चरम आर्थिक संकटमा थियो कि आफ्ना समर्थकलाई सिजनको टिकटदेखि जर्सी समेत बेच्न सकिरहेको थिएन ।

२०११ देखी क्लबले झेलिरहेको अर्थिक संकटलाई पार लगाउदै लिग वानमा झुलिरहेको सेफिल्ड युनाइटेडलाई साउदी राजकुमार अब्दुल्ला बिन मुसाले २०१३ मा आफ्नो बनाए र शुरु भयो सेफिल्डको शिखर तर्फको यात्रा ।

२०१३ देखी आफ्नै एकेडेमीमा रहेका र अन्य किनिएका नयाँ खेलाडीहरुको मद्दतमा २०१७ मा लिग वान देखी फेरी च्यम्पियनशिपमा बढुवा हुन पुग्यो । सेफिल्डको डिफेन्स यति बलियो थियो कि २०१६ मा बढुवा भएको यो टोली २०१८ मा दोस्रो हुदै १२ बर्षपछि प्रिमियर लिगमा फर्किएको थियो ।

जसरी सेफिल्ड फेरी इङ्गलिस टप फ्लाइट फुटबलमा फर्किएको थियो त्यो निकै तारिफ योग्य थियो । अहिले पनि सेफिल्डले प्रिमियर लिगमा गरेको यो प्रदर्शनको जति तारिफ गर्दा पनि पुग्दैन । चार खेलाडी बाहेक अन्य सबै ग्रेट ब्रिटेनका खेलडी रहेको सेफिल्डलाई अहिले पनि इङ्गल्याण्मा ’प्रपर इङ्गलिस क्लब’ भन्ने गरिन्छ ।

प्रिमियर लिग आएकै सिजन युरोपियन प्रतियोगिता माथि आँखा लगाइरहेको सेफिल्ड यो सिजनको जाएन्ट किलर को रुपमा चिनिएको छ । सेफिल्डले शिर्ष ६ का सबै क्लबलाई रोक्दै युरोपियन फुटबलमा आफ्नो दरिलो उपस्थिति देखाउन सफल भएको छ । र यस्को श्रेय जान्छ उसको प्रशिक्षक क्रिस वाइल्डरलाई ।

वाइल्डरले सेफिल्डको डिफेन्सलाई एति बलियो बनाएका छन् की त्यसलाई चिर्न आर्सनल, म्यान्चेस्टर युनाइटेड र म्यानचेस्टर सिटीको अग्रपंक्तिलाई समेत गार्हो पर्ने गर्छ ।
यही सिजन अर्सनललाई हराएको सेफिल्डको अनुशासन , आक्रमण र डिफेन्समा केही कमी देखाएको थिएन । प्रिमियर लिगको गएको समर विन्डोमा ४३ मिलियन पाउण्डमा १० खेलाडी भित्र्यााएको सेफिल्डको टोली जहिल्यै निडर देखिन्छ । जुनसुकै विपक्षमा भए पनि सेफिल्ड आफ्नो लक्ष्यमा अडिग थियो र त्यो हो युरोपियन प्रतियोगिता ।

प्रिमियर लिगको शुरुवात भएदेखि बढुवा भएर आएका १२ नयाँ टोलीले मात्र प्रिमियर लिगमा धेरै अंक लिएका छन् । १९९४ को केभिन किगनको न्यूकासल युनाइटेडले २५ खेलमा ४५ अंक जोडेको थियो । हालसालै नुनो एस्पिरिटो सान्तोको उल्भ्सले ३८ अंक लेखाएको थियो ।

वाइल्डरको सेफिल्डले लामो समयदेखि इङ्गल्याण्डमा स्थापित क्लबहरुलाई धुलो चटाउदै प्रिमियर लिगमा जुन शुरुवात गरेको छ त्यो फर्म अर्को सिजन पनि कायम राख्न जरुरी छ ।
लिभरपुलले उपाधि हात पर्दै इतिहासमा आफ्नो नाम लेखाएको जस्तै सेफिल्ड पनि युरोपियन प्रतियोगितामा आफ्नो नाम लेखाउन सफल होला त ?

Click to comment

Trending