Headline

स्पेनिस सिजनको उत्कृष्ट १० सम्झनलायक क्षण

Published

on

ला लिगा ईतिहासकै लामो मानिएको २०१९–२० को सिजन आईतवार सक्कियो । कोरोना भाईरसका कारण रोकिएको लिगलाई स्पेनिस सरकारको निगरानीमा स्पेनिस फुटबल संघले सफलता पुर्वक अन्त्य गर्न सफल भयो । लकडाउनपछि बाकी रहेका ११ खेललाई केही दिनमै खेलाएर सम्पन्न गरिएको थियो जसमा रियल म्याड्रिड ११ खेलमै अपराजित रहदै ३४ औं पटक उपाधि जित्न सफल रह्यो ।

रियलले १२ बर्षमा तेश्रो उपाधि जितेको हो । यो सिजन ला लिगाका सम्झनलायक १० क्षण कुन–कुन हुन् त ?

एडुरिजको ‘बाइसाइकल किक’ बाट उत्कृष्ट शूरुवात

लालिगाको यो सिजनको उत्कृष्ट गोल एरिज एडुरिजले बार्सिलोनाको बिरूद्ध अविश्वसनीय बाइसाइकल किक हुन पुयो । खेलको ८९ औं मिनेटमा गोल गर्दै उनले एथ्लेटिक बिल्बाओलाई तीन अंक दिलाएका थिए । एडुरिजले सिजन सुरु हुनु अघी नै उनको यो अन्तिम ला लिगा हुने बताएका थिए । ३९ बर्षिय एडुरिजको लामो बिदाको लागि यो गोल एउटा ’पर्फेक्ट स्टार्ट थियो ।

विरोधको छायामा परेको एल क्लासिको

१७ बर्षमा पहिलो पटक एल क्लासिको गोल रहित बराबरीमा सकिन पुग्यो । क्याटलानको स्वतन्त्रताका लागि रङशाला बाहिरको प्रदर्शनले खेललाई ओझेलमा प¥या े। प्रशंसकहरूले स्ट्याण्डमा धुवाँ बनाउने देखी बाहिर आगो बाल्ने सम्म गरे । प्रहरीले उनीहरुलाई साम्य बनाउदा सम्म दङ्ग शुरु भइसकेको थियो । अक्टोबरको विरोधका कारण डिसेम्बरमा सारिएको खेलमा दुई महिनापछि पनि तनाव भने कायमै रह्यो ।

जीवन्त फाती

अन्सू फाती गत वर्षको अगस्टमा मात्र १६ वर्ष ३०४ दिनका थिए जब उनी बार्सिलोनाका लागि गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बन्न पुगे । मैदानमा आएको ६ मिनेट पनि नबित्दै फातीले ओसासुना बिरूद्ध आफ्नो पहिलो गोल गरेका थिए । दुई हप्तापछि उनले अर्को गोल गरे र ला लिगामा बार्साका लागि शुरुवाती एघारमा पर्ने सबैभन्दा कान्छा खेलाडी पनि बन्न पुगे ।

आइबार विरुद्ध मेस्सीको चार गोल

बजारमा लियोनल मेस्सीको गोलको खडेरीको चर्चा थियो । मेस्सीले लगातार चार खेलमा गोल गर्न सकेका थिएनन् । तर मार्चमा आइबारविरुद्ध खेलद मेस्सीले ४० मिनेट भित्रै ह्याट्रिक पुर गरे । उनको त्यो ३६ औँ ला लिगा ह्याट्रिक थियो । मेस्सीले आइबारसँग ११ पटक खेल्दै २० गोल गरिसकेका छन् ।

वेल्समा गरेको हर्कतको बेललाई सजाय

ग्यारेथ बेलको रियल म्याड्रिडसँग सम्बन्ध लामो समयदेखि खराब बन्दै आएको छ । नोभेम्बरमा बेलले “वेल्स, गल्फ, म्याड्रिड । त्यस अर्डरमा“ भन्दै रियललाई प्राथमिकताको आधरामा तेश्रो स्थानमा राखेपछि समर्थकहरु उनीसँग रष्ट भएका थिए । वेल्सको राष्ट्रिय टोलीका लागि खेल्दै गर्दा उनले त्यो ब्यानरमा फोटो खिचाएका थिए । बेलले दिएको अभिव्यक्ति एउटा मजाक रहेको र उनी आँफैले त्यो नगरेको समेत बताउनु परेको थियो । तर म्याड्रिडका प्रशंसकहरूले उनलाई रियलका लागि खेल्दै गर्दा सिटी बजाउदै आफ्नो असन्तुष्टि पोखेका थिए ।

युनियोनिस्टासको कब्जामा म्याड्रिड

युनियोनिस्टास डे सालामांका समर्थकहरुले २०१३ मा खडा गरेको क्लब हो । रियल म्याड्रिड भन्दा ५६ स्थान तल रहेको युनियोनिस्टासका समर्थकहरुले कोपा डेल रे मा हार व्यहोरे पनि क्लबका समर्थकहरुले खेल भरी टोलीलाई समर्थन गर्दै ताली बजाउदै हौसाएका थिए । क्लबका समर्थकहरुले म्याड्रिड समर्थकहरुलाई नै छायामा पारेका थिए । खेलमा युनियोनिस्टासले ३–१ को हार बेहोर्यो तर समर्थकहरुले अल्भारो रोमेरोले गरेको गोल कहिले भुल्ने छैनन् ।

सेभिलमा मौन डर्बी

रियाल बेटिस र सेभियाविरुद्धको खेललाई जहिले पनि ठूलो खेलका रुपमा हेरिने गरिन्छ । स्पेनकै यो महान डर्बी ठूलो आवाजमा हुने गथ्र्यो तर यो बर्ष भने शान्त थियो । कारण थियो कोरोना भाईरस । स्पेनमा ठूलो झट्का हानेको यो भाईरसले फुटबल शुरु भएपछि पनि दर्शकलाई भने रङशाला छिर्न अनुमती दिएको थिएन । त्यसै कारण यो पटकको सेभिल डर्बी मौनतामै सकिन पुग्यो।

भ्यालेन्सियाबिरुद्ध बेन्जेमाको भली

गत महिना भ्यालेन्सियामा रियल म्याड्रिडले ३–० को जित निकाल्दा करिम बेन्जेमाले गरेको भली गोल सिजनको उत्कृष्ट गोलको लागि अर्को उम्मेदवार थियो । आएको मौकालाई सदुपयोग गर्दै डिबक्समा बललाई थोरै आफ्नै खुट्टाले उचालेर उनले प्रहार गरेको त्यो भली सिधा डिफेन्डर ह्युगो गिलामोनलाईको माथिबाट पोस्टको टप कर्नरमा लागेर गोल भएको थियो ।

बार्सिलोनालाई डुबाउने आसपास

बार्सिलोनाले यो सिजनको उपाधिका लागि धेरै चुनौतिको सामना गर्यो र त्यो मध्ये एक थियो सेल्टा भिगोसँगको महत्वपूर्ण खेल । उपाधि होडमा रहन जित्नै पर्ने सेल्टा भिगोसँगको खेलमा इआगो आस्पासको घुमाउरो फ्रि–किक गोलमा परिणत हुदा बार्सिलोना बराबरीमा रोकिन पुग्यो । यसले बार्साको गतिमाथि ब्रेक लगाउदै रियलका लागि मौका खेलेको थियो । आसपासले ला लिगाकै उत्कृष्ट गोलरक्षक मानिएका टेर स्टेगनको पोष्ट भित्रको बल कमजोर बार्साको वालबाट घुमाउदै गोल गरेपछि खाली रङ्गशालातर्फ हेर्दै जर्सि फुकालेर चिच्याउदै खुशीयाली मनाएका थिए ।

ओक्याम्पोस हिरो बनेको दिन
सेभियाका लुकास ओक्याम्पोसले एकै खेलमा विङरको रुपमा एक गोल गर्दै गोलकिपरको रुपमा आइबारलाई बराबरीको गोल रोक्दै सनसनीपूर्ण प्रदर्शन गरेका थिए । आइबारबिरुद्धको खेलमा गोल गरेपछि ओक्यम्पोसले चोटिल गोलरक्षक थोमस भाच्लिकको स्थानमा पोस्ट सम्हालेका थिए । आइबारका किपर मार्को डिमित्रोभिच कर्नर प्रहारका लागि अगाडी आउदा ओक्याम्पोसले उत्कृष्ट ढँगले गोल बचाउदै सेभियालाई ३ अंक दिएका थिए ।

Click to comment

Trending