Headline

आधिकारिक निर्णय अघि नै फ्राञ्चाइहरुले गरे युएईमा आईपिएलको तयारी

Published

on

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकपबारे औपचारिक निर्णय आउनु अघि नै इण्डियन प्रिमियर लिगका फ्राञ्चाइजहरुले युएईमा आईपिएलको तयारी शुरु गरिसकेका छन् ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) आईसिसिको निर्णयको पर्खाइमा रहदै १३ औं संस्करणको आईपिएलको मिति तय गर्ने तयारीमा रहेको छ तर फ्राञ्चाइजहरुले भने कुन होटलमा बस्ने र कसरी अभ्यासहरु गर्ने भन्दै युएईमै तयारी शुरु गरिसकेका छन् ।

बिसिसिआईले आईपिएल कहा र कहिले गर्ने भन्ने औपचारिक निर्णय गर्न भने अझै पनि बाकी रहेको छ । ट्वान्टी ट्वान्टी बिश्वकप अष्ट्रेलिया र नोभेम्बरका लागि तय गरिएको थियो तर अष्ट्रेलियन मिडियाहरुले नै प्रतियोगिता स्थगित हुने रिपोर्ट यसअघि नै सार्वजनिक गरिसकेका छन् ।

आईपिएल नगरे चरम आर्थिक संकट उत्कपन्न हुने खतरालाई मध्येनजर गर्दै बिसिसिआईले पाकिस्तान क्रिकेट बोर्डसँग एसिया कप, अष्ट्रेलियासँग दुई देशीय श्रृंखलासँगै अन्य थुपै्र अनौपचारिक सहमतिहरु गरिसकेको मिडियाहरुले बताउदै आएका छन् ।

आइपिएलमा सहभागी फ्राञ्चाइजका एक अधिकारीले इन्डो एसियान न्युज सर्भिसलाई उनीहरुले लजिस्टिक्सहरुको तयारी गरिसकेको, टिमको लागि अबु धाबीमा होटल चुनिसकेको र अब अभ्यासका लागि उपयुक्त तयारी पनि गर्न थालेको बताएका छन् ।

“यो स्थितिमा स्मार्ट बन्दै पुर्व योजनाहरु गर्नुपर्छ । हामीले चाहिए अनुरुपको काम गर्दैछौं र त्यही अनुसार योजनाहरु बनाउदैछौं । हामीले खास अबु धाबीमा बस्नको लागि होटल पनि छानिसकेको छौं युएईमा आउनका लागि क्वोरेन्टिन प्रकृयालाई कसरी पुरा गर्ने तयारी पनि गर्दै आईरकेका छौं । हामीले युएईले राखेको स्वास्थ्य गाइडलाइन अनुसार नै अघि बढ्नुपर्नेछ,” उक्त अधिकारीले भने ।

अर्का एक पुर्व उपाधि बिजेता फ्रान्चाईजका पदाधिकारीले युएई उड्नुअघि नै भारतमा आईसोलेसन अवधि पुरा गर्ने तयारी गरिरहेको बताए । “हामी सबै खेलाडीहरुलाई भारतमै जम्मा गर्दै जैविक सुरक्षा वातावरणमा टेस्ट पुरा गरेपछि युएई जाने तयारीमा छौं,” उनले भने ।

Click to comment

Trending