Headline

आफ्नै पुर्व व्यवस्थापाकलाई रणनीतिमा माथ दिए आर्टेटाले

Published

on

मिकेल आर्टेटाले म्यानचेस्ट सिटीमा व्यवस्थापक पेप ग्वार्डियोलाको सहायक पद छोड्दै यो सिजन आर्सनल आएका थिए । शनिबार राति उनले ग्वार्डियोलाकै रणनीतिलाई माथ दिदै आर्सनललाई एफए कपको फाइनलसम्म डोर्याएका छन् ।

पिएरे–एमेरिक औबामेयाङले दुई गोल गरेपछि सेमिफाइनलमा इङ्गलिस प्रिमियर लिगमा निकै खराब सिजनबाट गुज्रिरहेको आर्सनलले सिटीलाई २–० ले स्तब्ध बनायो । प्रिमियर लिगमा सिटी दोश्रो अंकमा छ भने युरोपा लिगको छनोट पनि गुमाउने खतरामा रहेको आर्सनल १० औं स्थानमा रहेको छ ।

डिसेम्बरमा उनाई एमेरीको स्थान लिएका आर्टेटा अब आफ्नो पहिलो सिजनमै आर्सनललाई प्रमुख उपाधि दिलाउने नजिक पुगेका छन् । आर्सनलले अगष्ट १ मा हुने फाइनलमा चेल्सी अथवा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

औबामेयाङले दुई गोल गर्ने क्रममा सिटीको रक्षात्मक कमजोरीको भरपुर फाइदा उठाएका थिए । दवाब बनाउने क्रममा औबामेयाङले गरेको पहिलो प्रहार सिधै सिटी गोलकिपर एडर्सनले बचाएका थिए तर त्यो खतरालाई माप्न नसकेको सिटीले डिफेन्समा खासै ध्यान नदिदा पहिलो गोल खान पुगेको थियो ।

उत्कृष्ट टेक्निकको नमुना देखाउदै औबामेयाङले निकोलस पेपेको क्रसमा राम्रो नियन्त्रण राख्दै बक्स बाहिरबाट सुन्दर गोल गरेका थिए । दोश्रो हाफमा सिटीले दवाब बनाए पनि ७१ औ मिनेटमा बिजयी गोल गर्न पुगे ।

आर्टेटाको लागि भने यो व्यक्तिगत बिजय थियो । गत सप्ताह आर्सनलले लिभरपुलमाथि महत्वपूर्ण जित हात पारेको थियो र शनिबारको सेमिफाइनलमा उत्कृष्ट गेम प्लानका साथ सिटीलाई हराउन सफल भएको थियो ।

Click to comment

Trending