Headline

थापा र उनका छोराद्वारा पत्रकार तिमल्सिनामाथि अभद्र व्यवहार

Published

on

फिफाको १० बर्ष प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघका पुर्व अध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाद्वारा नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व महासचिव तथा हाम्रोखेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनामाथि अभद्र व्यवहार भएको छ ।

मञ्चले एक प्रेस बिज्ञप्ति जारी गर्दै यसको भत्र्सना गरेको छ । एक सामान्य जानकारी लिने क्रममा भएको फोन वार्तामै थापाले आक्रमक रुपमा प्रस्तुत हुदै गाली गलौज गर्दै अभद्र व्यहार गरेको र त्यसपछि उनका छोरा अभिषेक आफै वेबसाइटको कार्यालयमै गएर वादबिवादमा उत्रिएको स्वयं तिमल्सिनाले बताए ।

“तिमल्सिनाले बिहिवार साँझ समाचारका लागि पुर्व अध्यक्ष थापासँग फोन वार्ता गर्ने क्रममा थापाद्वारा नीजमाथि गाली गलौज सहित अभद्र व्यहार गरिएको घटनाप्रति नेपाल खेलकुद पत्रकार मञ्च घोर भत्र्सना भत्सर्ना गर्दछ,” मञ्चले प्रेस बिज्ञप्ति भनेको छ ।

“थापाको छोरा अभिषेकबाट पत्रकार तिमल्सिनासँग उहाँको थापाथलीस्थित कार्यालय परिसरमै गएर बादबिवाद गर्ने काम समेत भएको छ । नितान्त समाचर संकलनका लागि गरिएको फोन वार्तालाई लिएर पत्रकार तिमल्सिनामाथि गरिएको अभद्र व्यहारको जति निन्दा गरेपनि पुग्दैन,” मञ्चले लेखेको छ ।

साथै मञ्चले यस घटनाप्रति नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपिएस) र एआईपिएसको ध्यानाकर्षण समेत गराएको छ ।

थापाले भने आफ्नो फेसबुक पेजमा तिमल्सिनाले नै प्रोभोक गरेको आरोप लगाएका छन् । “प्रकाश तिमल्सिना भाइले मलाई प्रतिक्रिया लिनको निमित्त फोन गर्नुभएको थियो । कुनै प्रतिक्रिया दिन्न भनेर दुईपटक सम्म भनेको थिए किनभने उहाहरु एक तर्फीरुपमा समाचारहरु दिदै आउनुभएको छ भन्ने लागेको कारणले मैले कुनै किसिमको प्रतिक्रिया दिन उपयुक्त ठानिन । यति भनिसके पछाडि उहाँले फोन राख्नु पर्दथ्यो तर उहा मलाई उचयखयपभ गर्नतिर लाग्नु भयो । त्यसपछि वाद विवाद बढ्दै गएको हो,” थापाले लेखेका छन् ।

अनियमितता र घुषखोरीको आरोपमा फिफाले लगाएको प्रतिबन्धको छैटौं बर्षमा रहेका थापाले यो बिषयमा फेसबुकमार्फत वर्तमान एन्फाको कार्यसमितिलाई पनि बिवादमा तानेका छन् । “एन्फामा भएको ठूलाठूला भ्रष्टाचारको समाचार नदिने खाली मलाइ मात्र भ्रम सृजना गर्ने खालको समाचार दिने भनेर भनेपछि बिस्तारै विबाद बढ्दै गएको हो,” थापाले लेखेका छन् ।

अनलाइनमार्फत खेलकुदकै बिकासका लागि बिशद्ध खेल पत्रकारिता गरिरहेको हाम्रोखेलकुदमाथिको यो अत्यन्तै निन्दनीय कार्यको विस्पोर्ट्ज डटकमले पनि घोर भत्सर्ना  गरेको छ ।

थापामाथि नेपालमा पनि सार्वजनिक लेखा समितिले चलाएको ५८ करोडको भ्रष्टाचार मुद्दालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबुतको अभावको आधारमा तामेलीमा राखेको छ ।

Click to comment

Trending