Headline

रियललाई उपाधि सुम्पेपछि मेस्सीले भनेः क्लबमा परिवर्तन आवश्यक छ

Published

on

रियल म्याड्रिडलाई ला लिगाको उपाधि सुम्पिएपछि बार्सिलोना स्टार लियोनल मेस्सीले क्लबमा परिवर्तन आउन आवश्यक रहेको बताएका छन् ।

भिलारियललाई २–१ ले हराउदै रियलले बिहिवार ला लिगाको ३४ औं उपाधि जित्दा बार्सिलोना भने ओसासुनासँग स्तब्ध भएको थियो । यस क्रममा बार्सिलोनाको घरेलु मैदानमा ३० म्याचमा अपराजित यात्रामा पूर्णविराम पनि लागेको थियो ।

बार्सिलोनाको लागि हार पनि किन बिझाउने थियो भने ७७ औं मिनेटमा १० खेलाडीमा सिमित भएको ओसासुनाले अतिरिक्त समयमा गोल गरेको थियो । एका तर्फ क्लबको भित्री समस्य त छ नै त्यसमाथि पारम्परिक प्रतिद्वन्दी रियललाई उपाधि हस्तान्तरण गर्दा बार्सामा अब केही समय निकै तनावको स्थिति सृजना हुने लगभग पक्का छ।

केही दिनअघि मेस्सी आफैले पनि सम्झौता नविकरणको वार्तामा बस्न अस्विकार गरेका थिए भने उनि क्लबसँग लामो समयदेखि नै रुष्ट रहदै आएको समाचार सार्वजनिक भएको थियो । मेस्सीले २०२१ मै बार्सिलोना छोड्ने मनसाय मनाइसकेको समाचार बाहिर आउद क्लब अध्यक्षले भने उनले बार्सामै करिअर अन्त्य गर्ने पनि बताएका थिए ।

“हामीले ला लिगाको अन्त्य यसरी हुने सोचेकै थिएनौं । यसले हाम्रो सिजन कस्तो रह्यो भन्ने निष्कर्ष निकालेको छ,” २३ गोलसहित ला लिगाका सर्वाधिक स्कोरर रहेका मेस्सीले भने । “कसैले पुरै बल लगाएर उत्साहपूर्ण रुपमा खेल्दा हामी जो कोहीसँग पनि हार्ने कमजोर टिम हुन पुगेको छौं । हामीले धेरै अंक गुमाउन पुग्यौं र प्रदर्शन पनि एकै किसिमको दिन सकेका छैनौं । खेलाडीहरुबाटै शुरु गर्दै हामीले आत्मालोचना गर्न आवश्यक छ । तर यही कुरा पुरै क्लबमा पनि लागु हुन्छ । हामी बार्सिलोना हौं र हामीलाई सबै खेल जित्नुपर्ने दवाब हुन्छ ।”

क्लबको सञ्चालक समुहसँग सम्बन्ध चिसिएको मेस्सीको लागि अब जित्ने भने च्याम्पियन्स ट्रफि मात्र रहेको छ । इटालीमा १–१ को बराबरी खेलेको बार्सिलोनाले च्याम्पियन्स लिग प्रि क्वार्टरफाइनलको दोश्रो लेग अगष्ट ८ मा क्याम्प नाउमा खेल्न गइरहेको छ ।

Click to comment

Trending