Headline

१० क्षण जसले विरेन्दर सहवागलाई क्रिकेटको ‘थग लाइफ’ का बादशाह बनायो

Published

on

विरेन्दर सहवाग बिश्व क्रिकेटका सबैभन्दा आक्रमक व्याट्स्म्यानहरुमध्ये गनिन्छन् । ट्विटरमा निकै सकृय रहेका सहवाग चातुर्यतापुर्वक हसाउन सक्ने व्यक्तिमा पनि गनिन्छन् । आफूलाई संकटमा पार्ने प्रश्नहरुलाई सहवागले साह्रै आरामले पन्छाउने गरेका छन् ।

तर सहवागले यो काम ट्विटरमा मात्रै गरेका छैनन् । क्रिकेट मैदानमा पनि उनले उत्तिकै चातुर्यता पुर्वक यस्तो स्थितिलाई सहजतापुर्वक ठट्टाका साथ नियन्त्रणमा लिने गरेका छन् । सामाजिक सञ्जालमा यसरी प्रतिकृया दिने शैलि थग लाइफ को नाममा बढी चर्चित रहेको छ । हेरौं सहवागका १० यस्ता क्षण जसले उनलाई क्रिकेटको थग लाइफ बादशाहको रुपमा स्थापित गरेको छ ।

१. सचिन र सहवागबीचको अन्तर

सहवागको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक आगमन हुदा उनलाई अर्को सचिन भन्ने गरिन्थ्यो । उनको उचाई, त्रिजमा बस्ने तरिका र ब्याटिङ्ग गर्ने शैलि भारतीय क्रिकेट लिजेण्ड सचिन तेन्दुल्करसँग मिल्दो जुल्दो हुने गथ्र्यो । सहवाग आफैले पनि एक अन्तर्वार्तामा आफ्नो ब्याटिङ्ग सचिनलाई नै हेरेर त्यही अनुसार बनाउने प्रयास गरेको बताउने गरेका थिए ।

उनको करिअरको शुरुवातमा एक पटक एउटा कार्यक्रममा पत्रकारले सहवालाई सोधेः “तपाई र सचिनबीचमा फरक के छ ?”

सहवागले उत्तर दिएः “हाम्रो बैंक ब्यालेन्स ।”

२. जेफ्रि बोइकटको योर्करमा छक्का

पुर्व इङ्गल्याण्ड क्रिकेटर जेफ्रि बोइकट निकै चलाख वक्तामा पर्ने गर्छन् । उनी कुनै पनि खेलाडीलाई निकै माथि उचालेर भुइमा थचार्न माहिर छन् । एक पटक उनले सहवाग आफूले देखेका बिश्वकै सबैभन्दा ट्यालेन्टेडमध्येका एक ब्याट्स्म्यान रहेको बताए । अनि फेरि उनले सहवाग ब्याटिङ्ग गर्दा दिमागबिहिन रहने गरेको पनि बताए । सहवागले त्यसलाई यसरी ह्याण्डल गरेः

“बोइकटलाई जे मन लाग्छ त्यो भन्न सक्छन् । उनले एक पटक पुरै दिन ब्याटिङ्ग गर्दै जम्मा एउटा चौका प्रहार गरेका छन् ।”

३. माइकल क्लार्क अर्को शिकार

अष्ट्रेलियन बिश्वकप बिजेता कप्तान माइकल क्लार्कलाई उनका टिमका साथीहरुले ‘पप’ भन्ने गर्छन् । कुकुरको बच्चालाई पप भनिएपनि क्लार्कलाई उनी निकै राम्रो देखिने भएकाले पप भनिने गरिएको हो । क्लार्क सहवागको कटाक्षबाट समेत अछुतो रहन सकनेनन् ।

२००४ मा हैदराबादमा भएको टेस्टमा सचिन र सहवाग अष्ट्रेलियाबिरुद्ध ब्याटिङ्ग गरिरहेका थिए । स्लेजिङ्गमा माहिर अष्ट्रेलिया लगातार दुई जोडीलाई हैरान बनाइरहेको थियो, बिशेष गरि क्लार्कले सचिनलाई । सचिनको उद्दारमा सहवाग उत्रिए र त्यसपछि क्लार्कको स्लेजिङ्ग नै बन्द गराइदिए ।

सहवागले क्लार्कलाई सोधेः “तिम्रो टिमका साथीहरुले तिमीलाई पप भन्छन् होइन ?” क्लार्कले हो भन्ने बित्तिकै सहवागले अर्को प्रश्न सोधिहालेः “कुन ब्रिड (जातको कुकुर) हो तिमी ?”

४. सचिनले भनेको नमानेपछि

पाकिस्तानबिरुद्ध मुल्तानमा सन् २००४ मा भएको टेस्टको यो क्षण पनि उत्तिकै रोचक छ जसबारे समर्थकहरु अझै पनि कुरा गर्ने गर्छन् । सहवाग २ सय ९५ रनमा खेलिरहदा सचिनले ओभरको बीचमा सहवागलाई भनेः “त छक्का हान्ने होइन ।” भारतबाट अहिलेसम्म कसैले ३ सय रन नछोएका कारण सचिन सहवाग धैर्य हुन चाहन्थे ।

तर सहवागले सचिनलाई जवाफ दिएः “सक्लैन मुस्ताक (स्पिनर) बलिङ्ग गर्न आउछन भने म छक्का त हान्छु, हान्छु ।” नभन्दै सक्लैन नै बलिङ्ग गर्न आए र सहवागले बिशाल छक्का प्रहार गर्दै भारतको टेस्ट इतिहासकै पहिलो तेहरो शतक पुरा गरे ।

५. यसपटक भने थग लाइफ काम लागेन

सन् २००६ मा पाकिस्तानबिरुद्ध टेस्ट जारी रहदा सहवाग र राहुल द्रविडले निकै उत्कृष्ट ब्याटिङ्ग गरिरहेका थिए । लाहोरमा भएको टेस्टमा युनिस खान, मोहम्मद युसुफ, शाहिद अफ्रिदी र कमरान अकमालले शतक प्रहार गरेपछि पाकिस्तानले ६ सय ७९ रनको बिशाल योगफल बनायो । बलरहरुको लागि केही नरहेको पिचमा त्यसपछि भारतको पालो आयो ।

चौथो दिनको खेलमा द्रविड र सहवागले ३ सय ७० रन जोडे जुन पाकिस्तानबिरुद्ध अहिले पनि टेस्ट क्रिकेटमा पहिलो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी हो । अर्को किर्तिमान थियो पहिलो विकेटका लागि बिनु माँकड र पंकज रोयबीच ४ सय १३ रनको बिश्व रेकर्ड । १९५६ मा बनेको उक्त किर्तिमान दुई बर्षपछि मात्र तोडिएको थियो ।

चौथो दिनको समाप्तिपछि भएको पत्रकार सम्मेलनमा दुई ब्याट्स्म्यान नयाँ बिश्व किर्तिमान बनाउन नजिक रहेको बताउदा सहवागले जवाफ दिएः “को बिनु मांकड ?” सहवागको जवाफले हल हासोले गुञ्जिएपनि भोली पल्ट भारतले नयाँ किर्तिमान कायम गर्न असफल रह्यो । सहवाग ठूलो शट खेल्ने चक्करमै आउट हुँदा भारत चार रनले चुकेको थियो ।

६. रज्जाकलाई सम्हाल्न बिशेष योजना

ट्वान्टी ट्वान्टी क्रिकेटको आविष्कारअघि भारतीय क्रिकेट इङ्गलिस काउन्टि च्याम्पियनसिपमा आबद्ध हुने गर्दथे । सहवागले पनि केही समय लेस्टरसायर काउन्टिमा बिताएका थिए । २००३ मा लेस्टरसायर जेरेमी स्नेपसँग ब्याटिङ्ग गरिरहेका थिए र पाकिस्तानी अलराउण्डर अब्दुल रज्जाकले रिभर्स स्विङ्ग गर्दै दुवै ब्याट्स्म्यानलाई हैरान पारेका थिए ।

रज्जाकलाई सम्हाल्नका लागि सहवागको दिमागमा आइडिया आयो । उनले स्नेपसँग कुरा गर्दै भनेः “मसँग एउटा योजना छ । हामीले यो बल हराउनु पर्छ ।” अर्को बलमा सहवागले रज्जाकलाई बिशाल छक्का प्रहार गरे । बल स्टेडियम बाहिर गयो र हरायो । अम्पयारले अर्को बल ल्याएपछि सहवागले स्नेपलाई भनेः

“अब अर्को एक घण्टा आरामले खेल्दा हुन्छ ।”

७. बाउण्डरीमा १ सय ९५ रनमा आउट हुँदा

२००३ को मेलबर्न टेस्टमा सहवाग निकै आक्रमक खेलिरहेका थिए । शतक प्रहार गरिसकेपछि सहवाग अर्को बिशाल योगफलतर्फ अग्रसर भए । उनीसँगै क्रिजमा थिए राहुल द्रविड । १ सय ९५ रनमा रहदा सहवागले ठूलो शट प्रहार गर्दै दोहोरो शतक पुरा गर्न खोजे तर समातिन पुगे ।

आउट भएपछि द्रविडले सहवागलाई भनेः “त डबल सेन्चुरीभन्दा जम्मा पाँच सिँगल पर मात्र थिइस, मज्जाले पुरा गर्न सक्थिस ।” सहवागले द्रविडलाई जवाफ फर्काएः “म छक्का प्रहार गर्न मात्र तीन यार्डले चुके ।”

८. आक्रमक रणनीतिमा चातुर्यतापूर्ण जवाफ

पहिलो बलदेखि नै आक्रमक रणनीतिका साथ खेल्न रुचाउने सहवागसँग साच्चिकै बिश्वकै घातक बलरहरु डराउथे । सहवागले आफै विकेट दिने गरेकाले पहिले नै उनलाई आउट गर्न सकिने भएपनि उनी एक पटक क्रिजमा टिकेपछि भने बलरहरु हैरान नै हुने गर्थे । अष्ट्रेलियाका ग्लेन म्याग्रा र ब्रेट लीलाई पनि सहवाग निकै आरामका साथ खेल्ने गर्थे ।

एक पटक पत्रकार सम्मेलनमा उनलाई घातक बलरहरुलाई पनि कसरी यस्तो आरामले हान्न सक्नुहुन्छ भनेर सोधिएको थियो । सहवागले भनेः “मैले बललाई हान्ने हो, बलरलाई होइन ।”

९. फुटवर्कलाई लिएर अर्को अभिव्यक्ति

भारतका लागि किर्तिमानी रनहरु बनाउनुका साथै बिश्व क्रिकेटमै उत्कृष्ट ब्याट्स्म्यानको छवि बनाएका सहवाग उनको नसुहाउदो फुटवर्कका कारण भने सधै आलोचित हुने गर्थे । उनले जुन सुकै बलरलाई पनि खासै खुट्टा नचलाउदै खेल्ने गर्थे र धेरै पटक त्यसैका कारण आउट पनि हुने गथै ।

एक पटक सहवागलाई बिदेशी रिपोर्टरले उनको फुटवर्कको बारेमा प्रश्न सोध्दा उनले भनेः “शायद उनीहरुलाई थाहा छैन मैले त्यस्तो शटहरु खेल्नका लागि फ्ल्याट पिचमा १० बाल्टिन पानी बगाएर अभ्यास गर्ने गर्छु ।”

१०. भारतीय राष्ट्रिय टोलीबाट बाहिरिदा

२०११ को बिश्वकपको उपाधि जितेपछि भारतीय चयनकर्ताहरुले टिमका सिनियर खेलाडी सहवागलाई नराख्ने कठिन निर्णय लिए । उनलाई रिपोर्टरले सोधे: “तपाई त अब भारतको लागि फेरि नखेल्न पनि सक्नु हुन्छ होइन ?” सहवाग सधै जसो जवाफ दिने मुडमै थिएः “यो घाटा कसलाई भएको छ त ?”

Click to comment

Trending