Headline

पूर्व सदस्य–सचिव सिंहको निधन

Published

on

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ । सिंहको शुक्रबार राती छाउनीस्थित निवासमा निधन भएको नाती सुशील मल्लले जानकारी दिएका छन् ।

सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह राखेपका सातौं सदस्य–सचिव हुन् । उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य–सचिवको जिम्मेवारीमा थिए ।

स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहका श्रीमति, दुई छोरा र छोरी छन् । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

Click to comment

Trending