Headline

लिभरपुल उपाधिबाट एक जित टाढा, मार्सियलको ह्याट्रिक

Published

on

क्रिष्टल प्यालेसलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै लिभरपुल इङ्गलिस प्रिमियर लिगको उपाधिबाट मात्र एक जित टाढा रहेको छ ।

३० बर्षमा पहिलो उपाधि जित्न गइरहेको लिभरपुलका लागि ट्रेन्ट एलेक्जेण्डर–आर्नोल्ड, मोहम्मद सलाह, फाबिन्हो र सादियो मानेले गोल गरेका थिए । ३१ खेलबाट ८६ अंक रहेको लिभरपुललाई अझै कुराउनका लागि म्यानचेस्टर सिटीले चेल्सीलाई स्ट्यामफोर्ड ब्रिजमा हराउनै पर्नेछ ।

सिटीको ६३ अंक छ भने लेस्टर सिटीको ५५ र चेल्सी ५१ अंकका साथ चौथो स्थानमा रहेको छ । मर्सिसाइड डर्बिमा एभर्टनसँग गोलरहित बराबरी खेलेपछि लिभरपुल एन्फिल्डमा भने उत्कृष्ट लयमा फर्किएको थियो ।

एलेक्जेण्डर–आर्नोल्डले २२ औं मिनेटमै फ्रि किक मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । प्रिमियर लिगमा एलेक्जेण्डर आर्नोल्डको यो दोश्रो गोल हो । फाबिन्होको उत्कृष्ट पासमा सलाहले ४४ औं मिनेटमा गोल गर्दै लिभपुरललाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए ।

उत्कृष्ट प्रदर्शन गरेका फाबिन्होले दोश्रो हाफ शुरु भएको १० मिनेटपछि ३० यार्ड भन्दा टाढा बाट गरेको प्रहारलाई गोलमा परिणत गरेका थिए सलाहको पासमा मानेले ६९ औं मिनेटमा चौथो गोल गरेका थिए ।

युनाइटेडको जितमा मार्सियलको ह्याट्रिक

एन्थोनी मार्सियलले ह्याट्रिक पुरा गरेपछि म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडमाथि ३–० को सहज जित रच्यो । ओल्ड ट्राफोर्डमा मार्सियलले गरेका तीन गोल म्यानचेस्टर युनाइटेडका लागि प्रिमियर लिगमा सात बर्षमा पहिलो ह्याट्रिक हो ।

जितपछि युनाइटेड ४९ अंक साथ पाचौं स्थानमा उक्लिएको छ । सिटीलाई युरोपियन प्रतिस्पर्धामा खेल्नका लागि प्रतिबन्ध लागेका कारण च्याम्यिन्स लिग प्रवेश गर्नका लागि यो सिजन पाचौं स्थान पनि पर्याप्त हुनेछ । डच खेलाडी रोबिन भान पर्सिले २०१३ मा युनाइटेडका लागि प्रिमियर लिगमा पछिल्लो पटक ह्याट्रिक पुरा गरेका थिए ।

कोरोना अघि उत्कृष्ट लयमा देखिएको सेफिल्डले लिग सुचारु भएपछिका तीन खेलबाट मात्र एक अंक बटुलेको छ । अन्य खेलमा न्युकास युनाइटेडलाई एस्टन भिल्लाले १–१ गोलको बराबरीमा रोक्यो भने पुछारको नर्विच सिटी एभर्टनसँग १–० ले पराजित भयो ।

उल्भ्सले बर्नमाउथलाई १–० ले हराउदै पाचौं स्थानको दाबेदारीमा आफूलाई कायमै राखेको छ । ४९ अंक रहेको उल्भ्स युनाइटेडसँग गोल अन्तरले मात्र पछि परेको छ ।

Click to comment

Trending