Corona Virus

‘न्यु नर्मल’ मा प्रिमियर लिगको पहिलो साताका ५ पक्ष

Published

on

इङ्गलिस प्रिमियर लिगका सबै २० टोलीले कोरोना भाइरस महामारीकाबीच सिजन अन्त्य गर्न न्यु नर्मल (नया सामान्य) मा कम से कम पनि खाली रँगशालामा अभ्यस्त बन्ने र कडा हाइजिन प्रोटोकोलको एक अनुभव बटुलिसकेका छन् । बढी स्थानान्तरण खेलाडी र वाटर ब्रेकका कारण मैदानमा खेलाइने तरिकामा परिवर्तन आएको छ भने व्यस्त तालिकाले गर्दा व्यवस्थापकहरुले पनि आफ्नो योजना समिक्षा गर्नुपर्ने भएको छ ।

बिभिन्न बाधा अड्चनका बावजुद केही कुराहरु भने यथास्थितमै रहेका छन् । म्याचेस्टर सिटीले लिभरपुलको उपाधि चुम्ने पर्खाइलाई थप लम्ब्याएको छ भने अंक तालिकाको पुछारमा रहेका क्लबहरु आफूलाई रेलिगेसन जोनबाट बाहिर निकाल्न संघर्षरत नै छन् । प्रिमियर लिग सुचारु हुँदाको पहिलो हप्तामा के–के महत्वपूर्ण कुराहरु भएका छन् त ?

सुस्त शुरुवात

टिमहरु नयाँ वातावरणमा बिस्तारै अभ्यस्त हुदै गर्दा पहिलो १२ खेलमा भएका २८ गोलहरु मध्ये मात्र ८ गोल पहिलो हाफमा भएका छन् । एभर्टन स्ट्राइकर डोभिनिक काल्भर्ट–लेविनले मर्सिसाइड डर्बिमा लिभरपुलबिरुद्ध खेल्दा राम्रो वातावरण नै नहुदा निकै बिचित्र लागेको भन्दै धेरै खेलाडीहरुको आवाजको प्रतिनिधित्व गरेका छन् ।
तीन महिना प्रतिस्पर्धाबिहिन भएपछि लिग सुचारु हुदा निकै कम समय सँगै प्रशिक्षण गरेकोले खेलाडी र व्यवस्थापकहरु शुरुवातमा नै सबै शक्ति लगाउने तर्फ सचेत रहेका छन् ।

पाँच सब्स्टिच्युसन

खेलेको अन्त्यतिर धेरै गोलहरु हुनु बेञ्च खेलाडीहरुले गरिरहेको असर एक कारण हुनसक्छ । प्रशिक्षकहरु पहिलेको तुलनामा अहिले धेरै बिकल्पहरुको आनन्द उठाइरहेका छन् । प्रशिक्षकहरुले अहिले बेञ्चमा रहेका ९ बैकल्पिक मध्ये पाँच जनालाई मैदान प्रवेश गराउन सक्छन् ।

टोटेन्ह्यामका व्यस्थापक होजे माउरिन्होले यो अस्थाइ नियमले शक्तिशाली क्लबहरुलाई मात्र मद्दत गर्ने भन्दै यसले धनी र गरिब बीचको दुरी अभै फराकिलो बनाउने बताउदै आएका छन् । शुक्रबार म्यानचेस्टर युनाइटेडबिरुद्ध अन्तिम समयमा १–१ को बराबरी रोकिदा माउरिन्होले दुई परिवर्तनमात्र गरेको थिए । सब्स्टिच्युटको रुपमा मैदान प्रवेश गर्दा पउल पोग्बाले युनाइटेडका लागि पेनाल्टी कमाएपछि व्यवस्थापक ओले गुनर सोल्सायरले आफूसँग बेञ्चमा पनि गुणात्मक खेलाडीहरु रहेको बताएका थिए ।

क्रिष्चियन पुलिसिचले पनि बेञ्चबाटै आएर एस्टन भिल्लाबिरुद्ध बराबरी गोल गर्दा फ्रांक लाम्पार्डको चेल्सीका लागि बेञ्चमा रहेको बिकल्पले पनि महत्वपूर्ण भुमिका खेलेको थियो । ओलिभर जिरुडले अर्को गोल गरेपछि चेल्सीले खेल २–१ ले जितेको थियो ।

अनावश्यक वाटर ब्रेक

दुई अतिरिक्त सब्स्टिच्युसनको प्रावधान हुँदा पनि हरेक टोलीले खेलाडी परिवर्तन गर्दा मात्र तीन पटक खेल रोक्न पाउनेछन् । खेलको लय नरोकियोस भनेर यो नियममा सुधार ल्याइएपनि नयाँ वाटर ब्रेकको सुविधाले अहिले खेल रोकिरहेको छ ।

जस्तो सुकै तापक्रममा खेलिएपनि हरेक हाफको आधा समयमा वाटर ब्रेक लिने प्रावधान राखिएको छ । यो नियमले व्यवस्थापकहरुलाई निर्देशन दिन र खेलको गतिमा परिवर्तन ल्याउनका लागि अतिरिक्त समय दिएको छ ।

लगभग उस्तै

सिटीको रेशमी फुटबल, मर्सिसाइड डर्बिमा बराबरी, आर्सनलको अप्रत्याशित हारसँगै नर्विच, बर्नमाउथ र एस्टन भिल्लामा रक्षात्मक विपत्तिले जति परिवर्तन हुन्छन् त्यति केही कुराहरु उस्तै रहन्छन् भनेर साबित गरिदिएको छ ।

एमेरिक लापोर्ट र लिरोय सानेको चोटका कारण लिभरपुललाई म्यानचेस्टर सिटीले उपाधिका लागि दिन सक्ने चुनौति सिजनको शुरुवातमै फिक्का भइसकेको थियो । उपाधि लिभरपुलको हातमा औपचारिक रुपमा मात्र जान बाकी रहदा ग्वार्डियोलाले बर्नलीसँग ८ परिवर्तन गर्दा ५–० को बिशाल जित हात पार्न पुग्यो ।

लिभरपुलले पछिल्लो १० बर्षमा मर्सिसाइड डर्बिमा पराजय बेहोरेको छैन । तर गुडिसन पार्कमा भएको गोलरहित बराबरी पनि सामान्य नै हो । प्रिमियर लिगमा पछिल्लो तीन पटकको मर्सिसाइड डर्बिमा गुडिसन पार्कमा एक गोल पनि हुन सकेको छैन ।

भिल्लाले सेफिल्ड युनाइटेडलाई बराबरीमा रोक्दा अंक तालिकाका पुछारका चार टोलीमध्ये कुनै एक टिमले बटुलेको पहिलो अंक हो । पुछारका चार वटै टोलीले यो सप्ताहन्त आफ्नै घरमा नराम्रो पराजय बेहोरेका छन् ।

घुँडा राख्ने अभियानले गाडेको जरा

१ सयौं दिनको पर्खाइपछि प्रिमियर लिग सुचारु हुँदा सबै खेलाडी, स्टाफ र रेफ्रिहरुले मैदानमा घुडा राख्दै बिश्वमा रँगभेदबिरुद्ध जारी ब्ल्याक लाइभ्स म्याटर आन्दोलनलाई समर्थन गरेका थिए । भिल्ला र सेफिल्डबीचको शुरुवाती खेल देखि नै यो एैक्यबद्धता देखाइएको थियो ।

हरेक खेलमा यो संकेतलाई कायम राख्ने अनुमति दिदै प्रिमियर लिगले आफू रँगभेद बिरोधी आन्दोलनमा बिश्वसँगै रहेको स्पष्ट पारेको छ । सोमबार सिटी र बर्नलीबीचको खेलमा यो अभियानको बिरुद्धमा बर्नली समर्थकहरुले ह्वाइट लाइभ्स म्याटर लेखेको ब्यानर इतिहाद स्टेडियममा माथि उडाउदा केही असर भने परेको थियो ।

“यो (अभियान) निकै शक्तिशाली छ । यसले यो अभियानको बिश्वब्यापी गतिलाई निकै तेज बनाएको छ,” आर्सनलका पुर्व स्ट्राइकर इयन राइटले भने । तर अब प्रिमियर लिगलाई संकेत भन्दा मैदानको एक्सन बिना रुकावट कायम राख्न आवश्यक छ ।

Click to comment

Trending