Headline

युरोपियन राउण्ड–अपः लिभरपुल जोगियो, रियल शिर्ष स्थानमा, इन्टरको जित

Published

on

गोलकिपर एलिसनले खेलको अन्त्यतिर उत्कृष्ट बचाउ गरेपछि लिभरपुल इङ्गलिस प्रिमियर लिगमा पराजयबाट जोगिएको छ ।

एभर्टनलाई पराजित गर्दै उपाधितर्फ एक अन्तिम कदम चाल्न गुडिसन पार्क गएको लिभरपुल आइतबारको अन्तिम खेलमा गोलरहित बराबरीमा रोकिन पुग्यो । लिभरपुलको ८३ अंक भएको छ भने । ३० बर्षमा पहिलो पटक प्रिमियर लिगको उपाधि उन्मुख रहेको लिभरपुललाई पाँच अंकको आवश्तकता रहेको छ तर उसले बुधबार एन्फिल्डमा क्रिष्टल प्यालेसलाई पराजित गर्दै सोमबार म्यानचेस्टर सिटी बर्नलीलाई हराउन असफल हुने हो भने एक जितमै च्याम्पियन बन्नेछ ।

सिजन सुचारु हुँदा आर्सनललाई ३–० ले हराएको सिटीको ६० अंक रहेको छ । बराबरीतर्फ अघि बढेको खेलमा एलिसनले डोमिनिक काल्भर्ट–लेविनले पोस्ट नजिकै बाट प्रहार गरेको ब्याक–फ्लिकलाई बचाएका थिए भने रिबाउण्डमा टम डेभिसको प्रहार जो गोमेजको खुट्टामा डिफ्लेक्ट हुंदै बारमा ठोक्किएको थियो ।

बराबरीपछि लिभरपुल व्यवस्थापक योर्गन क्लोपले ब्राजिलियन एलिसनलाई बिश्वस्तीय गोलकिपरको संज्ञा दिए । हामीले उनलाई (एलिसन) सहज रुपमा लिनु हुदैन । उनी एक बिश्वस्तीय गोलकिपर हुन् । ९० मिनेटसम्म गर्नका लागि केही नहुँदा उनी हाम्रो लागि हुने गर्छन्, क्लोपले भने ।

अवे खेलमा चेल्सी त्रिष्चियन पुलिसिच र ओलिभर जिरुडको गोलको मद्दतमा एस्टान भिल्लालाई २–१ ले पराजित गर्दै दोश्रो स्थानको दाबेदारीमा कायम रहेको छ । चेल्सीको ५१ र तेश्रो स्थानको लेस्टर सिटीको ५४ अंक रहेको छ । भिल्ला पार्कमा पहिलो हाफ नियन्त्रणमा लिएपनि कोर्टनी हाउजले अनवर अल गाजीले प्रहार गरेको रिबाण्डमा गोल गरेका थिए ।

फ्रांक लाम्पार्डले ५५ औं मिनेटमा पुलिसिचलाई मैदान प्रवेश गराए त्यसको पाँच मिनेटपछि नै सेजार अज्पिलिकेटाको क्रसमा उत्कृष्ट गोल गरे । दुई मिनेटपछि नै जिरुडले १५ यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

डेड–टु–डेडमा बार्सा ला लिगामा पछि पर्यो

रियल म्याड्रिड रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लियो । सेभियासँग बार्सिलोना बराबरीमा रोकिएपछि रियललाई शिर्षमा पुग्ने अवसर थियो र आइतबारको खेलपछि ३३ पटकको च्याम्पियन उक्लियो पनि ।

रियल र बार्साको समान ६५ अंक रहेको छ भने पहिलो एल क्लासिकोमा पाएको जितका कारण रियल अगाडी रहेको हो । पहिलो हाफमा खासै केही गर्न नसकेको रियलले दोश्रो हाफ शुरु भएको पाँच मिनेटपछि भिनिसियस जुनियरमाथि फाउल हुदा पेनाल्टी पाएको थियो । कप्तान सर्जियो रामोसले त्यसलाई गोलमा परिणत गरे ।

७० औं मिनेटमा करिम बेन्जेमाले अग्रतालाई दोब्बर बनाए तर मिकेल मेरिनोले ८३ औं मिनेटमा सोसिडाडका लागि एक गोल फर्काएका थिए । सोसिडाड ४७ अंकसाथ छैटौं स्थानमा रहेको छ । आइतबार नै भएको अन्य खेलमा सेल्टा भिगोले आलाभेसलाई ६–० को फराकिलो अन्तरले पराजित गर्यो भने भ्यालेन्सियाले ओसासुनालाई २–० ले हरायो ।

लुकाकुको सिजनको १८ औं लिग गोल

रोमेलु लुकाकुले इटालियन सिरी आ सिजनको १८ औं गोल गरेपछि इन्टर मिलानले उपाधिको दाबेदारीलाई कायमै राखेको छ । साम्पडोरियालाई २–१ ले हराएको तेश्रो स्थानमा रहेको इन्टरको ५७ अंक भएको छ । एक खेल बढी खेलेका युभेन्टसको ६३ र लाजियोको ६२ अंक रहेको छ ।

१० यार्डबाट प्रहार गर्दै १० औं मिनेटमै गोल गरेपछि लुकाकुले बिश्वभर जारी रहेको रँगभेदबिरुद्ध आन्दोलनको समर्थनमा घुँडा टेक्दै दायाँ मुठी माथि उठाएका थिए । ५२ औं मिनेटमा मोर्टेन थासर््बीले एक गोल त फर्काए तर त्यसको एक मिनेटमै लौटारो मार्टिनेजले बिजयी गोल गरेका थिए ।

अर्को खेलमा एट्लान्टाले सासुलोलाई ४–१ ले हरायो । एट्लान्टा ५१ अंकसाथ चौथो स्थानमा छ भने लिसलाई ४–० ले हराएको एएस रोमा ४५ अंकसहित पाचौं स्थानमा रहेको छ ।

Click to comment

Trending