Headline

२०११ को बिश्वकप फाइनल श्रीलंकाले बेचेको श्रीलंकाकै मन्त्रीको दाबी

Published

on

क्रिकेटको सबैभन्दा बिवादास्पद म्याच फिक्सिङ्गको दाबीलाई ब्युताउदै श्रीलंकाका पुर्व खेलकुद मन्त्रीले २०११ को क्रिकेट बिश्वकप फाइलन श्रीलंकाले भारतलाई बेचेको आरोप लगाएका छन् ।

फाइनल फिक्स रहेको दाबी गर्ने महिन्दानन्दा अलुथगामागे १९९६ को बिश्वकप बिजेता कप्तान अर्जुना रणतुँगापछि दोश्रो बरिष्ठ व्यक्तित्व हुन् । अलुथगामागे २०११ को बिश्वकप चल्दा श्रीलंकाको खेलकुद मन्त्री रहेका थिए । मुम्बईमा भएको फाइनलमा श्रीलंका भारतसँग ६ विकेटले पराजित भएको थियो ।

२०११ को बिश्वकप फाइनल हामीले बेचेको हौं । म खेलकुद मन्त्री हुँदा पनि मलाई यो सत्य नै हो लागेको हो, अलुथगामागेले सिरासा टिभीलाई दिएको एक अन्तर्वार्तामा भनेका छन् । २०१० देखि २०१५ सम्म खेलकुद मन्त्रालय सम्हालेपछि हाल नविकरणीय उर्जा राज्य मन्त्री रहेका अलुथगामागेले त्यो समय आफूले उक्त षड्यन्त्रको खुलाशा गर्न नचाहेको पनि बताए ।

“हामी २०११ मा हामी जित्ने थियौं तर फाइनल बेचेरै छाड्यौं । मलाई लाग्छ म अहिले यो बिषयमा बोल्न सक्छु । मैले खेलाडीहरुलाई यसमा जोड्न खोजेको होइन तर केही मान्छेहरु यसमा संलग्न थिए,” मन्त्रीले भने ।

महिन्दानन्दा अलुथगामागे

भारतीय खेलाडीहरुले यो दाबीलाई पहिले देखि नै नकार्दै आइरहेका छन् । फाइलको दौरान कमेन्टरी गरेका रणतुँगाले श्रीलंकाको हारको अनुसन्धान गरिनु पर्ने बताएका थिए । “जब हामी हार्यौ, म निकै तनावमा थिए र मलाई शंका लागिरहेको थियो । म सबै कुरा अहिले नै खोल्न सक्दिन तर एक दिन भने अवश्य गर्नेछु । एक पटक अनुसन्धान त हुनै पर्छ,” खेलाडीहरुले दाग पखाल्न नसक्ने भन्दै उनले २०१७ को जुलाईमा भनेका थिए ।

फाइनलमा पहिलो ब्याटिङ्ग गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाउदै २ सय ७४ रन बनाएको थियो । ओपनर विरेन्द्र सहवागलाई शुन्य र सचिन तेन्दुल्करलाई १८ रनमा आउट गरेर खेलमा दवाब कायम गरेको श्रीलंकाले खराब फिल्डिङ्ग र बलिङ्गका कारण खेलमा पकड गुमाएको थियो । श्रीलंकाको नेतृत्व कुमार साँगाकाराले गरेका थिए ।

हाल बिश्व क्रिकेटलाई नियमन गर्ने बेलायतको प्रतिष्ठित तथा ऐतिहासिक मेरिलबोन क्रिकेट क्लबका अध्यक्ष रहेका साँगाकाराले अलुथगामागेलाई आफ्नो दाबी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल समक्ष पुर्याउन सुझाव दिएका छन् । “उनले आफ्नो दाबी प्रमाण सहित आईसिसिमा लिएर जादा हुन्छ । यसो गर्दा आईसिसिले राम्ररी अनुसन्धान गर्न सक्छ, निकै आदर्श कप्तानको रुपमा लिइने गरेका साँगाकाराले ट्विटमार्फत भनेका छन् ।

श्रीलंका क्रिकेट लामो समयदेखि नै म्याच फिक्सिङ्ग बिवादमा तानिदै आएको छ । सन् २०१८ मा इङ्गल्याण्डबिरुद्धको टेस्टअघि पनि फिक्सिङ्गको बिवाद बाहिर आएको थियो । केही दिनअघि मात्र आईसिसिले श्रीलंकाका तीन पुर्व खेलाडीलाई लिएर अनुसन्धान गरिरहेको त्यहाको क्रिकेट बोर्डले बताएको थियो । खेलाडीहरुको नाम भने अहिलेसम्म उल्लेख गरिएको छैन ।

Click to comment

Trending