Headline

बेइजिङ्गमा कोरोनाको नयाँ केसले चाइनिज लिग अन्यौलमा

Published

on

चिनको टप फ्लाइट फुटबल चाइनिज सुपर लिग (सिएसएल) यसअघि नै कोरोनाका कारण शुरु हुन नपाई स्थगित गरिएको थियो । कोरोनाको महामारी कम हुदै गएपछि शुरु हुने अपेक्षा गरिएको लिग राजधानी बेइजिङ्गमा नयाँ केस अगाडी आएपछि थप अनिश्चित बन्न पुगेको छ ।

फेब्रुवरी २२ मा शुरु हुने भनिएको सिएसएल कोरोनाको चपेटामा परेको पहिलो प्रतिस्पर्धात्मक खेलकुद गतिविधि थियो । युरोपमा सावधानीका साथ लिगहरु सुचारु भइसकेको छ भने चिनिया बास्केटबल लिगको सिजन पनि शनिबारदेखि नै बन्द रँगशालामा शुरु हुन गइरहेको छ । तर चिन फुटबल संघ (सिएफए) भने अझै पनि आफ्नो महामारि नियन्त्रण योजनाको लागि स्विकृति कुरिरहेको छ भने अब सिजनको शुरुवात थप अन्धकारमा धकेलिएको छ ।

क्यालेन्डर बर्षमै सिएसएल सम्पन्न गर्न खोजिरहेको सिएफए अहिले निर्धारित समय भन्दा पछि पर्ने भइसकेको छ । “सिएफएले व्यवसायिक फुटबल लिगहरु सुचारु गर्नका लागि सकृय रुपमा तयारीहरु गरिरहेको छ,” एक प्रवक्ताले ग्लोबल टाइम्सलाई भनेका छन् । “हाम्रो मुख्य सिद्धान्त भनेको एउटै सिजन दुई बर्षमा भाग लगाउनु नपरोस भन्ने हो ।”

चिनको सरकारी मिडियाले सिएसएल जुनको अन्त्य वा जुलाईको शुरु हुने बताएको थियो । अब भने सबैभन्दा चाडोमा मध्य जुलाईमा मात्र हुने सम्भावना देखिएको छ । तर बेइजिङ्गमा कोरोनाका नयाँ केसहरु अगाडी आएसँगै चिन दोश्रो पटक महामारीको चपेटामा पर्ने डरमा रहेको छ ।

“बेइजिङ्गको फेंगताई जिल्लामा देखिएको नयाँ केसहरुका कारण लिग सुचारु हुन गाह्रो देखिरहेको छ,” सिएसएल उपबिजेता बेइजिङ्ग गुवान त्यही जिल्लामा प्रशिक्षण गरिरहेको बताउदै ग्लोबल टाइम्सले लेखेको छ । गुवानका फ्रेञ्च प्रशिक्षक ब्रुनो जेनेसियो कोरोनाकै कारण यात्रामा बन्देज लगाइएपछि अहिलेसम्म चिन फर्किन सकेका छैनन् ।

Click to comment

Trending