Headline

बलरको रुपमा करिअर शुरु गरेका उत्कृष्ट ब्याट्स्म्यानहरु

Published

on

क्रिकेट एउटा मौकाको पनि खेल हो । क्रिकेटरले राष्ट्रिय टोलीमा मौका पाएको खण्डमा आफूलाई साबित गर्दै लामो करिअर बनाउन सक्छन् । बिश्व क्रिकेटमा यस्ता खेलाडीहरु पनि छन् जसले बलरको रुपमा करिअर शुरु गरेर ब्याट्स्म्यान र त्यसको बिपरित पनि भएका छन् । आज हामी बलरको रुपमा करिअर शुरु गर्दै ब्याट्स्म्यान उत्कृष्ट ब्याट्स्म्यानमा परिणत भएका खेलाडीहरुको बारेमा चर्चा गर्नेछौं ।

केमरन ह्वाइट (अष्ट्रेलिया)

ब्राड हगले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि ह्वाइट अष्ट्रेलियन क्रिकेट टिमका लागि नम्बर वान लेग स्पिनरको रुपमा अगाडी आए । भिक्टोरियाका ह्वाइटले भारत भ्रमणमा अष्ट्रेलियाको स्पिन आक्रमणको नेतृत्व पनि गरे । व्याटिङ्ग लिजेण्ड सचिन तेन्दुल्करको विकेट लिदै उनले उत्कृष्ट शुरुवात पाएपनि सिँगो टुरमा भने असफल रहे ।
उच्च स्तरमा आवश्यक पर्ने बलिङ्ग आक्रमणको भिन्नता ल्याउन नसकेपछि उनले आफ्नो ब्याटिङ्गमा काम गर्न थालेका थिए ।

दायाँ हाते ब्याट्स्म्यानको रुपमा ह्वाइट अष्ट्रेलियाको लागि एकदिवसीय र ट्वान्टी ट्वान्टी टोलीको मुख्य सदस्य बन्दै गए । उनले ब्याटिङ्ग अलराउण्डरको रुपमा अष्ट्रेलियाका लागि ९१ एकदिवसीय र ४७ वटा ट्वान्टी ट्वान्टी खेलिसकेका छन् ।

रवि शास्त्री (भारत)

रवि शास्त्री बिश्व क्रिकेटका यस्ता व्यक्ति हुन जसले बिभिन्न भुमिकामा आफूलाई पटक पटक साबित गरिसकेका छन् । खेलाडी जीवनपछि उनी एक कुशल कमेन्टेटर पनि भए भने त्यसपछि अहिले भारतीय टोलीको प्रशिक्षकको रुपमा कार्यरत पनि छन् । भारतको घरेलु क्रिकेटमा मुम्बईका लागि डेब्यु गर्दा उनी जम्मा १७ बर्षका थिए, जुन त्यो समयको एक किर्तिमान नै थियो ।

शास्त्रीले भारतीय टोलीका लागि बाया हाते स्पिनरको रुपमा करिअरको शुरुवात गरेका थिए । तर १८ महिनापछि उनी ओपनिङ्ग ब्याट्स्म्यान बन्दै भारतको लागि एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्न थाले । भारतका लागि उनले ८० टेस्टमा ११ र १ सय ५० एकदिवसीयमा चार शतक प्रहार गरेका थिए ।

शोएब मलिक (पाकिस्तान)

टेस्ट क्रिकेटमा शोएब मलिकले पहिलो देखि १० नम्बरसम्म ब्याटिङ्ग गरिसकेका छन् । १७ बर्षको उमेरमा पाकिस्तानका लागि टेस्टमा डेब्यु गर्दा उनी निकै नै चलाख अफ स्पिनर मानिन्थे । दुसरा उनको मुख्य हतियार हुने गर्दथ्यो । त्यसपछि ब्याटिङ्गमा बढी केन्द्रित हुँदा उनको बलिङ्गको रङ्ग उड्न थालेको थियो । शोएबले पाकिस्तानका लागि ब्याट्स्म्यानकै रुपमा ३५ टेस्ट, २ सय ८७ एकदिवसीय र १ सय १३ टेस्ट खेलिसकेका छन् ।

सनथ जयसुर्या (श्रीलंका)

श्रीलंकन लिजेण्ड सनथ जयसुर्यालाई क्रिकेटको सबैभन्दा बिध्वंसात्मक ओपनिङ्ग ब्याट्स्म्यानको रुपमा चिनिने गरिन्छ । तर आफ्नो करिअरको शुरुवातमा एकै स्तरको ब्याटिङ्ग गर्न असफल रहेका जयसुर्यालाई मात्र उनको बलिङ्गको कारण टिममा टिकाएर राखेको थियो । सन् १९८९ देखि १९९५ सम्म निकै खराब प्रदर्शन गरेका जयसुर्याको एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि समय ३० भन्दा बढीको औषत हुन सकेको थिएन ।

तर सन् १९९६ को बिश्वकपले त्यो सबै कुरालाई परिणत गरिदियो । बिश्वकप श्रीलंकाले जित्दा जयसुर्याको प्रदर्शनले ठूलो भुमिका खेलेको थियो नै उनले आफ्नो करिअरमा २१ हजार रन बनाउदै ४२ शतक आफ्नो नाममा लेखाउन भ्याएका थिए ।

स्टिभ स्मिथ (अष्ट्रेलिया)

स्मिथको परिचय जब अन्तर्राष्ट्रिय क्रिकेटसँग भयो तब उनलाई सबैले लेग स्पिन लिजेण्ड शेन वार्नसँग तुलना गर्न थालेका थिए । तर अहिले उनलाई अर्को अष्ट्रेलियन लिजेण्ड सर डन ब्राडम्यानसँग गर्ने गरिन्छ । यहिबाट थाहा हुन्छ स्मिथ क्रिकेटमा के बाट केमा परिणत भए भनेर । क्रिजमा रहदा हेर्दै अप्ठेरो किसिमले ब्याटिङ्ग गर्ने गरेका स्मिथलाई क्रिकेट पण्डितहरुले माथिल्लो स्तरमा खेल्न सक्षम नरहेको बताउने गरेका थिए ।

तर उनले आफ्नो ब्याटिङ्गमा निकै नै मिहिनेत गरे । टेस्ट क्रिकेटमा स्मिथले ६२ दशमलव ८४ को औषतमा ७ हजार २ सय २७ रन बनाइसकेका छन् । उनको औषत ७ हजार रन कटाउने कुनै पनि टेस्ट क्रिकेटरको तुलनामा सबैभन्दा धेरै हो । उनले एकदिवसीयमा पनि ४२ दशमलव ८७ को औषतमा ४ हजार १ सय ६२ रन बनाइसकेका छन् ।

Click to comment

Trending