Headline

जिदानको २ सयौं खेलमा रियलको सुखद पनरागमन

Published

on

प्रशिक्षकको रुपमा जिनेदिन जिदानको २ सयौं खेलमा आइबारलाई ३–१ ले पराजित गर्दै रियल म्याड्रिडले कोरोना भाइरसपछि फर्किएको स्पेनिस ला लिगामा सुखद पुनरागमन गरेको छ ।

बर्नाबेउ स्टेडियम पुननिर्माण भइरहेकाले आफ्नो प्रशिक्षण मैदानमा इस्टाडियो अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा जिदान रियलका लागि २ सय खेल छुने तेश्रो प्रशिक्षक बन्न पुगे । मिगेल मुनोज रियलका लागि सर्वाधिक ६ सय ५ खेलमा प्रशिक्षक रहेका छन् भने स्पेनलाई २०१० को बिश्वकप जिताउने भिन्सेन्ट डेल बोस्क २ सय ५ पटक ।

टोनी क्रुसले चौथो मिनेटमै अग्रता दिलाएपछि कप्तान सर्जियो रामोस र मार्सेलोले रियलका लागि पहिलो हाफमै बाकी दुई गोल थपेका थिए । ६० औं मिनेटमा पेद्रो बिगासले आइबारका लागि १ गोल थपेका थिए । जितपछि रियल शिर्ष स्थानको बार्सिलाना भन्दा दुई अंकले मात्र पछाडी रहेको छ ।

यसअघि भएको खेलमा एट्लेटिको म्याड्रिडलाई एथ्लेटिक बिल्बाओले १–१ को बराबरीमा रोकेको थियो भने रियल सोसिडाडले पनि ओसासुनासँग उति नै बराबरी खेलेको थियो । अंक तालिकामा बार्सा (६१), रियल (५९), सेभिया (५०), रियल सोसिडाड (४७) र गेटाफे (४७) पहिलो पाँच स्थानमा रहेका छन् ।

ला लिगामा २८ चरणका खेलहरु सम्पन्न भएका छन् ।

Click to comment

Trending