Headline

कोपा इटलियाको फाइनल पुग्यो युभेन्टस

Published

on

 

अवे गोललाइ आधार मान्दै युभेन्टस कोपा इटलियाको फाइनलमा पुगेको छ। सेमीफाइनलको पहिलो लेगमा एसी मिलनसँग १-१ को बराबरी खेलेको युभेन्टसले सेमिफाइनलको दोस्रो लेगमा गोल रहित बराबरी खेल्दै फाइनलको यात्रा तय गरेको हो।

दर्शकबिना युभेन्टसको मैदान आलेज एरेनामा खेलिएको खेलको १५ औं मिनेटमा युभेन्टसले अग्रता लिने सुवर्ण अवसर पाएको थियो । आन्द्रीए कोन्टिले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । तर रोनाल्डोले पेनाल्टीमा गोल गर्न भने सकेनन् । उनको प्रहार पोस्टको भित्रि भागमा लाग्दै मैदानमै फर्किएको थियो।

दोस्रो हाफको सुरुवातमा नै एसी मिलानका हाकन चाल्हानोग्लुको हेडरले पोस्टको दिशा लिन सकेन । एक खेलाडी कम खेलेपनि मिलानले खेलमा युभेन्टसलाई दबाब बनाउन दिएन । युभेन्टसले दोस्रो हाफमा गोलको लागि संघर्ष जारी राख्यो।

दुबै टोलीले मौकाको सदुपयोग गर्न नसक्दा खेल ०-० बराबरीमा सकिएकाले युभेन्टस अवे गोलको आधारमा फाइनलमा प्रवेस गर्न सफल भयो।

युभेन्टसले अब उपाधिका लागि इन्टर मिलान र नेपोलीबीच दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । पहिलो लेगमा नेपोलीले इन्टरमाथि १-० को जित दर्ता गरेको थियो ।

Click to comment

Trending