Headline

फुटबल बिश्वकपको दर्शकले हौसिएको अमेरिकी क्रिकेटको दुरगामी योजना

Published

on

अमेरिका खेलकुदमा आफ्नो छुट्टै संसार बनाएर बसेको देश हो । क्रिकेट त धेरै परको कुरा हो अमेरिकामा फुटबलले पनि खासै महत्व राख्दैन । फुटबललाई अमेरिकामा सकर भन्छन् र रग्बीलाई भनिने गरेको अमेरिकन फुटबल त्यहाको सबैभन्दा ठूलो खेल महोत्सव । यसको छुट्टै नियमहरु छन् ।

अमेरिकनहरुका लागि एनबिए (नेशनल बास्केटबल एशोसिएसन) लिग, एनएचएल (नेशनल हक्की लिग), एनएफएल (नेशनल फुटबल लिग), मेजर लिग बेसबल सबैभन्दा ठूलो प्रतियोगिता हो ।

सन् १९९४ मा मात्रै अमेरिकाले फुटबल बिश्वकपको आयोजना गरेपछि त्यहा फुटबलले केही गति लिएको थियो । मेजर लिग सकर (एमएलएस) अमेरिकाको प्रथम श्रेणीको फुटबल हो र यसको आरम्भ १९९४ मा बिश्वकपको आयोजनाको दुई बर्षपछि मात्रै भएको थियो । एमएलएसलाई युरोपियन क्लब फुटबलसँग तुलना नै गर्न मिल्दैन । अमेरिकी राष्ट्रिय टोलीका खेलाडीहरु बाहेक एमएलसमा कि त सन्यासको संघारमा पुगेका फुटबलरहरु जाने गर्छन कि त अवसरको खोजिमा रहेकाहरु ।

बायर्न म्युनिखमा अलिहेका उदीयमान खेलाडी अल्फोन्सो डेभिस एमएलएसबाटै युरोपमा प्रवेश गरेका हुन् । अमेरिकाको महिला फुटबल बिश्वकै सशक्त टोली हो तर पुरुष राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु त्यहाँका सुपर स्टारहरुमा पर्दैनन् ।

अचम्मको कुरा, अमेरिका अहिले क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता लिएर बसेको देश हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) ले तोकेको खेलाडी प्रयोगको मापदण्डको फाइदा उठाउदै अमेरिकाले एसियाली मुलसँगै वेष्ट इण्डिजका खेलाडीहरु समेट्दै राम्रो टोलीका मार्फत आडिआई मान्यता प्राप्त गरेको हो ।
नेपाली क्रिकेटलाई उचाईमा पुर्याएका पुर्व प्रशिक्षक पुबुदु दासानायकेले नै अमेकिालाई एकदिवसीय मान्यतासम्म डोर्याएका हुन् । पुबुदु अहिले अमरिकाको प्रशिक्षक जिम्मेवारीमा छैनन् ।

नेपालसँगै अमेरिका पनि आईसिसिले प्रत्यक्ष रुपमै सहयोग र समर्थन गर्ने देशमा पर्दछ । अझै भनौं अमेरिका अलि बढी । नेपालको उर्लदो फ्यान बेस र खेलाडीहरुको उपलब्धिका कारण नै आईसिसिले नेपाली क्रिकेटमा रुचि देखाएको हो भने अमेरिकामा आम्दानी गर्न सकिने सम्भावना रहेकाले नै । यहि कारण अमेरिकी क्रिकेट प्रतिबन्धमा परेपछि आईसिसि आफै नयाँ बोर्डको गठनमा सकृय रुपमा लाग्दै आएको थियो ।

एकदिवसीय मान्यता पाएपछि युएसए क्रिकेट अहिले ठूलो लक्ष्यका साथ अघि बढिरहेको छ । सन् १९९४ मा फुटबल बिश्वकप आयोजनाले हौसिएको अमेरिका क्रिकेट वेष्ट इण्डिजसँग हातेमालो गर्दै २०२३ पछि ट्वान्टी ट्वान्टी बिश्वकप आयोजना गर्ने तरखरमा रहेको छ ।

अमेरिकी जनताको लागि नौलो भएपनि १९९४ को फुटबल बिश्वकप ३५ लाखले प्रत्यक्ष रुपमा हेरेका थिए । यो अहिलेसम्मकै बिश्वकप रेकर्ड उपस्थिति हो । अमेरिकामा कुनै पनि आयोजना स्थलमा क्रिकेट खेल्ने हो भने त्यो हाउसफुल हुनेछ, युएसए क्रिकेटका प्रमुख कार्यकारी इयन हिडिन्सले बिबिसीलाई भने । अन्य खेलहरुले प्रमुख प्रतियोगितालाई गैर पारम्परिक बजारमा आफ्नो बलियो उपस्थिति जनाउने माध्यमको रुपमा लिने गरेका छन् ।

हिगिन्सका अनुसार अमेरिकाले अबको १० बर्षमा टेस्ट मान्यता प्राप्त गर्ने लक्ष्य बोकेको छ । “अहिलेको लागि हाम्रो लक्ष्य आईसिसिका पूर्ण सदस्यहरुसँग प्रतिस्पर्धा गर्ने रहेको छ । र अर्को १० बर्षमा हामी आफै पूर्ण सदस्य बन्ने लक्ष्यका साथ हिड्नेछौं,” उनले भने । “आयरल्याण्ड वा अफगानिस्तानजस्ता टोलीहरुसँग खेल्दै दिइने प्रदर्शनले हामी कतिको तयार छौ भनेर आफ्नो मुल्यांकन गर्न सक्छौं ।”

फ्लोरिडा राज्यको लडरहिलमा रहेको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्कले यसअघि ६ एकदिवसीय अन्तर्राष्ट्रिय र १० ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियको सफल आयोजना गरिसकेको छ । अगष्टमा त्यो मैदानले वेष्ट इण्डिज र दक्षिण अफ्रिकाबीच दुई ट्वान्टी ट्वान्टी पनि गर्न गइरहेको छ ।

अमेरिकाले क्रिकेट आयोजनाको माथिल्लो तहमा रहनका लागि अन्य स्थानहरु हेर्दै गरेको हिगिन्स बताउछन् । “आईसिसिलाई ट्वान्टी ट्वान्टी बिश्वकप अमेरिकामा ल्याउनका लागि एक आयोजना स्थलको निर्माण गरिनेछ । आईसिसिका इभेन्टहरु आयोजनाका लागि हामी राम्रो भेन्यु बनाउनेमा म बिश्वस्त छु,” हिगिन्सले भने ।

Click to comment

Trending