Headline

कहा छन् भारतलाई अण्डर १९ बिश्वकप जिताउने कप्तान उन्मुक्त चन्द ?

Published

on

उन्मुक्त चन्दलाई भारतीय क्रिकेटमा एउटा उदीयमान नामको रुपमा हेर्ने गरिन्थ्यो, त्यो पनि भारतलाई २०१२ को अन्डर–१९ विश्वकप जिताउनु अघि नै । २०१२ को अन्डर–१९ विश्वकपको फाइलमा अष्ट्रेलियालाइ उसकै भुमिमा नमिठो हार चखाउदा चन्दले नटआउट १११ रन बनाएका थिए । प्राविधिक रुपमा उत्कृष्ट देखिने चन्दको चर्चा अझै चुलियो । उनलाई भारतको नयाँ विराट कोहली पनि भन्न थालियो ।

चन्द भारतमा यति लोकप्रिय भए कि उनलाई बिज्ञापनमा कोहली, तत्कालीन कप्तान महेन्द्र सिँह धोनी र सुरेश रैना जस्ता खेलाडीसँग टेलिभिजनमा एउटै पर्दामा देखाउन थालियो । तर त्यसको ८ बर्ष बितिसक्दा पनि चन्दले ती हस्तीहरुसँग भारतका लागि खेल्न पाएनन् ।

चन्द अहिले २७ वर्षका भइसके तर उनको खेल जीवन भने आश्चर्यजनक रूपमा समस्यै समस्याको चक्रमा जेलिन पुगेको छ ।

अन्डर–१९ विश्वकप जिताएपछि चन्द केही महिनामै भारत ए को कप्तान नियुक्त भएका थिए । उनको खेल जीवनको स्वर्णिम दिनहरुमा उनलाई दिल्ली स्टेट टोलिको खम्बाको रुपमा हेरिने गरिन्थ्यो । तर २०१६ मा यस्तो समय आयो कि उनको खेल जीवन तासको घर जस्तो सानो झड्कामै गल्र्याम्मै ढल्न पुग्यो । यसको शुरुवात दिल्ली स्टेट टोलीको एकदिवसीय टोलीबाट निकालिए देखि शुरु भयो ।

उनले आफ्नो आइपिएल सम्झौता पनि गुमाए र बज्रपात त तब पर्यो जब उनि भारत ए बाट नै फालिए ।

“मलाइ सबै भन्दा ठुलो झड्का त तब लाग्यो जब मलाइ दिल्ललीको एकदिवसिय टोलीबाट निकालियो । त्यो समयमा म भारतको ए टोलीको कप्तानी गर्ने गर्थे । मुम्बईमा अंचल स्तरीय टि–२० खेल्दै थिए, रन पनि बनाइरहेको थिए । त्यसपछि मलाई एकदिवसिय टोलीबाट मात्र निकाले । म शिखर धवन, गौतम गम्भिरसँग खेल्दै थिए । छनोटकर्ताहरु आए र मलाई भने कि मेरो लागि केही नयाँ सोचिदै छ अनि दिल्लीको टिमबाटै निकाले,” पुर्व भारतीय क्रिकेटर आकाश चोपडासँग गरिएको कुराकानीमा चन्दले आफ्नो जीवनको दुर्भाग्यपूर्ण घाटनाहरु सुनाउने क्रममा भने ।

पुर्व मुम्बई इन्डियन्सका ब्याट्स्म्यान चन्दका अनुसार उनले राम्रो खेल्दा खेल्दै पनि सबै थोक गुमाउन पुगे । पहिलो श्रेणीमा ६७ खेल र १२० लिस्ट म्याच खेलिसकेका चन्दले आईपिएलमा बढी खेल खेल्न पाउने आशामा मुम्बईसँगको सम्झौता पनि गुमाउन पुगेको बताउछन् ।

उनका अनुसार त्यो समय एक व्यक्तिले नै उनलाई मुम्बई छोड्न र आफ्नो टोलीमा आउन अनरोध गरेका थिए । तर अभागी चन्दलाई अक्सनमा कसैले पनि लिएन । दिल्ली डेयरडेभिल्सबाट एक सिजन खेलेपछि उनी आईपिएलका लागि मुम्बई गएका थिए ।

“स्टेट प्रतियोगितामा दिल्लीले तीन खेल हारेपछि मलाई खेल्ने मौका दिइएको थियो । मैले पाचों र छैटौं म्याचमा ब्याटिङ्ग गर्ने मौका पनि पाए । एउटामा ७५ र अर्कोमा ८० रन बनाउदै मैले दुवै पटक म्यान अफ द म्याच पनि जिते । तर मैले धेरै खेल खेल्न नपाएकोले मसँग उल्लेख्य संख्यामा रन थिएन । मलाई भारतको ए टोलीबाट निकालियो । यही समय म आईपिएलमा पनि थिइन ।”

“२०१६ मा मलाई मुम्बई इण्डियन्सले रिटेन गर्यो । खेलाडीहरु धेरै भएकाले मैले खेल्ने मौका पाइन । म यस्तो टोलीमा जना चाहन्थे जहा मलाई प्रशस्तै खेल्ने मौका मिलोस, कुरा पैसाको थिएन । मैले एकजना सँग कुरा पनि गरेको थिए । उनले मलाई मुम्बई छोड्दै आउन आग्रह गरेका थिए । बेस प्राइसमै लिएको भएपनि धेरै खेल खेल्नु थियो । मैले मुम्बई छोडे तर अक्सनमा मलाई कुनै पनि टोलिले लिएनन् ।”

“मलाई त छानाबाट खसाएको जस्तो लाग्यो । मसँग अब आईपिएलको सम्झौता पनि थिएन अनि दिल्लीको क्रिकेट पनि । मलाई मेरो कपडा च्यातेर नाङ्गो बनाइएको जस्तो महसुस भयो । सबैतिरबाट म एकै पटक कहि पनि थिइन । म एकै चोटि ३–४ दिन पछि आफ्नो खाटबाट उठे र सिधा मैदान पुगे । क्रिकेटबिना म बाच्न सक्दिन भन्ने आभास भयो । मलाई कहिले काही निकै दुख लाग्छ तर सोच्छु मेरो लागि धेरै बर्ष राम्रो गएको थियो, २–३ बर्ष नराम्रो भयो भन्दैमा मेरो लागि सबै बाटो भन्द भयो भन्ने हुदैन । हामी जहिले हारेपछि म मात्र किन ? भन्छौ तर कहिले पनि जितेपछि यही कुरा भन्दैनौ,” चन्दले थपे ।

दाया हाते ब्याट्स्म्यान चन्द २०१९ मा दिल्लीको टोली छोड्दै उत्तराखण्डका लागि स्टेट क्रिकेट खेल्न गए । टोलीको कप्तान समेत भएका उनी टोलीको लगातार हारपछि कप्तानी पद गुमाउन पुगे । भाग्यले लगातार उनलाई चोट पुर्याइरहेको छ ।

प्रख्यात क्रिकेट कमेन्टेटर इयान च्यापलले २०१२ मा उन्मुक्त चन्दलाई जती सक्दो छिटो भारतीय सिनियर टोलीमा खेलाए मात्र उनको भविष्य रहने नत्र उनी जहाको तही अड्किने भविष्यवाणी गरेका थिए । के अहिले यो सत्य भएकै होला त ?

Click to comment

Trending