Corona Virus

महामारी अन्त्य नभएसम्म टेनिस नखेल्ने निर्णयमा नाडाल

Published

on

विश्व नम्बर २ टेनिस खेलाडी राफेल नाडालले कोरोना भाइरसको प्रकोप पूर्ण रुपमा अन्त्य नभएसम्म आफू कुनै पनि टेनिस प्रतियोगितामा भाग नलिने निर्णय लिएका छन् ।

चार पटकका युएस ओपन बिजेता नाडालले युएस ओपन शुरु हुने महिनाको पहिलो हप्ता पनि कोरोनोका महामारी कायमै रहे सहभागिता नजनाउने बताए । युएस ओपन अगष्ट ३१ देखि शुरु हुन गइरहेको छ भने अमेरिका कोरानाका कारण सबैभन्दा बढी संक्रमित देश रहेको छ ।

अमेरिकामा अहिलेसम्म २० लाख संक्रमित पुग्न लागिसकेका छन् भने १ लाख १२ हजारले ज्यान गुमाएका छन् ।

“हामीहरुले यस्तो अवस्थामा खेलहरु शुरु गर्न हुदैन । जब सम्म कोरोनाको प्रभाब अन्त्य हुदैन तब सम्म खेल शुरु गर्न हुँदैन । सबैभन्दा ठूलो भनेको खेलाडीको स्वास्थ हो, १९ पटकका ग्रान्ड स्ल्याम बिजेता नाडालले भने ।

“यदि तपाईले मलाई युएस ओपन खेल्न भन्नु भयो भने म सिधैं नाईं भन्छु । अबको केहि महिनामा के हुन्छ मलाई केहि थाहा छैन । तर म आशाबादी छु । हामीले सबै कुरा सामान्य हुँदा सम्म कुर्न पर्छ । भाइरसले पनि के कस्तो रुप लिन्छ हेर्न बाँकी नै छ,” नाडालले आफ्नो बिचार राखे ।

गत मार्चबाट रोकिएको टेनिस प्रतियोगिताहरु जुलाईको अन्त्य सम्मका लागि रोकिएको छ । कोरोनाकै कारण विम्बल्डन दोश्रो विश्व युद्ध पछि पहिलो पटक स्थगित भैसकेको छ भने मे र जुनका लागि तय गरिएको फ्रेन्च ओपन पनि सेप्टेम्बर र अक्टोबर सम्मका लागि स्थगित भएको छ ।

युएस ओपन हालसम्म तोकिएकै मितिमा गर्ने भनिए पनि संक्रमणका कारण यसको टुँगो लाग्न सकेको छैन । अमेरिकन टेनिसले यसका लागि नयाँ मिति पनि अहिलेसम्म तय गरेको छैन ।

Click to comment

Trending