अन्तर्राष्ट्रिय

बुम्राको नजरमा मलिंगा विश्वकै खतरनाक योर्कर बलर 

Published

on

भारतका तिब्र गतिका बलर जस्प्रित बुम्राले श्रीलंकाका तिब्र गतिका बलर लथिस मलिंगालाई सबैभन्दा खतरनाक योर्कर बलरको संज्ञा दिएका छन् ।

त्यस्तै बुम्राले ‘मलिंगा विश्वको उत्कृस्ट योर्कर बलर’ पनि भनेका छन् । इन्डियन प्रिमिएर लिग (आईपीएल) मा दुबै मुम्बई इन्डियन्सका लागि खेल्ने गर्दछन् । उनीहरुको जोडी आईपीएलको उत्कृस्ट तिब्र गतिका बलरहरुको जोडी मध्य एक हुन् ।

आईपीएल टोली मुम्बईको इन्स्टाग्राम पोस्टमा राखिएको एक पोस्टमा बुम्राले भएका छन्, ‘मलिंगा विश्वका सबैभन्दा राम्रा र उत्कृस्ट योर्कर बलर हुन् । सबैभन्दा राम्रो पक्ष्य भनेको उनले यो खुबी लामो समय देखि प्रस्तुत गर्दै आएका छन् ।’

मलिंगा जस्तै बुम्रा पनि एक उदाउँदा योर्कर बलर हुन् । बुम्राले आईपीएलका समयमा आफुले मलिंगाबाट धेरै सिक्ने मौका पाएको पनि यस अघि बताउँदै आएका छन् ।

त्यस्तै बुम्राले कोरोना भाइरसका कारण लकडाउनका कारण आफुले अभ्यासलाई निरन्तरता दिए पनि खेलका क्रममा बलिङ कस्तो हुने भन्ने बारेमा भने सोच्ने गरेको पनि खुलासा गरेका छन् ।

Click to comment

Trending