Headline

एकदिवसीय खेलमा बनेका सात तिब्र शतक

Published

on

एकदिवसीय क्रिकेटमा शतक बन्नु आफैमा कुनै पनि ब्याट्सम्यानका लागि ठुलो उपलब्धि हो । झन् त्यस माथि खेलाडीले तिब्र गतिमा रन प्रहार गर्दै आफ्नो नाममा किर्तिमान लेखाउँछ त्यो झनै ठुलो हुन्छ ।त्यती मात्र नभएर उसको शतकले आफ्नो टोलीलाई जीत तर्फ पुर्याउने गर्दछ ।

कतिपय खेलाडीहरु लामो समय सम्म टोलीमा अटाउन नसक्दा पनि तिब्र शतकको किर्तिमान बनाउन सफल भएका छन् भने कतिपय नाम चेलेका खेलाडीहरु तिब्र शतक बनाउने खेलाडीको सुचीमा अटाउन सकेका छैनन् ।

एकदिवसीय क्रिकेटमा बनेका तिब्र शतकहरु मध्य हामी आज यहाँ सात शतकको बारेमा कुरा गर्दैछौं ।

७. जेसी राइडर

सन् २०१४ जनावारी एक तारिखका दिन न्युजिल्याण्डका अलराउण्डर जेसी राइडरले आक्रमक खेल खेल्दै वेस्ट इण्डिज बिरुद्ध शतक प्रहार गरे । आफ्नो खेल जीवनको नै उत्कृस्ट पारी खेलेका पाहुना टोली बिरुद्ध राइडरले मात्र ४६ बलमा शतक पुरा गरेका हुन् ।

उनले आफ्नो नाम सबैभन्दा छिटो शतक बनाउने खेलाडीको किर्तिमान लेखाउने क्रममा १२ चौका र पाँच छक्का प्रहार गरेका थिए । ओपनिङमा आएका राइडरले ५१ बल खेल्दै १०४ रन बनाएर आउट भएका थिए ।

६. शहिद अफ्रिदी

कुनै समय सबैभन्दा छिटो शतक बनाउने खेलाडीको किर्तिमान राखेका पाकिस्तान टोलीका पुर्व कप्तान तथा आक्रमक ब्याट्सम्यान शहिद अफ्रिदीले सन् २००५ मा भारत बिरुद्धको खेलमा ४५ बलमा नै शतक पुरा गरे ।

घरेलु टोली भारत बिरुद्ध कानपुरमा भएको पाँचौं तथा अन्तिम एकदिवसीय खेलमा ओपनिङमा आएका अफ्रिदीले शतक प्रहार गर्ने क्रममा १० चौका र नौं छक्का प्रहार गरेका थिए । तर शतक प्रहार गरेको अर्को बलमा हरभजन सिंहको शिकार भएका अफ्रिदीले १०२ रन प्रहार गरेका थिए ।

५. ब्रायन लारा

विश्व क्रिकेटका सफल तथा उत्कृस्ट ब्याट्सम्यान हुन् ब्रायन लारा । सन् १९९९ मा बंगलादेश बिरुद्धको खेलमा ४५ बलमा शतक पुरा गरेका वेस्ट इण्डिजका पुर्व कप्तान लारा सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडीको सुचीमा पाँचौं स्थानमा रहेका छन् ।

बंगलादेश भ्रमणको दोश्रो एकदिवसीय खेलमा ४५ बलमा शतक प्रहार गर्ने क्रममा लाराले १७ चौका र चार छक्का प्रहार गरेका थिए । ओपनिङमा आएका लाराले उक्त खेलमा ६२ बल खेल्दै एक सय १७ रन प्रहार गरेका थिए ।

४. मार्क बाउचर

कुनै समयको सबैभन्दा छिटो शतक प्रहार प्रहार गर्ने खेलाडीको सुचीमा दोश्रो स्थानमा रहेका दक्षिण अफ्रिकाका पुर्व विकेट किपर ब्याट्सम्यान मार्क बाउचरले सन् २००६ मा मात्र ४४ बलमा आफ्नो शतक प्रहार गरेका थिए ।

जिम्बाब्बे बिरुद्धको तेश्रो एकदिवसीय खेलका क्रममा चौथों नम्बरमा ब्याटिंङ गर्न आएका बाउचरले आफ्नो शतक पुरा गर्ने क्रममा पाँच चौका र आठ छक्का प्रहार गरेका थिए । उक्त खेलमा उनले कुल ५९ बलको सामना गर्दै १० छक्का र आठ चौकाको मद्धतमा अविजित एक सय ४७ रन बनाएका थिए ।

३. शाहिद अफ्रिदी

कुनै समय सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडीको सुचीमा पहिलो स्थानमा रहेका शहिद अफ्रिदी हालको अवस्थामा भने तेश्रो स्थानमा रहेका छन् । पाकिस्तान टोलीका युवा ब्याट्सम्यान अफ्रिदीले श्रीलंका बिरुद्ध सन् १९९६ मा बनाएको सबैभन्दा छिटो शतकको किर्तिमान करिब १८ बर्ष उनकै नाममा रहेको थियो ।

अफ्रिदीले केन्यामा भएको खेलमा मात्र ३७ बलमा आफ्नो शतक पुरा गरेका हुन् । १६ बर्षको उमेरमा ३७ बलमा नै शतक प्रहार गर्ने क्रममा तेश्रो नम्बरमा ब्याटिंङ गर्न आएका अफ्रिदीले छ चौका र ११ छक्का प्रहार गरेका थिए । उनले उक्त खेलमा कुल ४० बल खेल्दै एक सय दुई रन बनाएर पेभेलियन फर्किएका थिए ।

२. कोरे एन्डरसन

१८ बर्ष देखि पाकिस्तानका शहिद अफ्रिदीको नाममा रहेको सबैभन्दा तिब्र शतकको किर्तिमान आफ्नो नाममा लेखाउने क्रममा न्युजिल्याण्डका कोरे एन्डरसनले मात्र ३६ बलको सामना गरेका थिए जुन अफ्रिदीको भन्दा एक बल कम हो ।

जनावरी १, २०१४ मा उनले वेस्ट इण्डिज बिरुद्ध शतक प्रहार गर्ने क्रममा पाँचौं नम्बरमा ब्याटिंङ गर्दै चार चौका र १२ छक्का प्रहार गरेका थिए । उनले उक्त खेलमा ४७ बल खेलाडी अविजित एक सय ३१ रन बनाएका थिए ।

सोही खेलमा अलराउण्डर जेसी राइडरले पनि आक्रमक खेल खेल्दै मात्र ४६ बलमा शतक पुरा गरेका थिए जुन तिब्र शतकको सातौं नम्बरमा रहेको छ ।

१. एबी डी भिलियर्स

३६० डिग्रीको उपनामले परिचित एबी डी भिलियर्सले सन् २०१५ मा सबैभन्दा तिब्र शतकको किर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

सन् २०१५ मा वेस्ट इण्डिज बिरुद्ध घरेलु मैदानमा भएको खेलमा मात्र ३१ बलमा शतक प्रहार गर्दै दक्षिण अफ्रिकाका कप्तान भिलियर्सले एकदिवसीय खेलमा सर्वाधिक छिटो शतक प्रहार गर्ने किर्तिमान बनाएका हुन् ।

चौथों नम्बरमा ब्याटिंङ गर्न आएका डी भिलियर्सले आठ चौका र १० छक्काको मद्धतमा शतक पुरा गरेका थिए । डी भिलियर्सले उक्त खेलमा कुल १६ छक्का र नौं चौकाको मद्धतमा ४४ बलमा एक सय ४९ रनको तुफानी पारी खेलेका थिए ।

Click to comment

Trending