Headline

मेवेदरले फ्लोएडको किरिया खर्च ब्यहोर्ने

Published

on

पुर्व बक्सिङ विश्व बिजेता फ्लोएड मेवेदरले गत हप्ता अमेरिकाको मिनियापोलिस शहरमा प्रहरीको ज्यादतिका कारण ज्यान गुमाएका ४६ बर्षिय जर्ज फ्लोएडको काज किरियामा लाग्ने सम्पुर्ण खर्च ब्यहोर्ने भएका छन् ।

मेवेदरको प्रचार प्रमुखले यसको पुष्टी गर्दै मेवेदरले फ्लोयडको गरिने किरियाको सबै खर्च दिने जनाएका हुन् । त्यस्तै अमेरिकाका बिभिन्न संचारमध्यमले जनाए अनुसार फ्लोएडको परिवारले पनि मेवेदरको प्रस्ताब स्विकारेको छ ।

४६ बर्षिय फ्लोएडको लागि न्यायको माग गर्दै अमेरिकी अश्वेत मात्र नभइ गोराहरुले पनि साथ दिएको आन्दोलन हिंसात्मक बन्दै गएको छ । अमेरिकामा कैयौ शहरहरुमा अहिले कर्फ्यु लगाइएको छ भने मङ्गलबार अमेरिकाको नाममा सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई आर्मी नै लगाएर मत्थर पार्ने घोषणा गरेका छन् ।

घटनामा संलग्न चारै जना प्रहारीलाई बर्खास्त गर्नुका साथै मुख्य आरोपी डेरेक चभिनमाथि “थर्ड डिग्रि मर्डर” चार्ज लगाइएपनि आन्दोलनकारीहरुले त्यो काफी नभएको बताउदै आएका छन् । उनीहरुले अन्य तीन प्रहरी अधिकारीहरुलाई पनि कडा सजाय दिइनुपर्ने माग गर्दै आइरहेका छन् ।

मिनेसोटा राज्यदेखि सल्किएको आगो अहिले बिश्व खेलकुदमा पनि फैलिएको छ । आइतबार राति जर्मन बुन्डेसलिगामा भएको खेलमा खेलाडीहरुले यो प्रहरी ज्यादतिबिरुद्ध आवाज उठाउनुका साथै खेलकुदका अन्य हस्तीहरुले पनि यसमा साथ दिएका छन् ।

Click to comment

Trending