Headline

गरिबका लागि ब्राजिलियन फ्रेड ६ सय किलोमिटर साइकल यात्रामा

Published

on

ब्राजिलका पुर्व फुटबलर फ्रेड कोरोना भाइरस पिडित गरिब परिवारको सहयोगका लागि ६ सय किलोमिटर लामो साइकल यात्रामा निक्लिएका छन् ।

सोमबारबाट शुरु भएको साइकल यात्रालाई ३६ बर्षियले फ्रेडले ट्विटरमा, टुर डे फ्रेड नाम दिएका छन् । उनले ब्राजिलको बेला होरिजोन्टेबाट रियो दे जेनेरियो सम्म ६ सय किलोमिटर साइकलमा यात्रा गर्ने छन् । यस क्रममा उनले ४ हजार गरिब परिवारलाई खाना दिने प्रतिज्ञा पनि गरेका छन् ।

उनले प्रत्येक एक किलोमिटरको दुरी तय गरे बापत एक टोकरी खाना सहयोग गर्ने पनि बचन लिएका छन् । यसका लागि उनले सबैसँग सहयोगको अपिल गरेका छन् भने अनलाइन सहयोगको अपेक्षा पनि गरेका छन् ।

ब्राजिलको राष्ट्रिय टोलीबाट ३९ खेल खेलेका फ्रेडले १८ गोल गरेका थिए भने सन् २००६ र २०१४ को विश्वकप टोली सदस्य पनि रहेका थिउ । ब्राजिलले सन् २००७ को कोपा अमेरिका र २०१३ को फिफा कन्फेडेरेसनन्स कप जित्दा फ्रेड टिममा रहेका थिए ।

Click to comment

Trending