Headline

के गर्दैछन् एन्फा अण्डर–१६ को ‘गोल्डेन ब्याच’ का खेलाडीहरु ?

Published

on

गौरव फुयाल, काठमाडौं

२०७१ साल भदौ २६ गते नेपाली अण्डर–१६ टोली थाइल्याण्डको राजमंगला रंगशालामा उत्तर कोरियाको बलियो टोलीसँग खेल्दै थियो । गर या मरको स्थितीमा रहेको यो खेलमा नेपाली खेलाडीहरु झिनो आशाका साथ मैदानमा उत्रिए । नेपाल ४–१ ले पराजित हुन पुग्यो । क्वार्टर फाइनलमा स्थान बनाउनका लागि नेपाललाई मात्र बराबरी आवश्यक थियो तर टोलीले फराकिलो अन्तरको नतिजा सुम्पन पुग्यो ।

तर कथा यहाँबाट शुरु हुदैन ।

यो त थाइल्याण्डमा भएको प्रतियोगिताभन्दा एक बर्ष अगाडीको कुरा हो जब नेपालले एफसी अण्डर–१६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समुह सी को खेलमा बलिया तुर्कमेनिस्तान र बहराइनलाई हराएको थियो । अप्रत्याशित प्रदर्शन गरेको नेपालले इराकलाई पनि बराबरीमा रोक्दै नेपाली फुटबलमा एन्फाको ‘गोल्डेन ब्याच’ को नाम कमायो ।

थाइल्याण्डमा भएको मुख्य प्रतियोगितामा कुवेतलाई हराउदै उज्बेकिस्तानसँग बराबरी गरेपछि नेपालले आफ्नो घरमा गरेको प्रदर्शन भाग्यको खेल नभएको भनेर पनि साबित गरिदियो । महत्वपूर्ण खेलमा नेपाली टोली उत्तर कोरियासँग पराजित त भयो तर नेपाली युवा फुटबलरहरुबाट निकै बिरलै देखिने प्रदर्शनका कारण उनीहरुबाट भविष्यले ठूलै आशा राख्यो । नेपाली सिनियर फुटबल अहिले त्यही ब्याचको वरिपरि घुमिरहेको छ ।

अहिले थाइल्याण्डमा भएको त्यो प्रतियोगिता भएको झन्डै ७ बर्ष पुरा हुन लागिसकेको छ । नेपाल फुटबलकै भविष्यको रुपमा हेरिएको यो ‘गोल्डेन ब्याच’ का खेलाडीहरु अहिले के गर्दै होलान ?

रोमन रसाइली, गोलकिपर

रोमन रसाइली अहिले नेपाल एपिएफ क्लबको टोलीमा बैकल्पिक गोलकिपरको रुपमा खेल्दै आएका छन् । मोफसलमा धेरै प्रतियोगिताहरु खेल्दै आएका रोमनले २०७५ को लिग पनि एपिएफबाटै खेलेका थिए । घुँडाको चोटका कारण रोमन केही बर्ष मैदान बहिर नै बस्नु परेको थियो ।

सृजन श्रेष्ठ, गोलकिपर
अण्डर–१६ चयाम्पियनशिपमा बैकल्पिक गोलकिपरको रुपमा टोलीमा रहेका सृजन खुट्टामा बोकेका चोटका कारण लामो समय देखी फुटबलबाट बहिर छन् ।

सोजित गुरुङ्ग, गोलकिपर

एफसी अण्डर–१६ च्यम्पियनसिप खेल्दाको बैकल्पिक खेलाडी सोजित अहिले लिग र मोफसलका प्रतियोगिता हरु फ्रेन्ड्स क्लबबाट खेल्दै आइरहेका छन् ।

रुपेश तमाङ, डिफेन्डर
साफ अण्डर–१९ च्याम्पियनसिपको बन्द प्रशिक्षणको बेला घाइते हुन पुगेका रुपेश अहिले सम्म पनि मैदान फर्कन सकेका छैनन् । २०७२ को राष्ट्रिय लिग मोरङबाट खेलेका रुपेश अहिले मैदानमा नफर्केको चार बर्ष बढी हुन लागिसकेको छ ।

अनन्त तमाङ, डिफेन्डर

अनन्त तमाङ अहिले नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यको रुपमा स्थापित भईसकेका छन् । थ्री स्टारबाट घरेलु लिग र मोफसलका प्रतियोगिताहरु खेल्दै आएका अनन्तले नेपालका लागि सागमा दुई स्वर्ण, बङबन्धु गोल्डकप र एफसी सोलिडारिटी कप जिति सकेका छन् । अनन्तले नेपालका लागि २७ खेल खेलिसकेका छन् ।

आकाश थापा, डिफेन्डर

आकाश थापा अहिले ब्रिटिस लाहुरेकोरुपमा कार्यरत छन् । एन्फा कम्प्लेक्समा भएको साफ अण्डर–१९ च्याम्पियनसिप जितेका आकाशले अर्को बर्षनै ब्रिटिस आर्मी जाने निर्णय गरेका थिए ।

अमित तमाङ, डिफेन्डर

अमित तामाङ संकटा क्लबका महत्वपूर्ण सदस्य हुन् । २०७५ सालको लिगमा संकटा दोस्रो स्थानमा सिमित रहे पनि उत्कृष्ट प्रदर्शन गरेका अमितले लगातार संकटाबाट खेल्दै आइरहेका छन् । २०७६  सालको लिग पनि उनले संकटाबाट नै खेलेका थिए ।

दिनेश राजबंशी, डिफेन्डर

एएफसी अण्डर १६ च्याम्पियनशिपपछि दिनेशले उमेर समुहमा केही महत्वपूर्ण खेलहरु पनि खेलेका थिए । उनी नेपालमै भएको साफ अण्डर १९ च्याम्पियनसिपको बिजेता पनि हुन् । उनले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् भने बिमल, अञ्जन र सन्तोष तामाङसँगै नाइट क्लब कान्डमा परेपछि टिमबाट हटाइएका थिए । पुलिसबाट पनि खेलेका दिनेशले ए डिभिजन लिगमा च्यासलबाट  प्रतिबन्ध सकेपछि एक खेल खेल्दै  उनले सहभागिता जनाए ।

सुधन थापा, डिफेन्डर

साफ अण्डर–१९ च्याम्पियनसिप खेल्दाका डिफेन्डर सुधन अहिले भारतीय गोर्खा सेनामा कार्यरत रहेका छन् ।

जनोम मान लिगल, डिफेन्डर

एएफसी अण्डर–१६ च्याम्पियनसिप खेल्दाका डिफेन्डर जानोम मान लिगल अहिले भारतीय गोर्खा सेनामा कार्यरत छन् ।

गौरब बुढाथोकी, मिडफिल्डर

२०७५ र २०७६ सालको लिग च्यासल युथ क्लबबाट खेलेका गौरब बुढाथोकी त्यसपछिका दिनमा बिभिन्न मोफसल प्रतियोगिताहरुमा खेलिरहेका छन् ।

बिकाश थापा, मिडफिल्डर

मिडफिल्डमा खेल्दै नेपालको अण्डर–१६ टोलीलाई दोस्रो चरणमा पुर्याएका बिकाश थापा अहिले बिदेश पलायन भएका छन् ।

किरण सुनार, मिडफिल्डर

किरण सुनार पनि लामो समयदेखि भारतमा बसोबास गर्दै आएका छन् । अण्डर–१६ टोलीलाई दोस्रो चारणमा पुर्याउन योगदान गरेका उनले नेपाली क्लबबाट थोरै मात्र खेलहरु खेलेका थिए ।

हेमन्त थापा मगर, मिडफिल्डर

हेमन्त थापा मगर हाल च्यासल युथ क्लब बाट लिग र मोफोसलका प्रतियोगिताहरु खेल्दै आइरहेका छन् । हेमन्त थापा मगर नेपालले १३ औँ सागमा स्वर्ण पदक जित्दाको टोलीमा थिए ।

अनिल राइ, मिडफिल्डर

अनिल राइ अहिले नेपाली लिग फ्रेन्डस क्लबबाट खेल्दै आइरहेका छन् । अण्डर–१६ च्याम्पियनसिप खेल्दाका मिडफिल्डर उनी भारतीय गोर्खा आर्मीमा भर्ति भएका थिए । उनी अहिले पटनामा भारतीय आर्मीको टिमबाट खेल्ने गरेका छन् ।

सन्जोक राइ, मिडफिल्डर

सन्जोक राइ अहिले थ्री स्टारबाट लिग र मोफसलक प्रतियोगिताहरु खेल्दै आइरहेका छन् । २०७६ को लिगमा पहिलो ह्याट्रिक गर्न सफल सन्जोक यो नेपाली क्यालेन्डरमा आठ गोल गर्दै थ्री स्टारका टप स्कोरर भएका थिए । सन्जोक राष्ट्रिय टोलीको बन्द प्रशिक्षाणमा पनि परिसकेका छन् ।

बिमल घर्ती मगर, फर्वार्ड

बिमल कुनै पनि नेपाली फुटबल समर्थकको लागि नौलो नाम होइन ।  नाइट क्लब काण्डबाट छुट्कारा पाउदै मच्छिन्द्र क्लबबाट लिगको अन्तिम खेल र मोफसलका प्रतियोगिता खेल्दै गरेका उनी अहिले भने कल्ब बिहिन छन् । बिमलले राष्ट्रिय टोलीका लागि १५ बर्षमै डेब्यु गरेका थिए । डेब्यु खेलमै पाकिस्तान विरुद्ध गोल गरेका उनले हालसम्म राष्ट्रिय जर्सीमा ३५ खेल खेलिसकेका छन् ।

अन्जन बिष्ट, फर्वार्ड

नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य समेत रहेका अन्जन बिष्ट अहिले मनाङ मस्र्याङ्गदीबाट लिग र बिभिन्न मोफसलका प्रतियोगिताहरु खेल्दै आएका छन् । बिमलसँगै नाइट क्लब काण्डमा मुछिएका उनी आफ्नो प्रतिबन्ध चाडै सक्काउदै लिगको बिचबाट मनाङ मस्र्याङ्गदीका लागि खेलेका थिए । अन्जनले राष्ट्रिय टोलीका लाथि ३० खेल खेलिसकेका छन् ।

शिव सुबेदी, फर्वार्ड

अण्डर–१६ एएफसी चम्पियनसिप खेल्दाका फर्वार्ड शिव सुबेदी अहिले भारतीय गोर्खा सेनामा कार्यरत छन् ।

सुनिल बल, फर्वार्ड

सुनिल बल च्यासल युथ क्लबबाट लिग र मोफसलका प्रतियोगिताहरु खेल्दै आएका छन् । राष्ट्रिय टोलीबाट नि खेल्दै आहिरहेका उनी १३ औं सागको स्वर्ण र एफसी सोलिडारिटी कप जित्दाका मुख्य खेलाडी पनि थिए । सुनिलले राष्ट्रिय टोलीको लागि ९ खेल खेलिसकेका छन् ।

 

(अन्य दुई खेलाडीहरु रवि भण्डारी र तेजेन्द्र पुन सामाजिक सञ्जालमा पनि नरहेको उनीहरुका खेलाडी साथीहरुलाई जानकारी लिदा पनि सम्पर्क हुन सकेन ।)

 

 

Click to comment

Trending