Headline

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Published

on

सन् २०१० यता आइपुग्दा व्यवसायिक फुटबलमा पैसाकै बोलबाला छ । अरब देशहरुले लगानी गर्न थालेपछि युरोपको फुटबल मार्केटले डलरमै खरबको आकडा छुन थालिसकेको छ भने साना तिना क्लबहरुले ठूला क्लबलाई ढाल्ने तथ्य अब बिस्तारै एकादेशको कहानी बन्दै जाने देखिन्छ । जो सँग बढी पैसा हुन्छ, उसैसँग ट्रफि हुन्छ । पैसा नहुने क्लबसँग ठूला टिमसँग भिड्ने साहस बाहेक अरु केही हुदैन ।

दुई सिजन अघि ब्राजिलिय स्ट्राइकर नेमारले हालसम्मकै सबैभन्दा महँगो ट्रान्सफरमार्फत बार्सिलोना छाडे तर उनी फेरि क्याम्प नाउ फर्किदैनन् । पैसा कति होला त अब ? यही सन्दर्भमा हेरौं फुटबल इतिहासमा ट्रान्सफरबाट सबैभन्दा बढी पैसा कमाउने पाँच फुटबलरहरु :

५. अल्भारो मोर्राटा

स्पेन फुटबलर अल्भारो मोर्राटा फुटबलमा ठूला नाम त होइनन् तर २७ बर्षिय फर्वार्डले आफ्नो व्यवसायिक खेल जीवनमा अहिले सम्म पाँच ट्रान्सफर लिइसकेका छन् । यहि पाँच ट्रान्सफरबाट मोराटा १ सय ७९ मिलियन कमाइसकेका छन् । पछिल्लो समय एट्लेटिको म्याड्रिडमा रहेका उनले रियल म्याड्रिड देखि चेल्सी र युभेन्टस सम्मका क्लबबाट खेलीसकेका छन् । एट्लेटिकोमा उनी सोचे अनुरुप चल्न नसकेपनि औषत प्रदर्शन गर्दै आएका छन् ।

४. एन्जेल डि मारिया

अर्जेन्टिनाइन डि मारियाले पनि चारवटा ट्रान्सफर मार्फत एक सय ७९ मिलियन युरोको कारोबार गर्न सफल भएका छन् । डि मारियाले चर्चित क्लबहरु रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडबाट खेलीसकेका छन् भने पछिल्लो पाँच बर्ष फ्रान्सको लिग वान च्याम्पियन पेरिस सेन्ट जर्माननबाट खेल्दै आइरहेका छन् । मारिया फुटबल वृत्तमा अवमुल्यन भएका खेलाडी हुन् । उनले भविष्यमा ट्रान्सफरबाट अझै धेरै कमाई पक्कै गर्ने छन् किन की उनी ठूलो रकम लिँदै अब पुर्वी एसिया अथवा मिडल इस्ट तिर लाग्न सक्नेछन् ।

३. रोमेलु लुकाकु

 

२. क्रिष्चियानो रोनाल्डो

कुनै समयका सबैभन्दा महँगो फुटबलर रोनाल्डो ट्रान्सफरबाट धेरै पैसा जोड्ने खेलाडीको सुचीमा भने दोश्रो नम्बरमा रहेका छन् । रोनाल्डोले अहिले सम्म तीन ट्रान्सफर लिएका छन् भने यसबाट २ सय ३० मिलियन युरोको कारोबार गरेका छन् । पोर्चुगिज क्लब स्पोर्टिङ्ग लिस्बनमा एक सिजन बिताएपछि म्यानचेस्टर युनाइटेड आएका रोनाल्डो रियल म्याड्रिड हुदै हाल युभेन्टसबाट खेल्ने गर्दछन् ।

तर कसलाई के थाहा ३५ बर्षको उमेरमा रोनाल्डोले ट्रान्सफरबाट अझै रकम जोड्ने की ? पाँच पटकका बालोन डि ओर बिजेता रोनाल्डोको खेलमा जादु र क्रेज फुटबल समर्थक माझ अझै उस्तै रहेकाले यसलाई नकार्न भने सकिदैन ।

१. नेमार

विश्व फुटबलका अहिलेका सबैभन्दा महँगा खेलाडी ब्राजिलका नेमार हुन् । सन् २०१७ मा बार्सिलोनाबाट आफ््नो क्लबमा आबद्ध गर्न फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्माइनले २ सय २२ मिलियन युरो खर्च गरेको थियो । ब्राजिलको क्लब सान्तोसबाट बार्सिलोना र हाल पिएसजीमा रहेका २८ बर्षिय नेमारले मात्र दुई ट्रान्सफरबाट ३ सय १० दशमलब २ मिलियन युरोको कारोबार गरेका छन् । पछिल्लो दुई सिजन देखि नेमार फेरी बार्सिलोना फर्किने चर्चा कायम रहदा यस रकममा पनि ठूलै मात्रामा वृद्धि हुने अनुमान लगाउन सकिन्छ ।

Click to comment

Trending