Corona Virus

खाली रंगशालाले प्रिमियर लिग सुचारु हुदा पार्ने ४ प्रभाव

Published

on

इङ्गलिस प्रिमियर लिग जुन १७ मा सुचारु गर्नको लागि इङ्गल्याण्ड फुटबलले अब सरकारको स्विकृति मात्र कुरिरहेको छ । स्विकृति प्राप्त हुने हो भने पहिलो दिन म्यानचेस्टर सिटी र आर्सनलले खेल्नेछन् । अन्य कुनै पनि दिन यो खेलले ५० हजार भन्दा बढी दर्शक आकर्षित गर्ने थियो तर कोरोना भाइरस कायमै रहदाको संसारमा फुटबल परिवर्तन हुन गइरहेको छ ।

केही दिन अघी मात्रै खाली रँगशलामा जर्मन बुन्डेसलिगा शुरु भयो । फुटबल झन्डै तीन महिनापछि फर्कदा फुटबल प्रेमीहरु खुशी त देखिए तर खाली रंगशालाले परिणाममा पारेको प्रभाव कारण यसले खेलको असली रँग नै उडाउन भने थालेको छ ।

खेलमा बिना समर्थक खेल्दा फाईदा र बेफाईदा दुबै हुने गर्दछ । लामो समयपछि प्रिमियर लिग सुचारु हुँदा यसले प्रिमियर लिगमा पार्ने चार प्रभाव कस्ता हुनेछन् त ?

‘होम एड्भान्टेज’ को अन्त्य ?

घरेलु टोलीलाई समर्थन गर्न खेलमा समर्थकनै नहुने हो भने खेलिरहेको बिपक्षीलाई उतिकै फाईदा हुने गर्दछ । बुन्डेसलिगामा हाल सम्मको टोलीहरुले घरमा खेलेको खेल हेर्ने हो भने पनि २२ खेल सकिदा सम्म मात्र तीन टोलीले आफ्नो घरेलु मैदानमा जित्न सफल भएका छन् । गोलको पनि हिसाब गर्ने हो भने घरेलु टोली भन्दा बढी पाहुना टोलीले नै गर्न सफल भएका छन् ।

सिग्नल इडुना पार्कको बाघ भनेर चिनिने बोरुसिया डर्टमन्डले पनि घरमा खेल्दा फाइदा उठाउन पाएन । निकै नै महत्वपूर्ण लिग खेलमा शिर्ष स्थानको बायर्न म्युनिखसँग १–० को हार बेहोरेपछि डर्टमन्ड उपाधिको होडबाट लगभग बाहिरिन पुगेको छ । त्यही दिन भएको अर्को खेलमा पनि उल्फ्सवर्गले घरेलु टोली बायर लेभरकुसनलाई ४–१ ले स्तब्ध बनायो ।

प्रिमियर लिग न्युट्रल भेन्युमा हुने तयारी चलिरहेपनि धेरै जसो क्लबहरुले घरेलु मैदानमा खेल्दा थोरै भएपनी फाईदा हुने बताउदै आइरहेका छन् । वाटफोर्डका अध्यक्ष स्कट डक्सबरीले पनि घरेलु मैदान भिकारेज रोड भन्दा बाहिर गएर खेल्दा पाउने सम्मान र खेलमा हुने फाईदा गुमाउनु पर्ने बताएका थिए ।

गोल गरेपछिका अनौंठा कृयाकलापहरु

बुन्डेसलिगा शुरु भएकै दिन साल्के र डर्टमन्ड आमने–सामने थिए । खेल शुरु भएको २९ औँ मिनेटमा एर्लिङ हालान्डले गोल गरे । डट्र्मन्डले खेल ४–० ले आफ्नो हातमा पारे पनि त्यहाँ गोल गरेपछि मनाएको खुशियाली धेरै अनौठा देखिन पुगे । खेलाडीहरुले एक अर्काको कुहिनामा ठोक्काउदै मनाएको खुशियालीमा मात्रै उनीहरु सबैभन्दा बढी एक अर्काको नजिक भएका थिए ।

दर्शक नै नभएको खेल, झन त्यस माथि खेलाडीले नै बोलिएको प्रतिध्वनि सुनिने रङ्गशला र शान्त वातावरण, अनी गोल गरेपछि कायम गरिएको सामाजिक दुरीः यी कृयाकलाप फुटबलका लागि निकै नै अनौठा देखिन्थे । हालान्डले गोल गरे पछी सामाजिक दुरी कायम रख्दै अनौँठो पाराले नाचेका थिए भने बाकी खेलाडी साथीहरु ताली पिट्दै थिए ।

हर्था बर्लिनका फर्वार्ड वेडड इबिसेबिचले भने होफेनहाइमसँगको खेल ३–० ले जितेपछि आफ्ना टिममेटसँग टास्सिएरै खुशी साटेका थिए । तर उनलाई किन त्यसरी खुशी साट्नु भयो भन्ने प्रश्न तेर्सियो । इबेसिबिचले भने फुटबलर रोबोट नभई एक खेलाडी भएको र खेलाडीमा खेलको लागि जोश हुन आवश्यक रहेको बयान दिएका थिए ।
फ्राइबर्ग गोलरक्षक एलेक्जेन्डर स्क्वोलो भने समर्थक बिना खेल्दा फाईदाजनक हुने मान्छन् । फुटबल समर्थक बिना पूर्ण हुन त सक्दैन तर एउटा फाईदा के रहेछ भने हामीले एक अपसको आवाज आनन्दले सुन्न पाउने रहेछौं, लाइपजिगलाई १–१ गोलको बराबरीमा रोकेपछि उनले भनेका थिए ।

रेफ्रीहरुलाई कम दबाब

रँगशाला गुञ्जायमान बनाउने समर्थकहरुको अनुपास्थितीका कारण रेफ्रीले कम मात्रामै रातो र पहेंलो कार्ड देखाउलान जस्तो तपाईंहरुलाई लाग्ला तर बुन्डेसलिगामा भने यो सोचाइ उल्टिन पुग्यो । लिग पुन सञ्चालनमा आएको हप्ता २४ वटा कार्ड देखाएका रेफ्रीहरुले यो पटकको सातामा २५ वटा कार्ड देखाइ सकेका छन् ।

लिग रोकिनु भन्दा अगाडिको कुरा गर्ने हो भने मात्र २५ वटा पहेंलो कार्ड रेफ्रीहरुले देखाएका थिए । पहिलो सातामा एउटा पनि रातो कार्ड नदेखाइए पनि दोश्रोमा दुई रातो कार्ड उल्फ्सवर्ग र वर्डर ब्रेमेनका खेलाडीहरुले खाइ सकेका छन् । तर यही तथ्यांक पछिल्लो १२ साताका खेलहरुमा हेर्ने हो भने एउटा मात्र रातो कार्ड देखाइएको पाईन्छ ।

फुटबल विश्लेषक ग्यारी लिंनेकरले भने रेफ्रीका निर्णयहरु त्यती प्रभावकारी नभएको बताएका छन् । लिनेकरका अनुसार समय सक्काउन खेलाडीहरुले दर्शकको अगाडि देखाउने नाटक कम हुँदै गएको पनि बाताए ।

युवा खेलाडीलाई मौका

बुन्डेसलिगालाई युरोपकै उत्कृष्ट युवा खेलाडी उत्पादन गर्ने लिग मानिन्छ र पछिल्लो साताका धेरै खेलहरुलाई नियालेर हेर्दा यो साबित पनि हुन्छ । डर्टमण्डका १९ बर्षिय स्टार हालान्ड र बायर लेभरकुसनका २० बर्षिय काई ह्याभर्ट्जले बुन्डेसलिगामा आफ्नो खेलले सबैलाई प्रभावित पार्न सफल भईसकेका छन् । समर्थकको अनुपस्थितीको मौकामा कम दवाब हुने भएकाले युवा खेलाडीलाई चम्किने अवसरको रुपमा पनि हेर्न थालिएको छ ।

युवा खेलाडीहरुले न त विपक्षी टोलीका समर्थकले दिने गाली सुन्छन् न त साना–साना गल्तीमा आफ्नै समर्थकले कराएको आवाज । यस्तो मौकाको फाईदा उठाउदै धेरै क्लबहरुले युवा खेलाडीलाई तिखारिने मौका दिदै छन् । लेभरकुसनले पनि आफ्नो टोलीका कान्छो खेलाडी १७ वर्षिय फ्लोरियन व्रिट्जलाई मौका दिदै वर्डर ब्रेमेनसँगको खेलमा डेब्यु गराएको थियो ।

Click to comment

Trending