Headline

ट्वान्टी ट्वान्टीमा धेरै पटक शुन्यमा आउट हुने नेपाली ब्याट्सम्यान

Published

on

नेपाली क्रिकेट ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियको तथ्यांकमा सुचिकृत हुन थालेको पाँच बर्षभन्दा बढी भइसकेको छ । यद्दपी नेपालले यो पाँच बर्षको अन्तरालमा ५० ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय पनि खेलेको छैन । नेपालले अहिलेसम्म ३३ वटा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको छ भने पुर्व कप्तान पारस खड्काको नाममा एक शतक पनि आइसकेको छ । नेपालकै लागि सोमपाल कामीले २०१५ मा हंगकंगबिरुद्ध ४० रन जोड्दै १० औं नम्बरका व्याट्स्म्यानकले बनाएको सर्वाधिक रनको बिश्व किर्तिमान पनि कायम गर्न सफल भएका छन् ।

ट्वान्टी ट्वान्टी क्रिकेटले व्याट्स्म्यानहरुलाई मनोबैज्ञानिक रुपले नै खुलेर खेल्ने दवाब दिइरहेको हुन्छ त्यै कारण कैयौं व्याट्स्म्याहरु यो संरचनाको क्रिकेटमा खाता नखोलि पेभिलियन फर्किने गरेका हुन्छन् । यही समस्या नेपाली क्रिकेटमा छ भने धेरै नेपाली व्याट्स्म्यानहरु डक आउट हुने गरेका छन् ।
हेरौं को को छन् नेपाली क्रिकेटमा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा बढी डक आउट हुने ब्याट्स्म्यानहरु ।
५. सन्दिप लामिछाने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर हुन् सन्दिप लामिछाने । नेपालका लागि २० वटा ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल खेलेका सन्दिपले नौं पटक ब्याटिंङ गरेका छन् भने त्यस मध्य दुई पटक रनको खाता पनि खोल्न सकेनन् ।
लेग स्पिनर सन्दिप नेपालका एक मात्र खेलाडी हुन् जसले विश्वभर संचालन हुने प्रतिष्ठित ट्वान्टी ट्वान्टी लिगहरु खेलेका छन् । सन्दिपले इन्डियन प्रिमिएर लिग, बिग ब्यास लिग, क्यारेबियन लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमिएर लिग जस्ता लिगहरुको अनुभब बटुली सकेका छन् ।
४. कारण केसी
नेपाली रास्ट्रिय क्रिकेट टोलीले एकदिवसीय राष्ट्रको मान्यता पाउनुको पछाडी तिब्र गतिका बलर करण केसीको ठुलो हात रहेको छ ।
सन् २०१८ मा नामिबियामा आयोजना भएको विश्व क्रिकेट लिग डिभिजन टुमा क्यानडा बिरुद्धको खेलमा नेपाल हारको नजिक थियो । उक्त खेलमा हारको समान गरेको खण्डमा नेपाली टोलीको भविष्य अन्धकारमय हुने थियो भने जीत निकालेको खण्डमा एकदिवसीय मान्यताको लागि एक कदम टाढा हुने थियो । हातमा एक विकेट रहेको र जीतका लागि ५१ रन आवस्यकता रहेको अवस्थामा करणले सन्दिपसँग अन्तिम विकेटका लागि ५१ रन जोड्दै नेपाललाई अकल्पनीय जीत दिलाए ।
सोही बर्ष जिम्बाब्वेमा आयोजना भएको विश्वकप छनोटमा सातौँ स्थान हात पार्दै नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।
आक्रमक शैलीमा ब्याटिंङ गर्न सक्ने करणले नेपालको लागि २० खेल खेलेका छन् । १८ पारीमा ब्याटिंङ गरेका करण दुई पटक डकआउट भएका छन् । कारणले नेपालको तर्फबाट खेल्दै सर्वाधिक अविजित ४० रनको मद्धतमा कुल एक सय ८२ रन प्रहार गरिसकेका छन् ।
३. पवन सर्राफ
नेपाली टोलीका उदाउंदा अलराउण्डर हुन् पवन सर्राफ । यु१९ टोलीका सदस्य पवनले नेपाली टोलीबाट खेल्न थालेको धेरै समय भएको छैन तर पनि उनलाई भविष्यको आशावादी खेलाडीको रुपमा हेर्ने गरिन्छ ।
आक्रमक ब्याटिंङ गर्न सिपालु पवनले नेपालको लागि १२ खेल खेल्दै ११ पारीमा ब्याटिङ गर्ने मौका पाएका छन् । तर उनी तीन पटक रनको खाता खोल्न पनि असमर्थ रहेका थिए । पवनले नेपालको लागि अहिले सम्म ट्वान्टी ट्वान्टीमा एक सय चार रन आफ्नो नाममा लेखाएका छन् ।
२. पारस खड्का
यो नाम सबै क्रिकेट समर्थकको लागि अस्चार्य लग्न सक्छ । नेपाली टोलीको लागि ट्वान्टी ट्वान्टी र एकदिवसीय खेलमा शतक प्रहार गर्ने ब्याट्सम्यान पारस खड्का ट्वान्टी ट्वान्टीको तीन पारीमा शुन्य रनमा आउट भएका छन् ।
नेपाली टोलीका पुर्व कप्तान पारसले नेपालको तर्फबाट ३३ खेल खेल्दै ३२ पारीमा सात सय ९९ रन प्रहार गरिसकेका छन् । उनी नेपालको लागि ट्वान्टी ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् ।पारसको ट्वान्टी ट्वान्टीमा सर्वाधिक अविजित एक सय छ रन छ जुन उनले सिंगापुर बिरुद्ध प्रहार गरेका थिए ।
१. प्रदिप ऐरी
नेपालको तर्फबाट खेल्दै सबैभन्दा धेरै पटक शुन्य रनमा आउट हुने खेलाडी हुन् नेपाली राष्ट्रिय टोलीका पुर्व ओपनर प्रदिप ऐरी । प्रदिप चार पटक शुन्य रनमा पेभेलियन फर्किएका छन् ।
उनले नेपालको लागि ११ खेल खेलेका छन् भने मात्र ८७ रन जोडेका छन् ।
माथि उल्लेख गरिएको खेलाडी बाहेक तिब्र गतिका बलर अविनास बोहरा, पुर्व बायाँ हाते स्पिनर शक्ति गौचन र अर्का बायाँ हाते स्पिनर सुसन भारी पनि ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा समान दुई दुई पटक डक आउट भएका छन् ।

Click to comment

Trending