Headline

आईसीसीले दियो भारतलाई सन् २०२१ को विश्वकप सार्ने धम्की 

Published

on

अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई सन् २०२१ मा भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप भारतबाट अन्यत्र सार्ने धम्की दिएको छ ।
आईसीसीले बीसीसीआईले विश्वकपका लागि भारतीय सरकारबाट कर छुटको व्यवस्था नामिलायको भन्दै समयमा नै यस विषयमा निर्णय दिन नसकेको खण्डमा विश्वकप नै सार्ने धम्की दिएको हो ।
पछिल्लो दुई महिना देखि आईसीसी र बीसीसीआई बीचमा यसै बिषयलाई लिएर इमेल आदान-प्रदान भएको पनि खुलासा भएको छ । बीसीसीआईले मे १८ सम्ममा यस बिषयमा सरकारसँग अनुमती लिएर आईसीसीलाई पत्राचार गर्ने जनाएता पनि यस बिषयमा केहि टुंगो लगाउन सकेको छैन । अहिले आएर बीसीसीआईले कोरोनाको कारण भन्दै जुन ३० सम्मको समय माग गरेको तर आईसीसी भने अस्विकृत गरेको छ ।
आईसीसीले अप्रिल २९ मा बीसीसीआईलाई पठाएको इमेलमा यदि भारत र आईसीसी व्यपार कर्पोरेसन बीच भएको सम्झौताको पालना नगरेको खण्डमा मे १८ मा यो सम्झौता रद्द गर्ने लेखेको थियो ।
बीसीसीआईलाई भारत सरकारबाट कर छुटको व्यवस्था गर्न धेरै समय रहेको थियो । तर हाम्रो सम्झौता अनुसार कम्तिमा पनि १८ महिना अघि कर छुटको व्यवस्था गर्न पर्ने हुन्थ्यो । जस अनुरुपको समय भनेको डिसेम्बर ३१ २०१९ रहेको थियो । तर बीसीसीआईले भने अहिले आएर जुन ३० अथवा लकडाउन खुलेको ३० दिन पछिको समय माग गरेको छ ।
करको बिषय बीसीसीआई र आईसीसीको विवाद चलेको यो पहिलो घटना भने होइन । भारतले सन् २०१६ मा आयोजना गरेको ट्वान्टी ट्वान्टी विश्वकपका क्रममा कर छुट नभएका कारण आईसीसीले करिब २०-३० मिलियन डलर गुमाएको थियो ।
भारतमा सन् २०२१ को ट्वान्टी ट्वान्टी तथा सन् २०२३ को एकदिवसीय विश्वकपमा कर छुटको ब्यबस्था गरेको खण्डमा दुबै विश्वकप भारतबाट सार्ने चेतवानी फेर्ब्रुवरी २०१८ मा नै दिइसकेको छ । दुबै विश्वकप गरेर कर छुट नपाएको खण्डमा आईसीसीले एक सय मिलियन डलर भन्दा बढी गुमाउने जनाएको छ ।

Click to comment

Trending