Headline

च्याम्पियन्स लिगमा मेस्सीको नाममा रहेका पाँच किर्तिमान

Published

on

अर्जेन्टिना र बार्सिलोना स्टार लियोनल मेस्सी विश्व फुटबल इतिहासकै उत्कृष्ट फुटबलरहरु मध्ये पर्ने दुई मत नै छनै । छ पटकका बालन डि ओर बिजेता मेस्सीको तुलना अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोना र ब्राजिलका महान खेलाडी पेलेसँग तुलना गर्ने गरिन्छ । त्यस्तै मेस्सी र पोर्चुगल तथा युभेन्टस स्टार क्रिष्चियानो रोनाल्डो बीच को उत्कृष्ट भन्ने बिवाद भने सधै चलि नै रहनेछ ।

मेस्सीले आफ्नो जादुमयी खेल कौशल प्रदर्शन गर्दै क्याटलन क्लब बार्सिलोनालाई चार पटक लिगको उपाधि दिलाउन सफल भएका छन् । त्यस्तै उनी बार्सिलोनाका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन् । मेस्सीको नाममा च्याम्पियन्स लिगका पाँच किर्तिमान के के छन् तः

 

१. एकै क्लबका लागि सर्वाधिक गोल

मेस्सीले व्यवसायिक फुटबल बार्सिलोनाबाट मात्र खेल्दै आएका छन् । उनले बार्सिलोनाको तर्फबाट च्याम्पियन्स लिगमा अहिले सम्म १ सय १४ गोल गरेका छन् । उनी एकै क्लबबाट खेल्दै सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

एउटै क्लबका लागि खेल्दै सर्वाधिक धेरै गोल गर्ने खेलाडीको सुचीको दोश्रो नम्बरमा क्रिष्चियानो रोनाल्डो रहेका छन् । हाल इटालियन क्लब युभेन्टसमा रहेका रोनाल्डोले रियल म्याड्रिडका लागि १ सय ५ गोल गर्न सफल भएका थिए ।

२. सर्वाधिक ह्याट्रिक

च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको सुचीमा मेस्सी र रोनाल्डो समान पहिलो स्थानमा रहेका छन् । मेस्सीले च्याम्पियन्स लिगमा आठ पटक ह्याट्रिक पुरा गरेका छन् । रोनाल्डोको नाममा त्यति नै ह्याट्रिक रहेको छ ।

३. समुह चरणमा सर्वाधिक गोल

३२ बर्षिय मेस्सी च्याम्पियन्स लिग अन्तर्गत समुह चरणका खेलहरुमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले बार्सिलोनाले खेलेका च्याम्पियन्स लिगको समुह चरणको खेलमा ६८ गोल आफ्नो नाममा लेखाई सकेका छन् ।

४. प्रि क्वार्टर फाइनलमा सर्वाधिक धेरै गोल

समुह चरण र च्याम्पियन्स लिगको इतिहासमा मात्र हैन यी १० नम्बर जर्सीका खेलाडी मेस्सीले अन्तिम १६ मा पनि सर्वाधिक गोल गर्ने किर्तिमान आफ्नो नाम लेखाउन सफल भएका छन् । उनले अन्तिम १६ को खेलमा २६ पटक बललाई जालीको दिशा दिइसकेका छन् ।

५. धेरै पटक सर्वाधिक गोलकर्ता

मेस्सीको नाममा एक सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको किर्तिमान पनि रहेको छ । उनी ६ पटक च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता रहेका छन् । उनले २००८–०९, २००९–१०, २०१०–११, २०११–१२, २०१४–१५ तथा २०१८–१९ को च्याम्पियन्स लिगमा सर्वाधिक गोल गरिसकेका छन् ।

Click to comment

Trending