Headline

इन्स्टाग्रामको एक पोस्टका लागि कति लिन्छन् बिराट कोहली ?

Published

on

कप्तान बिराट कोहली अहिले भारतीय क्रिकेटकै अनुहार भएर बसेका छन् । भारतमा क्रिकेट र कोहलीको क्रेज निकै राम्रो छ ।

इन्डियन प्रिमियर लिगका सबैभन्दा महँगा खेलाडी कोहलीले रोयल च्यालेन्जर्स बेंगलोरको लागि एक सिजनको १७ करोड भारतीय रुपैयाँ लिने गर्छन्न् ।

कोहली इन्स्टाग्रामको पोस्ट मार्फत सर्वाधिक धेरै कमाई गर्ने १०० जना खेलाडीको सुचीमा रहेका एक मात्र भारतीय खेलाडी हुन् । त्यस्तै सर्वाधिक धेरै कमाई गर्ने १० खेलाडीको खेलाडीको सुचीमा कोहली एक मात्र क्रिकेटर हुन् ।

कोहलीको इन्स्टाग्राममा लगभग ६० मिलियन फलोअर छन् भने उनले विज्ञापन राखे बापत एक पोस्टको १ लाख ९६ हजार डलर लिने गर्दछन् ।

सर्वाधिक धेरै कमाई गर्ने खेलाडीको सुचीमा भने युभेन्टस र पोर्चुगलका स्टार क्रिष्चियानो रोनाल्डो रहेका छन् । बिश्व चर्चित फुटबलर रोनाल्डोको इन्स्टाग्राममा दुई सय २० मिलियन फलोअर छन् भने उनले एक पोस्ट बापत ९ लाख ७५ हजार अमेरिकी डलर लिने गर्छन् ।

Click to comment

Trending