Headline

रोहित शर्माको नाममा रहेको तीन किर्तिमान जुन सायदै तोडिएला 

Published

on

भारतीय क्रिकेट टोलीका उपकप्तान हुन् रोहित शर्मा । सन् २०११ को विश्वकपमा टोलीमा स्थान बनाउन असफल भए देखि सन् २०१९ को विश्वकप सम्मको यात्रा तय गरेका ३२ बर्षिय शर्मा भारतीय टोलीका प्रमुख ब्याट्सम्यान भएर आएका छन् पछिल्लो आठ बर्षमा ।
उनले अहिले सम्म भारतका लागि दुई सय २४ एकदिवसीय खेल खेल्दै ४९ दशमलब दुई सातको औसतमा नौं हजार एक सय १५ रन बनाएका छन् । जसमा उनले २९ शतक र ४३ अर्धशतक पनि बनाएका छन् । त्यस्तै उनले ट्वान्टी ट्वान्टीमा १०७ खेलमा चार शतक र २० अर्धशतक सहित कुल दुई हजार सात सय १३ रन बनाएका छन् ।
आज हामी उनको नाममा रहेको तीनवटा विश्व किर्तिमान लिएर आएका छौं जुन सायदै तोडिएला ।
१. एकदिवसीयमा सर्वाधिक व्यक्तिगत स्कोर 
सन् २०१४ मा श्रीलंका बिरुद्धको ट्वान्टी ट्वान्टी खेलमा रोहितले एक सय ७३ बलको सामना गर्दै दुई सय ६४ रन बनाए । यो नै एकदिवसीय खेलमा सर्वाधिक व्यक्तिगत स्कोर हो ।
उक्त खेलमा चार रनको अवस्थामा जीवन दान पाएका उनले सुस्त शुरुवात गरेता पनि १०० बलमा आफ्नो शतक पुरा गरे । तर शतक प्रहार गरेसंगै उनी आक्रमक खेल थाले र पछिल्लो १६४ रन मात्र ७३ बलमा पुरा गरे । रोहितले आफ्नो पारीमा ३३ चौका र नौं छक्का प्रहार गरे ।
 
२. एकदिवसीयमा तीनवटा दोहोरो शतक 
टेस्टमा समेत दोहोरो शतक बनाउनु भनेको चानचुने कुरा हैन । पहिले एकदिवसीय खेलमा दोश्रो शतक बनाउन सकिन्छ भन्दा कसैले विश्वास नै गर्दैन थियो । तर जब मास्टर ब्लास्टर सचिन तेन्दुलकरले सन् २०१० मा पहिलो दोश्रो शतक प्रहार गरे त्यस पछि पछिल्लो १० बर्षमा एकदिवसीय खेलमा छ खेलाडीको नाममा आठवटा दोहोरो शतक रहेको छ । तीन मध्य रोहित शर्मा यस्ता खेलाडी हुन् जसले तीनवटा दोहोरो शतक प्रहार गरिसकेका छन् । अन्य पाँच जना खेलाडीको नाममा १-१ दोश्रो शतक रहेको छ ।

रोहितले आफ्नो पहिलो दोहोरो शतक सन् २०१३ मा बनाएका थिए । अस्ट्रेलिया बिरुद्ध बेङ्गलुरुमा भएको खेलमा रोहितले १५८ बल खेल्दै १२ चौका र १६ छक्काको मद्धतमा २०९ नौं रन बनाएर आउट भए ।
उनले आफ्नो दोश्रो र तेश्रो दोहोरो शतक श्रीलंका बिरुद्धको खेलमा बनाएका हुन् । दोश्रो दोहोरो शतक उनले सन् २०१४ मा तथा तेश्रो दोहोरो शतक सन् २०१७ मा आफ्नै घरेलु मैदानमा बनाएका हुन् ।
 
३. विश्वकपको एक संस्करणमा सर्वाधिक शतक 
कुनै पनि खेलाडीलाई विश्वकपमा राम्रो प्रदर्शन गर्ने इच्छा हुन्छ । यस मामला हिटम्यानका नामले परिचित रोहित सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा सम्पन्न एकदिवसीय विश्वकपमा निकै अघि रहे । उनले विश्वकपमा उत्कृस्ट प्रदर्शन मात्र गरेनन् आफ्नो नाममा क्रितिमान पनि लेखाए ।
श्रीलंकाका पुर्व कप्तान कुमार संगाकाराले सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्याण्डमा सम्पन्न विश्वकपको एकै संस्करणमा चार शतक प्रहार गरेका थिए, जुन त्यस समयको किर्तिमान रहेको थियो ।तर रोहितले सन् २०१९ मा पाँच शतक प्रहार गरे । उनले दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड, बंगलादेश र श्रीलंका बिरुद्ध शतक प्रहार गरेका थिए ।

Click to comment

Trending