भारतीय क्रिकेट टोलीका उपकप्तान हुन् रोहित शर्मा । सन् २०११ को विश्वकपमा टोलीमा स्थान बनाउन असफल भए देखि सन् २०१९ को विश्वकप सम्मको यात्रा तय गरेका ३२ बर्षिय शर्मा भारतीय टोलीका प्रमुख ब्याट्सम्यान भएर आएका छन् पछिल्लो आठ बर्षमा ।
उनले अहिले सम्म भारतका लागि दुई सय २४ एकदिवसीय खेल खेल्दै ४९ दशमलब दुई सातको औसतमा नौं हजार एक सय १५ रन बनाएका छन् । जसमा उनले २९ शतक र ४३ अर्धशतक पनि बनाएका छन् । त्यस्तै उनले ट्वान्टी ट्वान्टीमा १०७ खेलमा चार शतक र २० अर्धशतक सहित कुल दुई हजार सात सय १३ रन बनाएका छन् ।
आज हामी उनको नाममा रहेको तीनवटा विश्व किर्तिमान लिएर आएका छौं जुन सायदै तोडिएला ।
१. एकदिवसीयमा सर्वाधिक व्यक्तिगत स्कोर
सन् २०१४ मा श्रीलंका बिरुद्धको ट्वान्टी ट्वान्टी खेलमा रोहितले एक सय ७३ बलको सामना गर्दै दुई सय ६४ रन बनाए । यो नै एकदिवसीय खेलमा सर्वाधिक व्यक्तिगत स्कोर हो ।
उक्त खेलमा चार रनको अवस्थामा जीवन दान पाएका उनले सुस्त शुरुवात गरेता पनि १०० बलमा आफ्नो शतक पुरा गरे । तर शतक प्रहार गरेसंगै उनी आक्रमक खेल थाले र पछिल्लो १६४ रन मात्र ७३ बलमा पुरा गरे । रोहितले आफ्नो पारीमा ३३ चौका र नौं छक्का प्रहार गरे ।
२. एकदिवसीयमा तीनवटा दोहोरो शतक
टेस्टमा समेत दोहोरो शतक बनाउनु भनेको चानचुने कुरा हैन । पहिले एकदिवसीय खेलमा दोश्रो शतक बनाउन सकिन्छ भन्दा कसैले विश्वास नै गर्दैन थियो । तर जब मास्टर ब्लास्टर सचिन तेन्दुलकरले सन् २०१० मा पहिलो दोश्रो शतक प्रहार गरे त्यस पछि पछिल्लो १० बर्षमा एकदिवसीय खेलमा छ खेलाडीको नाममा आठवटा दोहोरो शतक रहेको छ । तीन मध्य रोहित शर्मा यस्ता खेलाडी हुन् जसले तीनवटा दोहोरो शतक प्रहार गरिसकेका छन् । अन्य पाँच जना खेलाडीको नाममा १-१ दोश्रो शतक रहेको छ ।
रोहितले आफ्नो पहिलो दोहोरो शतक सन् २०१३ मा बनाएका थिए । अस्ट्रेलिया बिरुद्ध बेङ्गलुरुमा भएको खेलमा रोहितले १५८ बल खेल्दै १२ चौका र १६ छक्काको मद्धतमा २०९ नौं रन बनाएर आउट भए ।
उनले आफ्नो दोश्रो र तेश्रो दोहोरो शतक श्रीलंका बिरुद्धको खेलमा बनाएका हुन् । दोश्रो दोहोरो शतक उनले सन् २०१४ मा तथा तेश्रो दोहोरो शतक सन् २०१७ मा आफ्नै घरेलु मैदानमा बनाएका हुन् ।
३. विश्वकपको एक संस्करणमा सर्वाधिक शतक
कुनै पनि खेलाडीलाई विश्वकपमा राम्रो प्रदर्शन गर्ने इच्छा हुन्छ । यस मामला हिटम्यानका नामले परिचित रोहित सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा सम्पन्न एकदिवसीय विश्वकपमा निकै अघि रहे । उनले विश्वकपमा उत्कृस्ट प्रदर्शन मात्र गरेनन् आफ्नो नाममा क्रितिमान पनि लेखाए ।
श्रीलंकाका पुर्व कप्तान कुमार संगाकाराले सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्याण्डमा सम्पन्न विश्वकपको एकै संस्करणमा चार शतक प्रहार गरेका थिए, जुन त्यस समयको किर्तिमान रहेको थियो ।तर रोहितले सन् २०१९ मा पाँच शतक प्रहार गरे । उनले दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड, बंगलादेश र श्रीलंका बिरुद्ध शतक प्रहार गरेका थिए ।
अर्जेन्टाइन सुपरस्टार लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा गेटाफेलाई ५–२ को फराकिलो अन्तरले पराजित गरेको छ ।
खेलमा मेस्सीले ८ मिनेटमै अग्रता दिलाए पनि क्लेमेन्ट लेँगेटको आत्मघाती गोलले गेटाफे खेलमा फर्किएको थियो । गेटाफे गोलकिपर डेभिड सोरियासँग असमझदारीका कारण डिफेण्डर चाक्लाले आत्मघाती गोल गर्दा बार्साले २८ औं मिनेटमा अग्रता फर्काएको थियो ।
मेस्सीले ३३ औं मिनेटमा गोल गरेपछि बार्साले अग्रता दोब्बर पार्यो । ६९ औं मिनेटमा एनेस उनाइले पेनाल्टीमा गोल गर्दै गेटाफेलाई केही आशा त दिलाए तर रोनाल्ड अरुजोले ८७ र एन्टोइन ग्रिजमनले थप गरिएको तेश्रो मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्साको जित फराकिलो बनाएका थिए ।
ला लिगामा मेस्सी यो सिजन पनि २३ गोलका साथ सर्वाधिक गोलकर्ताको सुचीमा पहिलो नम्बर मै छन् । भिलारियालका जेरार्ड मोरेनोको २० र एट्लेटिको गएका मेस्सीको पुर्व बार्सिलोना टिम मेट लुईस सुवारेजको १९ गोल छ । रियल म्याड्रिडका करिम बेन्जेमाले १८ गोल गरेका छन् ।
एक खेल कम खेलेको बार्सिलोनाले शिर्ष स्थानको एट्लेटिको म्याड्रिडसँगको दुरी ५ अंकमा छोट्याएको छ । हुवेस्कालाई बिहिबार नै २–० ले हराएको एट्लेटिकोको ३२ खेलबाट ७३ अंक छ । समान खेलबाट दोश्रो स्थानको रियल म्याड्रिडको ७० अंक छ ।
एट्लेटिको र बार्सिलोना मे ८ मा खेल्ने छन् । बिहिबार नै भएका अन्य खेलमा ग्रानडाले आईबारलाई ४–१ र रियल सोसिडाडले सेल्टा भिगोलाई २–१ ले हरायो ।
मलेसियालाई सशक्त ब्याटिङ्ग प्रदर्शन मार्फत ६९ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको लिग चरणमा शान्दार अन्त्य गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा करण केसीको आक्रमक ब्याटिङ्गसँगै नेपालले ७ विकेट गुमाउदै २ सय १७ रनको बिशाल योगफल बनायो । जवाफमा मलेसियाले निरन्तर विकेट गुमाएपनि १९ दशमलव १ ओभरमा १ सय ४८ रनमा अल आउट भयो ।
सोमपाल कामीले आफ्नो पहिलो दुई ओभरमा दुई विकेट लिएपछि दवाबमा आएको मलेसियाले आक्रमक ब्याटिङ्गलाई जारी राख्यो तर बिशाल लक्ष्यको दवाबमा रोकिएको थियो ।
अमिनुदिन राम्लीले १८ बलमा पाँच छक्का र एक चौका प्रहार गर्दै सर्वाधिक ४१ रन लिएका थिए । सन्दिप लामिछाने, डेब्युटेन्ट कमल सिँह ऐरि र सोमपाल कामीले ३–३ विकेट लिएका थिए । सन्दिपले प्रतियोगितामा सर्वाधिक ११ विकेट लिइसकेका छन् । सोमपालको नाममा पाँच विकेट रहेको छ ।
यसअघि करणले धुवाधार ब्याटिङ्ग गर्दै १३ बलमा सात बिशाल छक्का प्रहार गर्दै ४५ रन जोडेपछि नेपालले आफ्नो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै दोश्रो सर्वाधिक योगफल बनायो ।
नेपालको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमा सर्वाधिक ठूलो योगफल भुटानबिरुद्ध १३ औं दक्षिण एसियाली खेलकुदमा बनाएको २ सय ३६ रन हो ।
करणले बिष्फोटक पारी खेल्दै कुशल मल्ल (१० बलमा १९ रन) सँग २३ बलमा ६६ रन जोड्नु अघि अन्य ब्याट्स्म्यानहरुले पनि उल्लेखनीय योगदान दिदा नेपाल बिशाल योगफल बनाउन सफल भएको थियो ।
पहिलो विकेटका लागि कुशल भुर्तेल (१६) र आसिफ शेखले ३३ रन जोडेपछि कप्तान ज्ञानेन्द्र मल्लले नेपालको बिशाल स्कोरको आधार खडा गरेका थिए । आसिफसँग ७३ रनको साझेदारी गरेका ज्ञानेन्द्रले चार छक्का र एक चौकाको मद्दतमा २५ बलमा ४१ रन बनाएका थिए ।
आसिफले ३२ बलमा ४२ रन बनाएका । उनले तीन चौका र तीन छक्का हिर्काए । यसअघि नेदरल्याण्ड्सबिरुद्धको खेलमा आफ्नो पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय अद्र्धशतक प्रहार गरेका दिपेन्द्र सिँह ऐरिले पनि छरितो रुपमा रन बटुल्दै १७ बलमा ३३ रन बनाए । उनले पाँच चौका र एक छक्का हिर्काए ।
नेपालको इनिङ्गस सुस्त हुदै गर्दा करणले अविश्वसनीय पारी खेलेका थिए । उनले १८ औं ओभरमा धिभेन्द्रन मोगनलाई एकै ओभरमा चार छक्का प्रहार गरेका थिए । १९ औं ओभरमा मुहम्मद वफिकलाई कुशल मल्लले दुई र करणले एक छक्का प्रहार गरेका थिए ।
सैयद अजिजको बलमा करण थर्ड म्यानमा अनवर रहमानको उत्कृष्ट डाइभिङ्ग क्याचमा रनआउट भएका थिए । अजिजले अन्तिम ओभरमा सोमपाललाई पनि आउट गर्दै मात्र चार रन खर्चिएका थिए ।
करण केसीको आक्रमक ब्याटिङ्गसँगै नेपालले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा आफ्नो दोश्रो सर्वाधिक ठूलो योगफल बनाएको छ ।
त्रिवि मैदानमा जारी त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा करण १३ बलमा सात बिशाल छक्का प्रहार गर्दै ४५ रन जोडेपछि नेपालले मलेसियालाई ७ विकेटको क्षतिमा २ सय १७ रन प्रहार गरेको छ ।
नेपालको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमा सर्वाधिक ठूलो योगफल भुटानबिरुद्ध १३ औं दक्षिण एसियाली खेलकुदमा बनाएको २ सय ३६ रन हो ।
करणले बिष्फोटक पारी खेल्दै कुशल मल्लसँग २३ बलमा ६६ रन जोड्नु अघि अन्य ब्याट्स्म्यानहरुले पनि उल्लेखनीय योगदान दिदा नेपाल बिशाल योगफल बनाउन सफल भएको थियो ।
पहिलो विकेटका लागि कुशल भुर्तेल (१६) र आसिफ शेखले ३३ रन जोडेपछि कप्तान ज्ञानेन्द्र मल्लले नेपालको बिशाल स्कोरको आधार खडा गरेका थिए । आसिफसँग ७३ रनको साझेदारी गरेका ज्ञानेन्द्रले चार छक्का र एक चौकाको मद्दतमा २५ बलमा ४१ रन बनाएका थिए ।
आसिफले ३२ बलमा ४२ रन बनाएका । उनले तीन चौका र तीन छक्का हिर्काए । नेपालको इनिङ्गस सुस्त हुदै गर्दा करणले अविश्वसनीय पारी खेलेका थिए । उनले १८ औं ओभरमा धिभेन्द्रन मोगनलाई एकै ओभरमा चार छक्का प्रहार गरेका थिए । १९ औं ओभरमा मुहम्मद वफिकलाई कुशल मल्लले दुई र करणले एक छक्का प्रहार गरेका थिए ।
सैयद अजिजको बलमा करण थर्ड म्यानमा अनवर रहमानको उत्कृष्ट डाइभिङ्ग क्याचमा रनआउट भएका थिए । अजिजले अन्तिम ओभरमा सोमपाल कामीलाई पनि आउट गर्दै मात्र चार रन खर्चिएका थिए ।