Corona Virus

रियल म्याड्रिडको डिएनएमै जित छः जिनेदिन जिदान

Published

on

कोरोना भाइरसका कारण रोकिएको फुटबल गतिबिधी बिस्तारै पुरानै लयमा फर्कने कोशिशमा छ । यसै बीच स्पेनिस फुटबल महरथि रियल म्याड्रिडले पनि आफ्नो प्रशिक्षण शुरु गरेको छ ।

अभ्यास शुरु हुँदा रियलका प्रशिक्षक जिनेदिन जिदानले सबै खेलाडीहरुलाई सानो–सानो समुहमा बिभाजन गरेर अभ्यास गराएका थिए । कोरोनाका कारण मार्चबाट रोकिएको स्पेनिस ला लिगा जुन १२ बाट शुरु गराउने लक्ष्य राखिएको छ ।

ला लिगा रोकिनु अघि अंक तालिकाको पहिलो स्थानमा रियलको चिरप्रतिद्वन्दि बार्सिलोना दुई अंकले अघि रहेको थियो । अब लिग फर्किने भए पछि जिदानको पहिलो लक्ष्य नै उपाधि होड हुनेछ र उनि उपाधि जित्नेमा आशावादी पनि रहेका छन् ।

रियलको टिभीसँग कुरा गर्दै जिदानले पहिलो हप्ताको अभ्यास राम्रो भएको र अबका दिनमा शारिरिक, मानसिक, प्राविधिक र खेलमा प्रयोग हुने कौशलमा अभ्यास सुरु गर्ने पनि जनाए । त्यस्तै उनले कोरोनाका कारण रोकिएको प्रशिक्षणमा फर्किएका खेलाडीहरु पहिलो हप्ता राम्रो लयमा देखिएको र आगामी हप्ता अझै राम्रो गर्दै जानेमा पनि आशावादी रहेको बताएका छन् ।

“अन्त्यमा सबैभन्दा महत्वपुर्ण बिषय भनेको जित नै हो र यसका लागि शतप्रतिशत दिनपर्छ । हामी जीतको लागि नै यहाँ छौं । जित हाम्रो डिएनएमा नै छ,” जिदानले भने । यो सिजन रियलको ला लिगामा ११ खेल बाँकी रहेको छ ।

Click to comment

Trending