Corona Virus
रियल म्याड्रिडको डिएनएमै जित छः जिनेदिन जिदान
Published
4 years agoon
By
wesportzकोरोना भाइरसका कारण रोकिएको फुटबल गतिबिधी बिस्तारै पुरानै लयमा फर्कने कोशिशमा छ । यसै बीच स्पेनिस फुटबल महरथि रियल म्याड्रिडले पनि आफ्नो प्रशिक्षण शुरु गरेको छ ।
अभ्यास शुरु हुँदा रियलका प्रशिक्षक जिनेदिन जिदानले सबै खेलाडीहरुलाई सानो–सानो समुहमा बिभाजन गरेर अभ्यास गराएका थिए । कोरोनाका कारण मार्चबाट रोकिएको स्पेनिस ला लिगा जुन १२ बाट शुरु गराउने लक्ष्य राखिएको छ ।
ला लिगा रोकिनु अघि अंक तालिकाको पहिलो स्थानमा रियलको चिरप्रतिद्वन्दि बार्सिलोना दुई अंकले अघि रहेको थियो । अब लिग फर्किने भए पछि जिदानको पहिलो लक्ष्य नै उपाधि होड हुनेछ र उनि उपाधि जित्नेमा आशावादी पनि रहेका छन् ।
रियलको टिभीसँग कुरा गर्दै जिदानले पहिलो हप्ताको अभ्यास राम्रो भएको र अबका दिनमा शारिरिक, मानसिक, प्राविधिक र खेलमा प्रयोग हुने कौशलमा अभ्यास सुरु गर्ने पनि जनाए । त्यस्तै उनले कोरोनाका कारण रोकिएको प्रशिक्षणमा फर्किएका खेलाडीहरु पहिलो हप्ता राम्रो लयमा देखिएको र आगामी हप्ता अझै राम्रो गर्दै जानेमा पनि आशावादी रहेको बताएका छन् ।
“अन्त्यमा सबैभन्दा महत्वपुर्ण बिषय भनेको जित नै हो र यसका लागि शतप्रतिशत दिनपर्छ । हामी जीतको लागि नै यहाँ छौं । जित हाम्रो डिएनएमा नै छ,” जिदानले भने । यो सिजन रियलको ला लिगामा ११ खेल बाँकी रहेको छ ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
भारतीय लेजेण्ड क्रिकेटर सचिन तेन्दुल्करलाई कोरोना पोजिटिभ भएको छ । सचिनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना देखिएको बताएका हुन् ।
सचिनले आफू हाल घरमै आइसोलेसनमा रहेको र आवश्यकता अनुरुपको सावधानी अपनाइरहेको बताएका छन् । उनको घरका अन्य सदस्यहरुलाई भने कोरोना नेगेटिभ देखाएको छ ।
“मैले लगातार परिक्षण गर्नुका साथै कोभिडलाई टाढै राख्न आवश्यकता अनुसारको सतर्कता अपनाइरहेको थिए । निकै सानो लक्षण पछि मलाई पोजिटिभ देखिएको छ । घरमा अरु सबैजनालाई नेगेटिभ देखाएको छ,” सचिनले सामाजिक सञ्जालमा लेखेका छन् ।
“मैले आफूलाई क्वारेन्टिनमा राखेको छु र डाक्टरको सुझाव अनुरुप स्वास्थ्य प्रोटोकोल फलो गर्दैछु । मलाई सहयोग गरिरहनु भएका सम्पूर्ण स्वास्थ पदाधिकारीहरुलाई म धन्वाद दिन चाहन्छु । तपाईहरु पनि आफ्नो हेरबिचार गर्नु होला,” उनले भनेका छन् ।
भारतमा केही साता यता दैनिक रुपमा कोरोनाका हजारौंको संख्यामा बिरामीहरु बढ्न थालेका छन् । यसअघि केही खुकुलो गरिपनि अहिले सार्वजनिक स्थानहरुमा पनि स्वास्थ्य ऐन अन्तर्गत कडाइ गरिएको छ ।
Corona Virus
सन्दिपलाई कोरोना, ज्ञानेन्द्रसहित अन्य तीन खेलाडीको रिपोर्ट तीन दिनमै नेगेटिभ
Published
3 years agoon
November 28, 2020By
wesportzनेपाली स्टार युवा लेग स्पिनर सन्दिप लामिछानेलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । सन्दिपले आफ्ना सामाजिक सञ्जाल पेजहरुमार्फत आफूलाई कोरोना पोजिटिभ भएको बताएका हुन् ।
सन्दिपले आफूलाई कोरोना भएको जानकारी गराइरहदा कप्तान ज्ञानेन्द्र मल्लसहित अन्य तीन राष्ट्रिय टोलीका खेलाडीहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । क्यानले बिहिबारदेखि शुरु भएको बन्द प्रशिक्षणअघि गराएको परिक्षणमा ज्ञानेन्द्रसँगै टोलीका उप–कप्तान दिपेन्द्र सिँह ऐरि र युवा ब्याट्स्म्यान रोहित कुमार पौडेलेलाई कोरोना पोजिटिभ देखिएको थियो ।
तर तीन जना खेलाडीहरुले शुक्रबार तीन दिन भित्रै आफ्नो रिपोर्ट नेगेटिभ आएको सार्वजनिक गरेका थिए । अर्का भेटेरान स्पिनर बसन्त रेग्मीलाई पनि कोरोना पोजिटिभ देखिएको छ । उनी भने ठिक भइसकेका छैनन् ।
मलाई कोभिड–१९ पोजिटिभ भएको तपाईहरुलाई जानकारी दिनु मेरो कर्तब्य हो । बुधबारदेखि मेरो जिउ दुख्ने भइरहेको थियो । अहिले भने मेरो स्वास्थ्यमा केही सुधार आइरहेको छ । सबै कुरा राम्रो भयो भने म फेरि मैदानमा फर्कनेछु । मेरो लागि प्रार्थना गर्नुहोला, सन्दिपले फेसबुक र ट्विटरमा लेखेका छन् ।
कोरोना भाइरस महामारीपछि ठप्प भएको क्रिकेटलाई क्यानले बन्द प्रशिक्षण मार्फत सुचारु गर्न खोजिरहेको छ । शुरुवाती चरणमा २२ खेलाडी बोलाइए पनि चार जनालाई कोरोना भएपछि अन्य पाँच खेलाडीलाई क्यानले प्रशिक्षणका लागि बोलाएको थियो ।
Corona Virus
राष्ट्रिय क्रिकेट टोलीका कप्तान, उप–कप्तानसहित ४ जनालाई कोरोना पोजिटिभ
Published
3 years agoon
November 25, 2020By
wesportzनेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह एरि, रोहित कुमार पौडेल सहित नेपाल क्रिकेट संघका स्टाफ प्रदिप लामालाई कोरोना संक्रमण भएको छ । ज्ञानेन्द्रले फेसबुकमा एक स्टेटस राख्दै आफुलाई कोरोना भएको जनाएका हुन् ।
नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको थियो भने हिजो मात्र सबै खेलाडीको पिसिआर परिक्षण गरेको थियो । बुधबार प्राप्त रिपोर्टमा उनी कोरोना भाइरस पोजिटिभ देखिएका हुन् ।
ज्ञानेन्द्रले आफुलाई कोरोनाको कुनै पनि लक्षण देखा नपरेको र अब केही दिनका लागि सेल्फ क्वारेन्टिनमा जाने पनि पोस्टमार्फत जानकारी दिएका छन् । त्यस्तै उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि आफ्नो परिक्षण गर्न आग्रह गरेका छन् ।
क्यानले बिहिबारदेखि शुरु हुने गरि २२ जना क्रिकेटरहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको थियो । तीन खेलाडीहरुलाई कोरोना पोजिटिभ देखिएपछि क्यानले पाँच अन्य खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको बुधबार नै जानकारी दिएको छ ।
थप प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरुमा बिक्रम सोब, अनिल साह, कुशल भुर्तेल, रित गौतम र लोकेश बम रहेका छन् ।