Corona Virus

‘दर्शक नभइ क्रिकेट खेल्नु दुलहीबिना बिहे गर्नु जस्तो’

Published

on

पाकिस्तानका पुर्व तिब्र गतिका बलर शोएब अख्तरले खाली रँगशालामा क्रिकेट खेल्नु दलहीबिना बिहे गर्नु जस्तै भएको बताएका छन् ।

कोरोना भाइरसको कारण स्थगित भएका कतिपय प्रतियोगिता दर्शकबिना सुचारु हुन थालेका छन् भने क्रिकेट पनि अब केही समयका लागि खाली रँगशालामै खेलाइने निश्चित नै छ । खेलको रोमाञ्च फर्काउन र क्रिकेटलाई चलायमान बनाउन कतिपय कोरोना प्रभावित राष्ट्रहरु खाली रँगशालामै प्रतियोगिता गराउन तयारी गरिरहेका छन् तर अख्तरलाई भने यो चित्त बुझेको छैन ।

“क्रिकेट बोर्डहरुको लागि खाली रँगशालामा प्रतियोगिता गराउनु उचित र टिकाउ लाग्न सक्छ । तर हामीले यसलाई बजार दिन सक्छौं जस्तो मलाई लाग्दैन । यो तर दुलहीबिना बिहे गर्न गइरहेको जस्तो स्थिति हो । हामीलाई खेल्नका लागि दर्शक चाहिन्छ । आशा गरौ कोरोनाको कहर समाप्त हुदै एक बर्ष भित्र स्थिति सामान्य बन्नेछ,” अख्तरले हेलो लाइभमा भनेका छन् ।

यसअघि भारतीय कप्तान बिराट कोहलीले पनि दर्शकले भरिएको रँगशालामा देखिने गरेको खेलको जादु र उत्साह खाली स्टेडियममा हुनै नसक्ने बताएका थिए ।

सोमबार भएको प्रत्यक्ष अन्तरकृयामा अख्तरले २००३ को बिश्वकपमा भारतीय ब्याटिङ्ग लिजेण्ड सचिन तेन्दुल्करले पाकिस्तानबिरुद्धको खेलमा आफ्नो शतक पुरा गरुन भन्ने चाहेको पनि बताए । दक्षिण अफ्रिकाको सेन्चुरियनमा भएको उक्त खेलमा उत्कृष्ट लयमा ब्याटिङ्ग गरिरहेका सचिन ९८ रनमा अख्तरकै बलमा आउट भएका थिए ।

यद्दपी खेल भने भारतले नै ६ विकेटले जितेको थियो । “जब सचिन आउट भए म निकै दुखी भएको थिए । त्यो एउटा बिशेष इनिङ्गस थियो र सचिनले शतक पुरा गर्नुपर्ने थियो । मैले उनले शतक पुरा गरुन भनेर नै सोचेको थियो । मैले फालेको बलमा उनले पहिले जस्तै छक्का हानुन भनेर सोचेको थिए तर आउट हुन पुगे,” अख्तरले भने ।

Click to comment

Trending