Headline

मेवेदरलाई रिङ्गमा भिड्दै हराउने म्याक्ग्रेगरको दाबी

Published

on

अमेरिकन बक्सिङ्ग किँग फ्लोयड मेवेदर र मिक्सड् मार्सल आर्ट्स अल्टिमेट फाइटिङ्ग च्याम्पियनसिप (युएफसी) का आइरिस फाइटर कोनोर म्याक्ग्रेगर रिङ्गमा फेरि भिडेको हेर्ने धेरैको चाहना छ ।

व्यवसायिक बक्सिङ्गमा डेब्यु गर्ने क्रममा म्याक्ग्रेगर २०१७ मा युएफसीको अक्टागनबाट बाहिर निक्लदै रिङ्गमा उत्रिए । त्यो फाइट बक्सिङ्ग इतिहासकै सबैभन्दा धेरै पैसा कमाइएको खेल बन्यो । र पराजित भए म्याक्ग्रेगर ।

मेवेदरले म्याक्ग्रेगरलाई लास भेगासमा दशौं राउण्डमा पराजित गरेपछि अमेरिकन बक्सरले आफ्नो अन्तिम खेल खेलेका थिए । त्यो फाइटको केही समयपछि मेवेदरले अब रिङ्गमा नफर्किने बताएपनि म्यक्ग्रेगरसँगको बाउटलाई मनोरेञ्जन र व्यापार भन्दै ढोका भने खुलै राखेका थिए ।

केही दिनअघि पुर्व बिश्व हेभिवेट च्याम्पियन माइक टाइसनले म्याक्ग्रेगरको बक्सिङ्ग क्षमता कदर गरेपछि आइरिस फाइटर अहिले पुरै जोशमा आएका छन् । म्याक्ग्रेगरले मेवेदरसँगको रिम्याचलाई भएरै छाड्ने बताउदै यस पटक भने परिणाममा फरक पारेर देखाउने बताएका छन् ।

म्याक्ग्रेगरले ट्विटरमा लेखेका छन्ः “धन्यबाद माइक, र मैले फ्लोयडको शैली बारे थाहा पाइसक्नुका साथै पुरानो प्रशिक्षकले सिकाएको बक्सिङ्गका आधारमा अब भएरै छाड्ने फाइटमा उनलाई म हराइ छाड्ने छु । म मेरो जिन्दगीको कसम नै खान्छु । तपाई फर्किएको देख्दा खुशी पनि लागेको छ आइरन माइक ।”

लास भेगासको त्यो फाइटमा निकै कमले मात्र म्याक्ग्रेगरले उत्कृष्ट प्रदर्शन गरेको बताउदै आएपनि धेरैले भने मेवेदरले खेलाची गरिदिएको बताएका छन् । मेवेदरका केही समर्थकहरुले त उनले म्याक्ग्रेगरलाई केही राउण्ड जित्न दिएको पनि भनेका छन् ।

युएफसीका निकै खतरनाक फाइटर मानिने म्याक्ग्रेगरलाई २०१८ अक्टोबरको लाइटवेट च्याम्पियनसिपको फाइनलमा रसियाका खबिब नुर्मागोमेदोभले हराएका थिए । युएफसी इतिहासकै अहिलेसम्मको घिनलाग्दो रुपमा सक्किएको उक्त फाइटमा खबिबले जितेपछि दुवै पक्षबीच निकै लामो समयसम्म हानाहान भएको थियो ।

त्यो झगडाको जरा भने यसअघि नै म्याक्ग्रेगरको टोलीले खबिबको टिमलाई पार्किङ्गमा आक्रमण गर्नु रहेको थियो । फाइटरको फेस अफमा पनि निकै आक्रमक रुपमा प्रस्तुत हुने गरेका म्याक्ग्रेगर त्यो घट्ना पछि भने लामो समय शान्त रहेका छन् ।

म्याक्ग्रेगर र मेवेदरबीचको खेल हुने नहुने अहिले नै टुँगो नलागेपनि समर्थकहरु भने सोचेरै पनि बिभाजित भइसकेका छन् ।

2 Comments

Trending