Connect with us

Headline

कोनोर म्याकग्रेगरद्वारा आफैलाई युएफसीको दोश्रो उत्कृष्ट फाइटर घोषणा

wesportz

Published

on

आइरिस फाइटर कोनोर म्याकग्रेगरले आफुले आँफैलाई अल्टिमेट फाइटिङ्ग च्याम्पियनसिप (युफसी) इतिहासकै दोश्रो उत्कृष्ट खेलाडी रहेको घोषणा गरेका छन् ।

मिक्सड मार्सियल आर्टसका फाइटर म्याकग्रेगरले पहिलो नम्बरमा भने ब्राजिलियन एन्डरसन सिल्वालाई राखेका छन् ।

३१ बर्षिय म्याकग्रेगरले ट्विट गर्दै एन्डरसनलाई युएफसीको उत्कृष्ट बताएका थिए । एन्डरसनलाई उत्कृष्ट घोषित गरे पनि आफूले सन्यास लिनुअघि सिल्वालाई आरामले उछिन्ने दावी पनि गरेका छन् । मिडियामा आक्रमक रुपले प्रस्तुत हुने गरेका म्याकगे्रगरले केही दिनअघि अर्को ट्विट मार्फत आफू बक्सिङ्ग रिङ्गमा उत्रदै अमेरिकी बक्सर फ्लोएड मेवेदरलाई हराउने दाबी गरेका थिए ।

म्याकग्रेगरले जनवरीमा भएको आफ्नो अन्तिम फाइटमा डोनाल्ड सेरोनलाई युएफसी २४६ मा हराएका थिए । “दुई वटा डिभिजनमा पाएको सफलता र एकमा डिभिजन च्याम्पियन भएका कारण मेरा लागि एन्डरसन सिल्वा एमएमएका नम्बर १ खेलाडी हुन्,” म्याकग्रेगरले लेखेका छन् ।

म्याकग्रेगरका अनुसार भने उनले युएफसीको दुई डिभिजन फेदरवेइट र लाइटवेइटमा देखाएको खेलहरुले उनलाई एन्डरसनपछि उत्कृष्ट बनाएको छ । म्याकग्रेगरको युएफसीमा २२ जित र ४ हारको रेकर्ड रहेको छ ।

“मैले तीन वटा डिभिजनमा देखाएको खेल जस्मा दुई डिभिजनमा म च्याम्पियन भएको छु त्यही भएर म एन्डरसन भन्दा मात्र पछाडी छु । तर अहिले पनि म सकृय भएकाले मेरो नम्बर एक स्थान सुरक्षित रहेको छ,” उनले भने ।

Headline

पछिल्लो दुई युरो कप च्याम्पियन नै कतार बिश्वकपमा नहुन सक्छन्

wesportz

Published

on

२०२२ को कतार बिश्वकपको युरोपियन प्लेअफमा तीन ठूला टिम एकै समुहमा परेपछि इटाली र पोर्चुगल नै बाहिरिने सम्भावना रहेको छ ।

प्लेअफको समुह बी मा इटाली र पोर्चुगलसँगै टर्की पनि रहेको छ । इटालीले नर्थ मेसेडोनिया र पोर्चुगलले टर्कीसँग खेल्ने छन् । दुई खेलको बिजेताले एक आपसमा खेल्ने छन् । एउटा कुरा के स्पष्ट छ भने टर्की पराजित हुने हो भने पछिल्लो दुई युरो कप बिजेता मध्ये एक बिश्वकपमा हुने छैनन् ।

टर्कीले उत्कृष्ट प्रदर्शन गर्न सक्ने हो भने दुवै टोली बाहिरिने सम्भावना पनि कायम छ । इटाली युरो कप च्याम्पियन र पोर्चुगल २०१६ को बिजेता हो ।

इटाली २०१८ को बिश्वकपका लागि पनि प्लेअफ बाटै बाहिरिएको थियो । इटाली ६० बर्षमा पहिलो पटक बिश्वपमा छनोट नभएको हो । पोर्चुगलले १९९८ को बिश्वकप छुटाए यता हरेक प्रमुख प्रतियोगिताहरु खेल्दै आएको छ ।
छनोटको पहिलो चरणमा इटाली नर्दन आयरल्याण्डसँग बराबरीमा रोक्किएपछि स्विट्जरल्याण्डले बिश्वकपमा स्थान बनाएको थियो भने पोर्चुगल सर्बियासँग पराजित हुन पुगेको थियो ।

पोर्चुगल प्रशिक्षक फर्नान्डो सान्टोसले आफ्नो टोलीको पहिलो लक्ष्य मार्चमा हुने प्लेअफमा टर्कीलाई नै हराउनु रहेको बताएका छन् । उनीहरु कहिले राम्रो खेल्छन् कहिले खेल्दैनन् । टर्की यस्तो टोली हो जसले सधै अर्को टिमको लागि काँडा हुने गर्छ । तर म बिश्वकपमा छनोट हुनेमा भने बिश्वस्त छु, सान्टोसले भने ।

प्ले अफको अर्को समुहमा वेल्स र स्कटल्याण्डको फाइनलमा भेट हुन सक्छ । वेल्सले अष्ट्रियसँग खेल्ने छ भने स्कटल्याण्डले युक्रेनको सामना गर्नेछ । १९९८ यता स्कटल्याण्ड बिश्वकपमा छनोट हुन सकेको छैन । वेल्स ६४ बर्षमा पहिलो पटक बिश्वकप खेल्ने प्रयासमा हुनेछ ।

यस्तै रुसले अर्को समुहमा पोल्याण्डको सामना गर्नेछ भने स्विडेनले चेक रिपब्लिकसँग खेल्नेछ । रुसले हालसम्म घरेलु मैदानमा जम्मा एक पटक मात्र बिश्वकप छनोटको खेल हारेको छ र त्यो सन् २००९ मा जर्मनीबिरुद्ध रहेको थियो ।

Continue Reading

Headline

ए डिभिजन लिगमा संकटाको पहिलो जित

wesportz

Published

on

प्रतिस्पर्धात्मक खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबलाई २–१ ले पराजित गरेको छ ।

पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको संकटाले दशरथ रँगशालामा फ्लड लाइट मुनि स्पष्ट नतिजा निकाल्यो । दुवै तर्फबाट गोलका लागि निरन्तर प्रयास भएपनि फ्रेण्ड्सले पहिलो हाफ अघि अग्रता लिएको थियो ।

फ्रेण्ड्सका लागि कप्तान तथा पुर्व राष्ट्रिय टोली मिडफिल्डर प्रकाश बुढाथोकीले गोल गरे । प्रकाशले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहार सुन्दर गोलमा परिणत भएको थियो । लगत्तै संकटाका निरज बस्नेतको प्रहारलाई फ्रेण्ड्स गोलकिपर राहुल यादवले बचाएका थिए ।

निरजको मिहिनेत दोश्रो हाफमा सफल भयो । ५७ औं मिनेटमा सुभाष गुरुङको कर्नरमा निरजले हेडरमार्फत गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए ।

८६ औं मिनेट नेपाली लिगका अनुभवी अफ्रिकी खेलाडी फोडे फाफोनाले भलिमा गोल गर्दै संकटाको लागि निर्णायक गोल गरे ।

निरज खेलको म्यान अफ द म्याच पनि घोषित भए । फ्रेण्ड्सले पहिलो खेलमा सातदोबाटो युवा क्लबसँग बराबरी खेलेको थियो ।

Continue Reading

Headline

वसिरको उत्कृष्ट फिनिसिँगमा लुम्बिनीको एक विकेटको सनसनीपूर्ण जित

wesportz

Published

on

सुदुर पश्चिम प्रदेशमाथि एक विकेटको सनसनीपूर्ण जित हात पार्दै लुम्बिनी प्रदेशले अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोश्रो जित हात पार्यो ।

मुलपानी क्रिकेट मैदानमा ब्याटिङ्गबाट उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्किएको सुदुर पश्चिमले ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ४० रन बनायो । जवाफमा लुम्बिनीले ४८.३ ओभरमा ९ विकेटको क्षतिमा जित हात पार्यो ।

खेलको अन्त्य तिर अर्को पुनरागमन गर्ने देखिएको सुदुर पश्चिमलाई निराश पार्ने काम वसिर अहमदले गरे । मात्र एक विकेट हातमा रहँदा १२ बलमा ७ रन चाहिएको स्थितिमा वसिरले आकाश चन्दलाई पहिलो बलमा छक्का र तेश्रो बलमा चोका प्रहार गर्दै लुम्बिनीलाई सनसनीपूर्ण जित दिलाए ।

उनी ४० रनमा नटआउट रहे । चुनौतिपूर्ण योगफल पछ्याउने क्रममा सकारात्मक शुरुवात गरेको लुम्बिनीका लागि कप्तान देव खनाल र आकाश त्रिपाठीले पहिलो विकेटका लागि ४१ रन जोडेका थिए । देवले त्यसपछि बिराट भण्डारीसँग ६० रनको अर्को साझेदारी गरे ।

बिराट ३२ बलमा ३२ रन बनाउदै दुर्भाग्यपूर्ण रुपमा रनआउट हुन पुगे । उनले पाँच चौका प्रहार गरेका थिए । देवसँग ३९ रनको साझेदारी गरेका बिशाल बिक्रम केसीले २० रन बनाए । त्यसपछि सुदुर पश्चिमले बिशाल र प्रज्वल थापाको विकेट लिदै खेलमा फर्कियो ।

अर्को एण्डबाट देवले लुम्बिनीको पारी सम्हाल्ने काम गरे । तर आकश चन्दले उनको विकेट लिएपछि लुम्बिनीको इनिङ्गस धर्मराउन थालेको थियो । देवले १ सय ३२ बलमा ८ चौका र तीन छक्का प्रहार गरे ।

मुलपानीमा यसअघि गण्डकी प्रदेश बिरुद्ध ७ विकेट लिएका मोहम्मद हुसैनले आफ्नो पहिलो दुई ओभरमा चार विकेट लिएपछि सुदुर पश्चिमले आफ्नो पहिलो पाँच विकेट मात्र ११ रनमा गुमाएको थियो ।

ओपनरद्वय गजेन्द्र बोहोरा र खडक बोहोरासँगै लोकेश बम र नरेन्द्र साउद खाता नखोली पेभिलियन फर्किएका थिए ।

बिहिबार प्रदेश २ बिरुद्ध शतक प्रहार गरेका अर्जुन साउद (१६) र बसन्त कार्कीले छैटौं विकेटका लागि ६६ रनको पार्टनरसिप गर्दै सुदुर पश्चिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर बसन्तले अद्र्धशतक प्रहार गरेपनि सुदुर पश्चिमले अर्जुन र उनलाई गुमाउदा मात्र १ सय १० रन बनाएको थियो ।

त्यसपछि सुदुर पश्चिमले उत्कृष्ट पुरागमन गर्यो । नारायण जोशी र राहुल भण्डारीले आठौं विकेटका लागि ८८ रन जोड्दै सुदुर पश्चिमलाई २ सय रन नघाए भने शेर मल्लले १८ बलमा २४ रन बनाउदा टिमले चुनौतिपूर्ण योगफल बनायो ।

नारायणले ७४ बलमा चार चौका र तीन छक्काको मद्दतमा ६५ रन बनाए । राहुलले ५९ बलमा ३७ रन जोडे । बसन्तले ७६ बलमा ५७ रन बनाउदा चार चौका र दुई छक्का प्रहार गरे ।

हुसैनले लुम्बिनीका लागि चार विकेट लिए भने दुगेश गुप्ताले दुई विकेट हात पारे ।

Continue Reading
Headline3 hours ago

पछिल्लो दुई युरो कप च्याम्पियन नै कतार बिश्वकपमा नहुन सक्छन्

Headline18 hours ago

ए डिभिजन लिगमा संकटाको पहिलो जित

Headline21 hours ago

वसिरको उत्कृष्ट फिनिसिँगमा लुम्बिनीको एक विकेटको सनसनीपूर्ण जित

Headline21 hours ago

सोनुको शतकमा प्रदेश १ को लगातार तेश्रो जित

Headline22 hours ago

ए डिभिजन लिगः नवप्रवेशी सातदोबाटोसँग थ्रि स्टार स्तब्ध

Headline23 hours ago

लगातार तेश्रो जित हात पार्दै नेपालको शिर्ष स्थान कब्जा गर्ने आशा कायमै

Headline1 day ago

नेपाललाई मलेसियाले दियो ९३ रनको चुनौतिपूर्ण लक्ष्य

Headline1 day ago

प्याट कमिन्स अष्ट्रेलियाका नयाँ टेस्ट कप्तान

Headline2 days ago

आदिलको सनसनीपूर्ण ब्याटिँगमा प्रदेश २ को सुदुरमाथि अविश्वसनीय जित

Headline2 days ago

नेपालको अर्को बिशाल जित, कुवेत २७ रनमै अलआउट

Headline11 months ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline1 year ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline2 years ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline1 year ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline1 year ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline1 year ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline10 months ago

फुटबलमा थापिएका ५ अचम्मका बाजीहरु

Headline7 months ago

किरणले नियन्त्रण गुमाए, पेनाल्टी दिए, पेनाल्टी बचाए

Headline1 year ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline1 year ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Trending

error: Content is protected !!