Corona Virus

दर्शक बिनाको फुटबल बुढाहरुले खेले जस्तैः थोमस मुलर

Published

on

जर्मन बुन्डेसलिगा अन्तर्गत युनियन बर्लिन बिरुद्धको खेल पछि बायर्न म्युनिखका खेलाडी थोमस मुलरले ठट्टा गर्दै खाली रँगशालामा खेल्दा बुढाहरु खेले जस्तै अनुभब भएको बताएका छन् ।

“बुढाहरुको फुटबल; साँझ सात बजे त्यो पनि फ्लड लाइटमा,” मुलरले ठट्यौली पारामा भने । रोबर्ट लेवान्डोस्की र बेञ्जामिन पावार्डले गोल गरेपछि बायर्नले बुन्डेसलिगामा आफ्नो स्पष्ट अग्रतालाई कायमै राखेको थियो । बर्लिनमा भएको खेलमा युनिय बर्लिनलाई २–० ले पराजित गर्दै बायर्नले ४ अंकको अग्रता फर्काएको हो

शनिबार रोकिएको सिजन सुचारु हुदाको पहिलो खेलमा बोरुसिया डर्टमन्डले साल्केलाई ४–० ले पराजित गरेपछि बायर्नको अग्रता एक अंकमा घटेको थियो । कोरोनाका कारण रोकिएपछि सुचारु भएको बुन्डेसलिगा युरोपको प्रमुख व्यावसायिक प्रतियोगितामध्येको पहिलो हो ।

मुलरले बर्लिनको रँगशालामा सधैं २२ हजार समर्थकबीच खेल्ने गरेको तर आइतबार समर्थकहरुको अनुपस्थितिमा खेल्दा छुट्टै अनुभुती हुनुको साथै अनौठो लागेको पनि जनाए । ”

“हामी रँगशाला छिर्दा त्यहाँ केहि पुतलीहरु पनि थिए । खेल कस्तो हुन्छ होला जस्तो भएको थियो । अघिल्लो सिजनहरु रोकिए पछि अगस्टमा लिगमा फर्कदा जस्तै भयो,” मुलरले भने । “मलाई केहि अप्रिय होला भन्नेमा केहि चिन्ता लागेको थिएन । किनकी हामीलाई पहिले नै सबै कुरा स्पष्ट पारिएको थियो । हामी जस्तै बर्लिन पनि खेल अघि हात नमिलाउने कुरामा स्पष्ट थियो ।”

Click to comment

Trending