Headline

बायर्नको अग्रता कायमै, बलिर्न २–० ले पराजित

Published

on

रोबर्ट लेवान्डोस्की र बेञ्जामिन पावार्डले गोल गरेपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा आफ्नो स्पष्ट अग्रतालाई कायमै राखेको छ ।

बर्लिनमा भएको खेलमा युनिय बर्लिनलाई २–० ले पराजित गर्दै बायर्नले ४ अंकको अग्रतालाई कायमै राखेको हो । शनिबार रोकिएको सिजन सुचारु हुदाको पहिलो खेलमा बोरुसिया डर्टमन्डले साल्केलाई ४–० ले पराजित गरेपछि बायर्नको अग्रता १ अंकमा घटेको थियो ।

खाली रँगशाला, डगआउटमा मास्क लगाएका खेलाडीहरु र शान्त माहौल गोलको खुशियालीकाबीच भएको खेलमा लेवान्डोस्कीले बायर्नलाई खेलको ४० औं मिनेटमा पेनाल्टी मार्फत अग्रता दिलाएका थिए । लेवान्डोस्कीको बायर्नका लागि यो सिजन ३४ खेलमा ४० औं गोल थियो ।

पाभार्डले ८१ औं मिनेटमा जोसुवा किमिचको कर्नरमा गोल गर्दै बायर्नको तीन अंक सुनिश्चित गरेका थिए । कोरोना भाइरसका कारण सामाजिक दुरी कायमै राख्नको लागि निर्देशन भएपनि पाभार्डले डेविड आलाबसँग अंकमाल गर्दै गोलको खुशीयाली मनाएका थिए ।

आफ्ना ससुराको मृत्यु भएपछि युनियन बर्लिनका प्रशिक्षक अर्स फिसरले क्वारेन्टिन नियम तोड्दै आइतबारको खेल छोडेका थिए । अर्को खेलमा कोलोनले माइन्जसँग २–२ गोलको बराबरी खेलेको थियो ।

1 Comment

Trending