Corona Virus

फुटबल फर्किएको दिन डर्टमन्डको शान्दार जित

Published

on

युरोपमा दुई महिनापछि फर्किएको फुटबलमा बोरुसिया डर्टमन्डले उत्कृष्ट प्रदर्शन गरेको छ ।

जर्मन बुन्डेसलिगाको रुह्र डर्विमा डर्टमन्डले साल्केलाई ४–० को फराकिलो अन्तरले हरायो । कोरोना भाइरसका कारण रोकिएको बुन्डेसलिगा शनिबार युरोपमा सुचारु हुने माथिल्लो श्रेणीको पहिलो फुटबल प्रतियोगिता बनेको हो ।

युरोपका अन्य ठूला देशहरुको तुलनामा जर्मनीमा कोरोना भाइरसका कारण कम मृत्यु भएको छ । जर्मन फुटबल लिगले चान्सलर एन्जेल मार्केलसहित अन्य क्षेत्रीय नेताहरुलाई संक्रमण रोक्नका लागि अत्यन्तै कडा निर्देशिका अपनाउदै प्रतियोगिता आयोजना गर्नेमा बिश्वस्त गराएपछि बुन्डेसलिगा फर्किएको हो।

शनिबार नै भएका अन्य खेलमा उल्फ्सबर्ग र हर्था बर्लिन बिजयी भएका छन् । दर्शक अनुपस्थित रहेको इडुना पार्कमा डर्टमन्ड साल्केमाथि हावी रह्यो । खेलको २८ औँ मिनीटमा थोर्गन हजार्डले दिएको पासलाई एर्लिङ हालान्डले जाली चुमाएका थिए ।

अर्को गोल भने ४५ औँ मिनेटमा राफेल गुरेरोले गरेका थिए । गुरेरोले जुलियन ब्रान्ड्टको पासमा गोल गर्न सफल भएका थिए । तेस्रो गोल भने ब्रान्ड्टकै पासमा हजार्डले गरे । उत्कृष्ट प्रदर्शनग गरेका गुरेरोले चौथो गोल गरे ।

आर बी लाइप्जिङ को घरेलु मैदानमा भएको खेलमा फ्राइबर्गले लाइपजिगलाई १–१ गोलको बराबरीमा रोक्यो । अस्वर्गलाई भने उल्फ्सबर्गले २–१ ले हरायो । अर्को खेलमा हर्था बर्लिनले होफेन्हाइमलाई ३–० ले हरायो ।

2 Comments

Trending