Headline

बिराट कोहली र रुबेल होसेनबीच एक दशकदेखिको ३६ को आँकडा

Published

on

अन्तर्राष्ट्रिय क्रिकेटमा स्लेजिङ्ग (बिपक्षीलाई मौखिक दुरुपयोग मार्फत होच्याउने) लाई एउटा राम्रो मनोबैज्ञानिक रणनीतिको रुपमा लिइने गरेको छ । यसलाई बिशेषगरि अष्ट्रेलिया र इङ्गल्याण्डका खेलाडीहरुले खेलको दौरान बिपक्षीको प्रदर्शनमा प्रभाव पार्नका लागि हतियारको रुपमा प्रयोग गर्ने गर्छन । यसले सधै काम गर्छ नै भन्ने चाही छैन । कुनै–कुनै खेलाडीहरुबीच भने लामो समयसम्म यसको प्रभाव रहन्छ र एक अर्कालाई होच्याउन कुनै मौका छोड्दैनन् ।

यस्तै लामो समयदेखि एक अर्काको शत्रुको रुपमा रहेका छन् भारतीय कप्तान बिराट कोहली र बङ्गलादेशी तिब्र गतिका बलर रुबेल होसेन । कोहली र होसेनबीचको ३६ को आकडा लामो समयदेखि नै चलि आएको छ ।

२०११ को क्रिकेट बिश्वकप होस या दक्षिण अफ्रिकामा भएको त्रिकोणात्मक श्रंखला, कोहली र होसेनबीचको घमासान कायम नै रहेको छ । २०११ को बिश्वकपमा भारत बङ्गलादेशबिरुद्ध ढाकामा खेलिरहेको थियो । त्यो समय टोलीको जुनियर खेलाडी नै रहेका कोहलीले तेश्रो विकेटका लागि ओपनर विरेन्दर सहवागसँग १ सय ३ रनको साझेदारी गरेका थिए ।

सहवागले १ सय ७० रन हानेपछि भारत पूर्ण रपमा हावी रहेको खेलमा बङ्गलादेशी बलरहरु हतोत्साहित भइसकेका थिए । होसेनको एउटा बललाई कोहलीले डिफेण्ड मात्रै गरे । बल सिधै होसेनको मा गयो र क्रिज छोडेको जस्तो देखिएका कोहलीको स्टम्पमा ताके । कोहलीले त्यसपछि होसेनलाई नराम्रो गाली गर्दै चुप लागेर बलिङ्ग गर्न भने ।

कोहलीले त्यो खेलमा नटआउट १ सय रन बनाएका थिए भने भारतले ३ सय ७० रन जोडेको थियो । खेलमा भारत ८७ रनले बिजयी भएको थियो ।

फिल्डमा निकै आक्रमक देखिने कोहलीको होसेनसँग त्यो पहिलो घट्ना भने थिएन । दुई खेलाडी अब फेरि एक अर्कासँग आपने सामने हुदा यसले अब १२ बर्ष पुरा गर्नेछ । हुसेनले हालै आफ्ना टिमका साथीहरुसँग गरिएको अन्तरकृयामा कोहलीसँग यो श्रंखला २००८ को अण्डर १९ बिश्वकप देखि चल्दै आएको बताए ।

“बिराट कोहलीबिरुद्ध मैले अण्डर १९ देखि खेल्दै आएको छु र यस्तै घट्ना अण्डर १९ बिश्वकपको दौरान पनि भइसकेको छ । उनले हाम्रो खेलाडीहरुलाई निकै धेरै स्लेजिङ्ग गर्ने गर्थे । अहिले त्यो कम हुन सक्छ,” भारतलाई कप्तानको रुपमा २००८ को अण्डर १९ बिश्वकप जिताएका कोहलीको बारेमा होसेनले सम्झिए ।

दक्षिण अफ्रिकामा एक पटक क्रिकोणात्मक श्रंखला अन्तर्गतको खेलमा कोहलीले निकै लामो समयसम्म स्लेजिङ्ग गरे । उनले निरन्तर हाम्रो ब्याट्स्म्यानहरुलाई गाली गरिरहेका थिए । हामीलाई थाहा छ त्यो कस्तो हुन्छ भनेर । मेरो कोहलीसँग झगडा नै पर्यो त्यसपछि अम्पायरहरु आएर रोक्नु परेको थियो, उनले भने ।

कोहलीलाई होच्याउने मौका होसेनले पनि छोडेका भने छैनन् । २०१५ को बिश्वकपमा होसेनले कोहलीलाई सस्तैमा पेभिलियन फर्काए । आफ्नो बदला पुरा गरेको महसुस गरेका होसेनले कोहलीतर्फ आक्रमक रुपले हेर्दै लामो समयसम्म खुशियाली मनाएका थिए ।

२०१९ को बिश्वकपमा पनि होसेनसँग बदला पुरा गर्ने मौका थियो जब उनले बर्मिङ्गममा मुस्तफिजुर रेहमानको बलमा कोहलीको क्याच समाते । तर यसपटक भने होसेनले सामान्य खुशियाली मात्र मनाएका थिए ।

Click to comment

Trending