Headline

अलपत्र परे रोनाल्डो

Published

on

इटालियन सिरी आ ले कोरोना भाइरसको प्रतिबन्धपछि फुटबलरहरुको प्रशिक्षण शुरु गर्न गइरहेको छ । कोरोनाका कारण लिग स्थगित भएपछि खेलाडीहरु आ–आफ्नो घर फर्किएका थिए र अब सबैतिर छरिएर रहेका खेलाडीहरु फर्किने क्रम जारी रहेको छ ।

साबिक बिजेता युभेन्टसले पनि सोमबारदेखि आफ्नो प्रशिक्षण शुरु गर्न गइरहेको छ तर उसले आफ्नो प्रमुख खेलाडी बिनै प्रशिक्षण गर्नु पर्ने भएको छ । पाँच पटकका बोलोन डिओर बिजेता तथा पोर्चुगिज स्टार क्रिष्चियानो रोनाल्डो युभेन्टसको प्रशिक्षणमा केही दिन नहुने भएका छन् । कारण हो लकडाउन ।

सिरी आ स्थगित भएपछि रोनाल्डो आफ्नो परिवारसँग पोर्चुगलको द्विप मदिरामा रहेका थिए । तर कोभिड–१९ को बन्दाबन्दीले गर्दा उनी त्यहाबाट निस्कन सकिरहेका छैनन् । रोनाल्डोलाई उनको नीजि बिमानले स्पेनबाट मदिरामा लिन आउनु पर्ने थियो र प्रशिक्षण अघि उनलाई टुरिन पुर्याउनु पर्ने थियो । तर स्पेनमा लकडाउनका कारण लगाईएको ट्राभल ब्यानका कारण उनको बिमानले लिन आउन सकेन ।

रोनाल्डो अब युभेन्टसको प्रशिक्षणका लागि अर्को साता मात्र इटाली पुग्नेछन् तर उनी त्यहा पुगेको अर्को दुई हप्ता पनि प्रशिक्षण गर्न सक्ने छैनन् । कोरोना भाइरसको महामारी कायमै रहेको इटालीमा बिदेशबाट आउने जो कोहीले पनि १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने नियम लगाइएको छ ।

Click to comment

Trending