Headline

नेपाली राष्ट्रिय फुटबल टोलीको ५ सम्झन लायक खेल

Published

on

नेपाली राष्ट्रिय टोली अहिले दक्षिण एसियाको शक्तिशाली फुटबल राष्ट्रमा पर्दैन । भारतको उपस्थिति सधै यस क्षेत्रका अन्य राष्ट्रहरुलाई दोश्रो स्थानमै सिमित गर्दै आइरहेको छ । कुनै समय नेपाली टोली निकै राम्रो हुने गथ्र्यो । तैपनि नेपालका बिशेष उपलब्धिहरु भने औलामा गन्न सकिने संख्यामा छ । सन् १९९३ को दक्षिण एसियाली खेलकुदको स्वर्ण र २०११–१२ मा ग्राहम रोबर्ट्स प्रशिक्षणमा प्राप्त फिफा बरियताको १ सय २१ औं स्थान नेपाली फुटबलले देखेको सबैभन्दा ठूलो सफलता मान्न सकिन्छ ।

प्रतिद्वन्दीका हिसाबले नेपालको लागि अझै पनि १९९३ को स्वर्ण पदक नै सबैभन्दा ठूलो उपलब्धि हो किनभने त्यो समय सबै सार्क राष्ट्रका सिनियर टोलीको सहभागिता रहने गथ्र्यो । दक्षिण एसिया बाहिर नेपालको उपलब्धि २०१६ को एफसी सोलीडारिटी कपको उपाधि हो । सोलिडारीटी कप एसियाको तेश्रो श्रेणीका राष्ट्रहरुबीचको प्रतियोगिता थियो ।

उपलब्धिका हिसाबले इतिहास गर्विलो नभएपनि नेपालमा फुटबलको क्रेज दक्षिण एसियामै तारिफ गर्न योग्य छ, यसको कारण हो अन्य स्थापित राष्ट्रमा फुटबललाई क्रिकेटले १ नम्बरको खेलकुदको रुपमा स्थानान्तरण गर्दै जानु । अण्डर २३ फुटबल नै भए पनि गत बर्ष भएको दक्षिण एसियाली खेलकुदको फाइनलमा १० हजार दर्शक दशरथ रंगशाला बाहिरको ठूलो स्क्रिनमा हेर्दै ट्राफिक नै रोकिनु यसको ज्वलन्त उदाहरण हो । नेपालले २०१६ मा भने आफूले कुनै खेल पनि हारेको थिएन । त्यो यस्तो समय थियो जब नेपालले लगातार तीन उपाधि जितेको थियो ।

यसै सन्दर्भमा विस्पोर्ट्जका गौरव फुयाल नेपालको सम्झन लायक ५ खेलहरुको बारेमा चर्चा गर्नेछन् ।


५. जोर्डनसँग १–१ ड्र (२०११ बिश्वकप तथा एसियाली खेलकुद छनोट, दशरथ रंगशाला)

२०१४ को बिश्वकप छनोटको खेलमा जोर्डनले नेपालसँग अम्मान स्टेडियममा खेल्दै थियो । अघिल्लो चरणमा टिमोर लेस्टेलाई सहज पराजित गरेको नेपालले प्रशिक्षक रोबर्टसको अत्यन्तै आत्मबिश्वासी अभिव्यक्तिपछि राम्रै परिणामको अपेक्षा राखेको थियो । तर नेपाली फुटबल समर्थक ९० मिनेटको खेलमा सिधै धरातलमा आईपुगेका थिए । १७ हजार घरेलु समर्थकको अगाडी नेपाल जोर्डनसँग ९–० को लज्जास्पद पराजय बेहोर्न पुग्यो ।

अवे खेलमा इज्जत गुमाएको नेपाली टोलीबाट होम खेलमा कमै आशा राखेका थिए । जुलाई २८ मा जोर्डन दशरथ रंगशालामा उत्रियो । ९–० को पराजय बिर्सदै टिमलाई पूर्ण समर्थन गर्न रंगशाला एक पटक फेरि खचाखच दर्शकले भरियो, लगातार परिरहेको पानीको कसैलाई वास्ता थिएन । पहिलो हाफ नबीत्दै बर्षाले उग्र रुप लियो र मैदान हिलाम्मे हुन पुग्यो ।

नेपालले सधैं पानि परेको बेला राम्रो खेल्छ भन्ने गरेको पाईन्छ र पहिलो हाफमा नेपालले जोर्डनलाई गोलरहित बराबरीमा रोक्यो पनि । तर दोस्रो हाफ शुरु भएको १० मिनेट नबित्दै जोर्डनका सइद अल मुज्रनले जोर्डनलाई १–० को अग्रता दिलाए । जोर्डनलाई रोक्न आफ्नै हाफमा बढी समय बिताएको नेपालले ८० औँ मिनेटमा भने भरत खवासको उत्कृष्ट प्रहारबाट रंगशालालाई गुञ्जायमान बनाए । सन्तोष साहुखलले दाँया बाट दिएको पासलाई भरतले सशक्त प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए । बाँकी को १० मिनेट जोर्डनलाई रोकेर खेलेको यो १–१ बराबरी एउटा बलियो टोलीबिरुद्धको सम्झन लायक खेल हो ।

२. भारतलाई टाइ ब्रेकरमा हराउदै स्वर्ण (१९९३ दक्षिण एसियली खेल्कुद, बङबन्धु रंगशला)

नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो अधिकारिक उपाधि बिदेशी भुमिमा जितेको थियो । यो यसकारण पनि बिशेष छ किनभने त्यो समय दक्षिण एसियाली खेलकुदको फुटबलमा सिनियर टोलीकै सहभागिता रहन्थ्यो । १९९३ मा ढाकामा भएको फाइनल निर्धारित र ३० मिनेटको अतिरिक्त समय २–२ गोलको बराबरीमा टुँगिएको थियो । नेपाली फुटबलको स्वर्ण युगको रुपमा हेरिएको यो बर्षमा राजुकाजी शाक्य, बालगोपाल महर्जन, उपेन्द्र मान सिंह, दिपक अमात्य र मणी शाह जस्ता दिग्गज फुटबलरहरुले राष्ट्रिय टोलीका लागि खेलेका थिए ।

बङ्गलादेश, मल्दिभ्स र भुटानलाई पन्छाउदै नेपाल फाइनल प्रवेश गरेको थियो । पेनाल्टी शुटआउटमा नेपालले भारतलाई ६–५ ले हराउदै इतिहास रच्न सफल भएको थियो । स्वदेश फर्केपछि नेपाली टोलीले बिशेष सम्मान पनि पाएको थियो ।

३. भारतबिरुद्ध २–१ ले बिजयी (२०१३ साफ च्याम्पियनसिप, दशरथ रंगशाला)

नेपालले झन्डै १६ बर्ष पछि साफ च्याम्पियनसिपको आयोजना गर्दै थियो । २०१३ मा १० औँ संस्करण आयोजना गरेको नेपाल समुह ए मा थियो । कठिन मानिएको समुहमा भारत, पाकिस्तान र बङ्गलादेश रहेका थिए । नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई २–० ले हराउदै शान्दार शुरुवात गरेको थियो । दोस्रो खेलमा पाकिस्तानलाई बिमल घर्ति मगरको अन्तिम मिनेटको गोलमा १–१ गोलको बराबरीमा रोकेको नेपालले अन्तिम खेल भारतसँग खेलेको थियो ।

तीन खेल खेलेको पस्किस्तान र दुई खेल खेलेको भरत र नेपालको समान चार अंक थियो । सेमिफाइनल प्रवेशका लागि नेपाललाई अन्तिम खेल जित्नै पर्ने दवाब थियो । २० हजार घरेलु दर्शक सामु भएको खेलमा नेपालले भरतलाई नमिठो हार चखायो । १९९८ यता नेपालसँग एक खेल पनि नहारेको भारतलाई नेपालले झण्डै डेढ दशकमा पहिलो पटक पराजयको स्वाद चखाएको थियो ।

पहिलो हाफ बाराबरी खेलेको नेपालले दोस्रो हाफमा भने रंगशाला तताएको थियो । ७० औँ मिनेटमा अनिल गुरुङले नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि लगातार प्रयास गरेको नेपालले १० मिनेट नबित्दै जुमनु राइको गोलमा अग्रता दोब्बर पार्यो । रबिन श्रेष्ठले बायाँबाट लगेको बलमा जुमानुले गरेको गोल टिम प्रयासको उत्कृष्ट नमुना थियो ।

भारतीय फर्वार्ड रविन सिँहले थपिएको अतिरिक्त समयमा सान्त्वना गोल फर्काए तर नेपालालई सेमिफाइनल प्रवेशबाट रोक्न त्यो पर्याप्त थिएन । लामो समयपछि भारतलाई आफ्नै भुमिमा पराजित गर्दा दर्शक रँगशाला बहिर चाड पर्वको माहौल बनेको थियो ।

४. बङ्गलादेशबिरुद्ध १–० को जित (२०११ साफ च्याम्पियनसिप, जवहरलाल नेहरु स्टेडियम)

यो खेल नेपालको लागि भएको एक मात्र बिजयी गोलका लागि सम्झनलायक छ । नेपालले २०११ को साफ च्याम्पियनसिपमा सजिलो समुह पाएको थियो । मल्दिभ्स, पाकिस्तान र बाङ्लादेश भएको समुहमा नेपालको सेमफाइनल यात्रा सजिलो मानिएको थियो । तर पहिलो खेलमै नेपाल मल्दिभ्ससँग १–१ को बाराबरी रोकियो । बङ्गलादेश समुहमा बलियो टोली मानिएको थियो र त्यही अनुरुप खेल अगाडी बढ्दै गयो ।

नेपालले पहिलो हाफ धेरै मौका श्रृजना गरे पनि गोल गर्न सकेको थिएन । ३ अंक आवश्यक रहेको नेपाली टोलीमा गोल गर्न नसक्दाको हतोत्साह स्पष्ट देखिन्थ्यो । ९० मिनेट भएपछि पाँच मिनेटको इन्जुरी समय थपियो । बङ्गलादेशी खेलाडीले थपिएको पाँच मिनेटको अन्तिम समयमा नेपाली डिफेन्डर रविन श्रेष्ठलाई लडाउदै सेन्टरबाट थोरै अगाडीमात्र फ्रि–किक दिए ।

फ्रि–किक प्रहारका लागि कप्तान सागर थापा । सबै खेलाडी डि–बक्समा पुगिसकेका करण सागरले बललाई सिधै पोस्टमा प्रहार गरे। बल धेरै माथि गएपछि बङ्गलादेशी गोलकिपर शाहीदुल आलमले बहिर जाने अन्दाज गर्दै आफ्नो पोजिसन छोड्दै बाहिर निक्एि । तर बलले दिशा परिवर्तन गर्दै घुमेर जाली चुम्न सफल भयो । त्यो अविश्वसनीय बिश्वस्तरीय गोल थियो जसलाई सामाजिक सञ्जालमा लाखौं पटक हेरिएको थियो ।

१. मकाउलाई हराउदै उपाधि (२०१५ एएफसी सोलिड्यारिटी कप, सारावक स्टेडियम)

एएफसीले पहिलो पटक आयोजना गरेको यो प्रतियोगिता नेपालको लागि सम्झन लायक रह्यो किनभने नेपाल पहिलो संस्करणमै च्याम्पियन बन्न पुग्यो । टेलिभिजन ब्रोडकास्टिङ्गको लागि खर्च उठाउन गरेको प्रतियोगिता भएपनि नेपालले यसको भरपुर फाईदा उठायो । २०१६ मा एक खेल पनि नहार्दै जितेको यो प्रतियोगितामा नेपालले फाइनलमा मकाउलाई १–० ले पराजित गरेको थियो ।

पानी परेकाले हिलाम्मे मैदानमा नेपालको लागि एक मात्र बिजयी गोल सुजल श्रेष्ठले खेलको २९ औँ मिनेटमा गरेका थिए । भरत खवासको क्रसमा गोल गर्दै सुजलले नेपाललाई उपाधि थमाएका थिए ।

Click to comment

Trending