Headline

इङ्गल्याण्ड र युनाइटेडको लिगेसीले चित्त बुझेन रुनीलाई

Published

on

एभर्टनमा जादुमयी खेल देखाएपछि सर एलेक्स फर्गुसनको नजरमा परेका १६ बर्षिय वेन रुनीलाई म्यान्चेस्टर युनाइटेडले भित्राउन त्यो समयको ठुलै रकम खर्चेको थियो । २००४ मा २५ दशमलव ६ मिलियन पाउण्डमा एभर्टनबाट युनाइटेड आएका रुनीको नाम त्यसपछि युनाइटेडको इतिहासमा सुनौलो अक्षरले लेखियो ।

युनाइटेडको रातो जर्सिमा १३ बर्ष बिताएका रुनी इङ्गलिस टिमको महत्वपूर्ण हिस्सा पनि बने । युनाईटेडका लागि ५५९ खेल खेल्दै रुनी २५३ गोलका साथ क्लब इतिहासको सर्वाधिक गोलकर्ता हुन पुगे । यस त्रममा उनले १९९६ का विश्वकप बिजेता सर बबी चार्लटनलाई पछि पारे ।

यतिमा मात्र नथामिएका रुनी इङ्गल्याण्डको लागि ५३ गोलसहित सर्वाधिक गोलकर्ता पनि रहे । रुनी कहिले पनि नेचुरल स्ट्राइकर भने थिएनन् । विश्वकप नजिते पनि इङ्गलिस फुटबलका सर्वकालीन महान खेलाडी बनेका रुनी भने सन्तुष्ट भएनन् । रुनीलाई लाग्छ उनले आफ्नो करिअरमा अझ धेरै गोल गर्नुपर्ने थियो ।

सन्डे टाइम्ससँग कुरा गर्दै रुनी भन्छन्ः “तपाईंलाई आश्चर्य लाग्ला तर म नेचुरल गोलकर्ता भने हैन । मैले कहिले आफुलाई ग्यारी लिनेकर र रुड भान निस्टलरोय जसरी हेरिन । हो, मैले युनाइटेड र इङ्गल्याण्डका लागि सर्वाधिक गोल गरेको छु । त्यो कुरामा म गर्व गर्छु तर यहाँ म भन्दा राम्रो खेलाडीहरु पनि छन् ।”

नेचुरल स्ट्राकर नभएर पनि उनि कसरी सर्वाधिक गोलकर्ता भए त ? उनी भन्छन: “मैले युनाइटेडका लागि १३ र इङ्ल्यान्डका लागि १५ बर्ष खेले । त्यो ठुलो समयमा म सँग धेरै मौका थिए त्यही कारण मैले धेरै गोल गर्न सफल भएको थिए । यस क्रममा मैले अझै धेरै गोल गर्नु पर्ने थियो ।”

३४ बर्षिय रुनी आफ्नो किर्तिमानलाई वर्तमान इङ्गल्याण्ड कप्तान ह्यारी केनले तोड्न सक्ने मान्छन् । “ह्यारी केनलाई यो रेकर्ड तोड्न धेरै समय लाग्ने छैन । उनले यो रेकर्ड तोडेको दिन मेरो लागि खुसीको दिन हुने छ ।”

क्लब जीवनमा धेरै खेल खेलेरै उनले चार्लटनको किर्तिमान भङ्ग गरेको बताउदै उनले भनेः यदी मेरो स्थानमा लियोनल मेस्सी या क्रिश्चियानो रोनाल्डो भएका भए उनीहरुलाई शायद ४–५ बर्ष पनि लाग्दैन थियो होला ।

Click to comment

Trending