Euro 2020

युरो कप सार्न इटालीको आग्रह

Published

on

इटालीयन फुटबल महासंघले कोरोना भारसका कारण स्थगित गरिएको इटालियन सिरी आ पुरा गर्नको लागि युरोपियन च्याम्पियनसिपको मिति पछाडी सार्न आग्रह गरेको छ ।

मङ्गलबार हुने युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको आपातकालीन बैठकाको दौरान यस्तो आग्रह गरिने महासंघका अध्यक्ष ग्याब्रिएले ग्रभिनाले बताएका छन् । सिँगै इटालीललाई कोरोनाले ठप्प बनाउदा सिरी आ सहित सम्पुर्ण फुटबल गतिविधिहरु पनि बन्द भइसकेको छ ।

इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संन्ख्या १९ सय पुग्न लागिसकेको छ । “क्लबहरुले गरेको लगानी र त्यागलाई मध्येनजर गर्ने हो भने हामी सिरी आको सिजन समाप्त गर्न चाहन्छौं । यसको लागि युरोपियन च्याम्पियनसिपको मिति धकेल्न युइएफएको बैठकमा कुरा गर्नेछौं,” ग्रभिनाले बताए ।

भिडियो कन्फेरेन्समार्फत मङ्गलाबार हुने बैठकका लागि युइएफएले आफ्ना ५५ सदस्य राष्ट्रका प्रतिनीधिहरुलाई निमन्त्रणा दिएको छ । युरो कप जुन १२ देखि जुलाई १२ सम्म युरोपका बिभिन्न १२ शहरहरुमा हुन गइरहेको छ । पहिलो पटक दुई भन्दा बढी देशले यो प्रतियोगिता संयुक्त रुपमा आयोजना गर्न गइरहेका हुन् ।

Click to comment

Trending