राष्ट्रिय

झम्सीखेलले पहिलो जित निकल्दा श्री कुमारी पराजित

Published

on

भुवन राइ र मदन स्यङ्तानले श्री कुमारीको डिफेन्डरले गरेको गल्तीको फाईदा उठाउदै गरेको गोलको मद्धतमा झम्सीखेल युथ क्लबले श्री कुमारी क्लबलाई २-० गोलले हराएको छ।

सातदोबाटो स्थित एन्फा क्मप्लेक्समा भएको खेलमा झम्सीखेलका लागि ७१ औँ मिनेटमा भुवन राइ र अतीरिक्त समयमा मदन स्यङ्तानले गोल गर्दै झम्सीखेललाई महत्वपूर्ण तीन अंक दिलाउन सफल भएका हुन।

झम्सीखेल खेलको पहिलो मिनेटमै आग्रता लिने आवसर चुकाउन पुगेको थियो। भुवन राइले गरेको प्रहार अकसीन पुगेको थियो। दुबै टोलीद्वारा उतिकै आक्रमणका प्रयास गरे पनि सफल भने हुन सकेका थिएन। ३८ औँ मिनेटमा श्री कुमारीका सनम तमाङले गरेको प्रहारले जली चुम्न भने सकेन। पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रोहाफको तेस्रो मिनेटमै अनिल चौधरीले गोलकिपरलाई बिट गराएर गरेको प्रहारलाई गोललाइनबाट झम्सीखेलका डिफेन्डर रेवत राम भण्डारीले क्लियर गर्न सफल भएका थिए।

दोस्रोहाफमा झम्सीखेल माथी हावी रहेको श्री कुमारीका श्याम चौधारीले ५० औँ मिनेटमा उत्कृष्ट मौका गुमाउन पुगेको थिए। कर्नरमा अनमार्क रहेको अवस्थामा खुट्टामै आएको बललाई उन्ले दिशा दिन सकेनन। ५२ औँ मिनेटमा मदन स्यङ्तानले गरेओ प्रहारलाई श्री कुमारीका गोलकिपर अनिश देउलाले बचाएका थिए। ५३ औँ मिनेटमा फेरी पनि राम्रो मुभ बनाएको झम्शिखेलका मदन स्यङ्तानले पाएको मौकालाई सदुपयोग गर्न सकेनन। ६८ औँ मिनेटमा भने झम्सीखेललाई झट्कालाग्न पुगेको थियो। ३५ औँ मिनेटमा पहिलो पहेंलो कार्ड खाएका झम्सीखेलका सुनिल शाहीले ६८ औँ मिनेटमा मनिष खड्कालाई डिबक्स बहिर लडाए पछी रातो कर्ड खाँदै मैदान छोड्नु परेको थियो। ७१ औँ मिनेटमा भने गोलको खाडेरी टोड्ने क्रममा झम्सीखेलका भुवन राइले डिफेन्डरको गल्तीको फाईदा उठाउदै टोलीलाई १-० को अग्रता दिलाएका थिए। ७७ औँ मिनेटमा सनम तमाङले दिएको क्रसलाई मिशान लामाले पोस्टको दिशा दिन सकेनन। अतीरिक्त समयमा मदन स्याङ्तानलाई श्री कुमारीका डिफेन्डरले अनमार्क छोडेको अवस्थामा गरेको लामो प्रहार सिद्धै जाली चुम्न सफल भएको थियो।

जित सँगै झम्सीखेल ४ अंकका लिगको सतौँ स्थानमा उक्लेको छ भने श्री कुमारी एक स्थान तल झर्दै ३ अंकका साथ आठौँ स्थानमा झरेको छ।

Click to comment

Trending