Headline

नेपाली क्रिकेट समर्थकहरुमा प्यासन छः इपिएल खेल्न लागेका टिम डेविड

Published

on

अष्ट्रेलियन बिग ब्यास लिगको अनुभव बटुलिसकेका टिम डेविडले सिँगापुर क्रिकेटलाई नयाँ उचाइमा पुर्याएका छन् । डेविडकै उत्कृष्ट प्रदर्शनमा सिँगापुरले थाइल्याण्डमा सम्पन्न एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायरमा समुह बिजेताको रुपमा यो क्षेत्रको एसोसिएट राष्ट्रका लागि सबैभन्दा ठूलो प्रतियोगितामा एक कदम अगाडी पुर्याएका छन् ।

डेविडले सिँगापुरमा दुई अद्र्धशतक प्रहार गरेका थिए जसमध्ये मलेशियाबिरुद्धको ३२ बलमा आक्रमक ९२ रन उनको करिअरकै उच्च ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय योगफल रहन पुग्यो । नेपाल गत जुलाईमा सिँगापुरमै भएको आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकप एसिया छनोटको अन्तिम खेलमा पराजित हुदा डेविडले ७७ रनको पारि खेलेका थिए ।

उनको त्यही पारिले नै नेपाल ग्लोबल क्वालिफायरमा छनोट हुनबाट चुकेको थियो । सिँगापुरमै जन्मिएका २३ बर्षिय डेविड आफ्ना बुवा अष्ट्रेलियन नागरिक रहेकाले अष्ट्रेलियामा क्रिकेट खेल्ने गर्दथे । उनले पर्थ स्कोर्चर्सबाट बिग ब्यास खेल्नुका साथै अष्ट्रेलियन क्रिकेटको भविष्यका खेलाडीको रुपमा पनि योजनामा राखिएका थिए ।

नेपालको बहुचर्चित एभरेष्ट प्रिमियर लिगका लागि चितवन टाइगर्सबाट खेल्नका लागि तयारी गरिरहेका डेविडले यसपटक भने नेपालको बिरुद्ध खेल्न पाएनन् । गिलो पिचका कारण एसिया कप इस्टर्न रिजन क्वालिफायर्समा नेपाल र सिँगापुरबीचको खेल रद्द गरिएको थियो ।

डेविड आफू नेपालबिरुद्ध खेल्दा सधै उत्साहित रहने बताउछन् । “नेपाल एक निकै प्रतिस्पर्धात्मक टोली हो । उनीहरुसँग खेल्नु राम्रो अवसर र चुनौति दुवै हो,” डेविडले क्रिकेटिङ्गनेपालसँग गरिएको बिशेष भिडियो अन्तर्वातामा भनेका छन् ।

कोरोना भाइरसका कारण हाललाई आईपिएल स्थगित गरिएपनि उनी नेपाल आउनका लागि आतुर रहेको बताउछन् । नेपाल भन्ने बित्तिकै उनको दिमागमा त्यँहाका समर्थकहरु आउने गरेको बताएका छन् ।

“नेपाली समर्थकहरुमा निकै ठूलो प्यासन रहेको छ । हामीले सिँगापुरमा खेल्दा पनि त्यहा राम्रै संख्यामा नेपाली फ्यानहरु आएका थिए । इपिएलमा पनि समर्थकहरु त्यही लगावका साथ मैदान आउछन् भन्नेमा म बिश्वस्त छ,” उनले भने ।

पुरा अन्तर्वार्ताको लागि क्लिक गर्नुहोस

Click to comment

Trending